Saturday, September 21, 2019

नियमावली संशोधनको मागसहित निर्माण व्यवसायी आन्दोलनमा

प्रकाशित मिति: 2019/06/05

२२ जेठ, काठमाडौं । सार्वजनिक खरिद नियमावली संशोधनको माग गर्दै निर्माण व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार बिहान उनीहरु माइतिघरमा भेला भएर सरकारले संशोधन गरेको नियमावलीका व्यवस्थाहरु खारेज गर्न माग गरे ।

नियमावलीका केही प्रावधानले देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने भन्दै व्यवसायीहरुको माग बमोजिम नियमावली संशोधन तथा खारेज गर्न उनीहरुको माग छ ।
नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा ठेकेदारहरु आन्दोलित भएका हुन् । नियमावलीबारे छलफल गर्न आज व्यवसायीले भेला समेत आयोजना गरेका छन् ।
महासंघले मूल नियमावलीमा राखिएको प्रावधान कालोसूचीमा परेका हकमा कुनै पनि कम्पनी, व्यक्ति वा फर्म आबद्ध दोस्रो फर्म, कम्पनी वा व्यक्ति वा फर्म पनि बोलपत्र प्रक्रियामा सहभागी हुनै नसक्ने भन्ने प्रावधान प्राकृतिक न्यायको सिद्धान्त विरुद्ध रहेको जिकिर गरेको छ ।

तपाईंको बिचार