Saturday, August 24, 2019

नेकपा सचिवालयको बैठक स्थगित, दोहोरो भुमिका मुख्य मुद्धा

प्रकाशित मिति: 2019/06/06

नेकपा अध्यक्षद्धयको समय नपुगेको भन्दै सचिवालय बैठक स्थगित भएको छ ।

आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारीकै लागि भन्दै दिउँसो १२ बजेसम्म सारिएको थियो । तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो ।
यसअघि हिजोको छलफलमा आज बैठक बसेर जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो । तर नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो ।
एउटै नेतालाई दोहोरो जिम्मेवारी दिने या नदिनेबारे दुई पक्षले अडान नछोडेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको कार्यविभाजनको बहस लम्बिने भएको छ ।

 
नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारी दिँदा फरक नपर्ने पक्षमा छन् भने  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एउटै नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान छ । दुबै नेताका अडानपछि एउटै स्वार्थ छ, पार्टी्भित्र आफू बलियो हुने ।

नेकपाको ४५ सदस्यीय स्थायी समितिमा २६ जना पूर्वएमाले छन् । तीमध्ये १५ जना ओली पक्षधरका छन् भने ११ जना नेपाल पक्ष ।

स्थायी कमिटीका ओली पक्षधरका १५ जना सदस्यमध्ये मुकुन्द न्यौपाने र छविलाल विश्वकर्माबाहेक अरू नेता पार्टी र सकारको कुनै न कुनै जिम्मेवारीमा छन् । नेपाल पक्षधरका भने मन्त्री, सांसद र जिल्ला अध्यक्ष गरेर ६ जनामात्रै जिम्मेवारीमा छन ।

स्थानीय जनप्रतिनिधि मन्त्री, सांसद र प्रदेश सांसदहरू पनि केपी ओली पक्षधरकै वर्चश्व रहेकाले पार्टीभित्र आफ्नो उपस्थिति कमजोरी हुने आँकलनसहित नेपाल पक्ष दोहोरो जिम्मेवारीको विपक्षमा उभिएको हो ।

तपाईंको बिचार