Sunday, October 20, 2019

संबिधानबिपरित लोकसेवाको भर्ना रोक्नुपर्छ :जनार्दन शर्मा

प्रकाशित मिति: 2019/06/07

२४ जेठ, काठमाडौं । नेकपा सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको बताएका छन् । यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने उनको माग छ ।
समितिको शुक्रबार बसेको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका शर्माले यो विज्ञापनले संविधान मिचेको बताए । 
लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै उनले संवैधानिक अराजकताको स्थिति सृजना भएको बताए । ‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो । यही हो संवैधानिक अराजकता’ उनले भने, ‘यसले राष्ट्रलाई स्वत संकटमा पर्छ ।’

   

तपाईंको बिचार