Tuesday, October 22, 2019

सांसदलाई दिएको छ करोड रोक्न माग गरिएको मुद्दा अलपत्र

प्रकाशित मिति: 2019/06/07

जेठ २४, काठमाण्डौ । संवैधानिक इजलास बस्न नसक्दा सांसदलाई निर्वाचन क्षेत्रमा खर्च गर्न छ करोडका दरले छुट्याइएको रकम बजेटबाट हटाउन माग गर्दै दायर गरिएको रिट अलपत्र परेको छ।

अधिवक्ता पारसमणि भट्टराईले ‘आर्थिक वर्ष २०७६र०७७को बजेट वक्तव्यको २१३  नम्बर बुँदामा सांसदलाई ६ करोड दिने गरी भएको कार्य नेपालको संविधानको धारा १, ४,५६ र ५७ सँग बाझिएको हुँदा सो बुँदालाई उत्प्रेषणको आदेशले बदर गरिपाउँ,’ भनी रिट दायर गरेका छन्।
सुरूमा सर्वोच्च प्रशासनले दरपिठ गरेको रिटलाई न्यायाधीश डम्बरबहादुर शाहीले दर्ता गरेर संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।
रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्थ्यो । तर शुक्रबार बस्ने भनिएको इजलास बस्न नसकेपछि मुद्दा अलपत्र परेको हो ।

 

तपाईंको बिचार