Saturday, August 24, 2019

कृषिको बिकास गर्न इजरायलबाट प्रबिधी भित्राउँछौ :ओली

प्रकाशित मिति: 2019/06/06

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट कृषि प्रविधि भित्राउने बताएका छन ।

काठमाडौं महानगरपालिकाको ‘मेरो काठमाडौं, म बनाउँछु’ कार्यक्रममा प्रधानमन्त्री ओलीले ८० को दशकसम्म दुई छाक खान नसक्ने अवस्थामा रहेको बालुवाको देश इजरायलले ठूलो प्रगति गरेको बताए ।
अस्ति बनेको देशबाट प्रविधि भित्र्याउने पर्ने अवस्था आएको भन्दै उनले भने, ‘एग्रिकल्चरल एक्सिलेन्ट सेन्टर हामी स्थापित गर्न खोज्दैछौं इजरायलबाट ल्याएर ।’
नेपालमा जनसंख्याको झण्डै दुई तिहाई कृषिमा अल्झिएको तर, उत्पादन कम रहेकाले कृषिमा आधुनिकिकरण र प्रविधि चाहिएको प्रधानमन्त्री ओलीले बताए ।

तपाईंको बिचार