Tuesday, June 25, 2019

मिङ्मा शेर्पाको नयाँ किर्तिमान :सबैभन्दा कम समयमा सगरमाथा चढ्ने

प्रकाशित मिति: 2019/06/04

२१ जेठ, काठमाडौं । मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा सगरमाथा चढेर किर्तिमान बनाएका छन ।

शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
यसअघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए । शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकिङले पनि पुष्टि गरेको छ । यद्यपि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउन भने बाँकी छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँनयाँ कीर्तिमान राखेपछि आफूलाई पनि कीर्तिमान कायम गर्ने इच्छा जागेको बताए । उनले नेपालको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सरकारलाई सुझावसमेत दिए ।

तपाईंको बिचार