Sunday, October 20, 2019

विदेशबाट आउने किताब र पत्रिकामा १० प्रतिशत कर

प्रकाशित मिति: 2019/06/05

जेठ २२, काठमाण्डौ । सरकारले पत्रिका र किताबमा भन्सार शुल्क लगाएको छ । विदेशमा छापिएर आउने त्यस्ता किताब, पत्रिका तथा ब्रोसरमा अब १० प्रतिशत भन्सार शुल्क लाग्नेछ ।
आगामी वर्षको बजेटसँगै आएको आर्थिक विधेयकमार्फत् अर्थ मन्त्रालयले त्यस्ता सामग्रीमा भन्सार लगाउने व्यवस्था गरेको छ । संसदमा दर्ता भए पनि उक्त विधेयकमा भएका प्रस्ताव जेठ १६ देखि नै लागू भइसकेका छन ।
यसअघि यस्ता सामानहरू बिनाभन्सार आउने गरेका थिए ।
अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आउने तयारी वस्तु र कच्चा पदार्थबीचको भन्सार दरमा एक तहको फरक पारिएको भनेका थिए । सोहीअनुसार छापिएर आउने सामग्रीमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको हो ।
 

 

तपाईंको बिचार