Thursday, June 20, 2019

देशमा बढेको चालु खर्च मुलुकले धान्नै नसक्ने अवस्थामा छ :बिनोद चौधरी

प्रकाशित मिति: 2019/06/04

२१ जेठ, काठमाडौं । उद्योगी तथा सांसद विनोद चौधरीले मुलुक राजस्वले चालु खर्च पनि धान्न नसक्ने दुष्चक्रमा फस्दै गएको बताएका छन् । संघीयताका कारण बढेको चालु खर्चका कारण मुलुक राष्ट्रले उठाएको करबाट तलब भत्ता पनि भ्याउन नसक्ने स्थिति उत्पन्न भएको उनको भनाइ छ ।

‘७ सय ५३ भन्दा बढ्दा विभिन्न तहका सरकार, ती सरकारमा थपिने राष्ट्रले धान्नै नसक्ने खर्च, आर्मी र विभिन्न सुरक्षा निकायको बढ्दो माग यी सम्पूर्ण कुराहरुको समिश्रण भनेको अहिलेको टोटल ट्याक्सले टोटल चालु खर्च भ्याउन नसक्ने स्थिति छ’ उनले भने, ‘देश अत्यन्त डरलाग्दो दुष्चक्रममा फसेको मैले अनुभव गरेको छु ।’
रेमिट्यान्सको रकमका कारण बढेको आयातमा धान्न नसक्ने गरी कर लगाएर सरकार चलिरहेको उनको भनाइ छ ।
नेपाली अर्थतन्त्रबारे टिप्पणी गर्दै चौधरीले भने ‘रेमिट्यान्सबाट प्राप्त भएको आयलाई प्रयोग गरी आयात बढ्ने वा त्यसलाई प्रोत्साहित गर्ने, त्यो आयातमा खर्च धान्नका लागि धान्न नसक्ने गरी ट्याक्सका दरहरुमा वृद्धि गर्दै जाने र राष्ट्रलाई वर्ल्डकै हाइएस्ट ट्याक्स रेट भएको मुलुकको रुपमा स्थापित गराउने ? ।’
रेमिट्यान्सको रकमलाई सरकारले दिगो भौतिक संरचना निर्माण गर्नुपर्ने ठाउँमा सरकार उपभोक्तावादमा खर्च गर्न प्रोत्साहन गरिरहेको चौधरीले आरोप लगाए ।
प्रतिनिधिसभा बैठकमा बजेट छलफलमा भाग लिँदै उद्योगी चौधरीले नेपालको बजेटको संरचनामा आधारभूत रुपमा परिवर्तन आवश्यक भएको बताए ।

तपाईंको बिचार