Saturday, August 24, 2019

नेकपा नेताको सुझाब :द्धारिक जी आत्मलोचना गर्नुस

प्रकाशित मिति: 2019/06/05

२२ जेठ, काठमाडौं । सार्वजनिक अभिव्यक्तिका कारण आलोचित बनेका ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले आत्मआलोचना गर्न सुझाव दिएका छन् ।

पत्रकार तथा अन्य कतिपय व्यक्तिबारे सार्वजनिक धारणाको विषयमा टिकाटिप्पणी हुन थालेपछि नेताहरूले चौधरीलाई सच्चिन आग्रह गरेका हुन ।
प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका छन् ।
नेकपाकै अर्का नेता योगेश भट्टराईले पनि चौधरीका कतिपय अभिव्यक्तिहरू उनको राजनीतिक उचाईलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन् । 

तपाईंको बिचार