Saturday, August 24, 2019

केपी ओली मार्काको नभई स्वायत्त अधिकार सम्पन्न प्रदेश हुनपर्यो :राजेन्द्र महतो

प्रकाशित मिति: 2019/06/04

२१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीयता विरोधी बजेट आएको बताएका छन् ।

मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए । 
आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको उनको भनाइ थियो ।
विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘
महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे । उनले भने, दादा गिरी नगर्नुस, केपी ओली प्रवृत्ति छोड्नुस् ।’
सांसद महतोले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।

 

तपाईंको बिचार