Tuesday, June 25, 2019

संगमको अर्गानिक एग्रो टुरिजम : ‘आउनुस आफुले रोजेको पकाएर खानुस’

प्रकाशित मिति: 2019/06/05

जेठ २२, काठमाण्डौ । अर्गानिक फार्म हासउका सञ्चालक तथा पर्यटन व्यावसायी संगम शेर्पा नेपालको अर्गानिक एग्रो टुरिजम प्रवद्र्धन गर्न लागिपरेका छन ।

बितेको केही बर्षयता बिश्वव्यापी रुपमा बढ्दो जलबायु परिवर्तनका असर र खानपानमा बिशादीको मात्रा चर्को रुपमा भयो भनेर चर्चा भईरहँदा स्वदेशी स्थानिय तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरेर फार्म हाउस सञ्चालन गरेका हुन ।
पर्यटन क्षेत्रमा संलग्न हुनुको नाताले टुरिष्टको पछि लाग्नु मात्रै व्यावसायीको रुपमा चित्रण हुने आजको समयमा परिपुरक क्षेत्रको रुपमा अर्गानिक कृषि पर्यटन अवधारणा अगाडि बढाएको हुँ उनले भने ।
काठमाण्डौको कपनमा उनको फार्ममा दैनिक दर्जनौ व्यक्तिहरु अवलोकनका लागि पुग्ने गर्दछन । हरियाली फार्ममा बालबालिकादेखि पाका उमेरसम्मको भीड लाग्ने गर्छ । 
३९ वर्षीय पेम्बा शेर्पा (संगम) ले बूढानीलकण्ठ ११ स्थित कपनटारमा आठ वर्षअघि फार्म सुरु गरेका हुन । फार्म १८ रोपनी जग्गामा फैलिएको छ । फार्ममा टाढाटाढादेखि हेर्न र अर्गानिक खानेकुराको स्वाद लिन आउनेको जमातको भिड बढदो छ । घर बनाउने पैसा उनले फार्ममा लगानी गरेका छन ।
फार्ममा आवासीय सुविधा पनि छ । उनले फार्ममा बाख्रा, गाई, माछा, कुखुरा मात्र नभई सिजनअनुसारको तरकारी   काँक्रा, घिरौला, चिचिण्डा, फर्सी, रायो, बेथे, टमाटर, रामतोरिया, धनिया, फलफुल लगायत लटरम्म फलेका छन । फार्ममा बस्न आउनेले अर्डरअनुसार अर्गानक खानेकुराको स्वाद लिन पाउँछन ।

उनले आफैं पकाएर खान चाहनेलाई छुट्टै दाउराको चुलो बनाइदिएका छन । भन्छन,
आउनुस मन लागेको चिज आफै पकाएर खानुस, रमाउनुस – उनले भने ।
पर्यटनमा लागेका हामीहरुका लागि गन्तव्य नेपाल प्रोत्साहन बन्दै आएको छ, म्यान अफ द ईयरका रुपमा मिङ्मा शेर्पाले अवार्ड पाउनु पनि उचित भएको छ ।
राज्यले नदेखेको पर्यटनका कर्ममा निजी क्षेत्रको संस्थाले हौसला प्रदान गर्दै आईरहेको छ ।

तपाईंको बिचार