Sunday, October 20, 2019

बारामा ग्यास लिक भएर आगालागी, एकै परिवारका ७ जना घाईते

प्रकाशित मिति: 2019/06/07

२४ जेठ, सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारमा आगलागी हुँदा एकै परिवारका चारसहित सात जना घाइते भएका छन् ।

स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिण्डर ग्यास लिक भएर लागेको आगोमा परी ७ जना घाइते भएका हुन् ।
घाइतेमध्ये १ को अस्था गम्भीर छ । उनीहरु सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ गरी एकै परिवारका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।
त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब सात बजे ग्यास लिक भएर सल्किएको आगो फैलिएको नजरमानका छोरा सिल बहादुर थिङले जानकारी दिए । आगलागीपछि उद्धारका लागि पुगेकाहरुलाई पनि आगोले पोलेको छ ।

तपाईंको बिचार