Tuesday, June 25, 2019

कोईराला निवासमा केन्द्रले प्रहरी फिर्ता बोलायो, महानगरले खटायो

प्रकाशित मिति: 2019/06/04

१२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाले कोइराला निवासको सुरक्षामा नगरप्रहरी खटाएको छ । केन्द्र सरकारले प्रहरी युनिटलार्ई ्फिर्ता भएको पाँच दिनपछि महानगरले २ जना नगरप्रहरी खटाएको हो ।
विस २०५४ सालयता प्रहरीको सानो टुकडी कोइराला निवासको सुरक्षाका लागि खटिएको थियो । तर बिहीवार सुरक्षाकर्मी फिर्ता भएका थिए । सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर मानिएको कोइराला निवास असुरक्षित बनेकाले दुई जना नगरप्रहरी खटाएको मेयर भीम पराजुलीले जानकारी दिए ।
कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर कोइराला परिवारको अंशबण्डामा डा. शेखर कोइरालाको भागमा परेको छ । पुरानो डिजाइनको घर पछिल्लो समय शेखरले विराटनगर आएका बेला प्रयोग गर्दै आएका छन् ।

कोइराला निवास व्यक्तिको मात्र सम्पत्ति नभई संस्था भएकाले महानगरले नगर रक्षक खटाएको मेयर पराजुलीले जानकारी दिए । ‘कोइराला निवास एउटा संस्था हो, यहीँबाट २००७ सालको क्रान्ति सुरु भएको थियो’ मेयर पराजुली भन्छन, ‘संघिय सरकारले सुरक्षाकर्मी हटाएपछि नगरले खटाएको हो ।’ महानगरले निरन्तर सुरक्षा प्रदान गर्ने उनले बताए ।

तपाईंको बिचार