Tuesday, October 22, 2019

एकचोटी मौका दिनुस, प्रतिबद्धता अक्षरस पालना गर्छौ :अर्जुनलाल प्रधान

प्रकाशित मिति: 2019/06/07

जेठ २४, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्को निर्वाचनको प्रचारप्रसार तिब्र पारिएको छ ।

हिजो अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधान समुहले नयाँबजार स्थीत सासा व्यंक्वेटमा उमेद्धवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निर्वाचन परिचालन समिती संयोजक तेजेन्द्रनाथ श्रेष्ठले आफुले ठमेललाई राम्रो, सुरक्षित, व्यवस्थीत तथा व्यावसायीको हकहितको संरक्षण गर्ने गरी प्रधान समुह निर्वाचन मैदानमा उत्रिएको बताए ।
श्रेष्ठले बर्तमान परिषद् चुनाबी उमेद्धवार प्रकाशनरसिंह राणालाई सर्बसम्मत नेतृत्व हस्तान्तरण गर्न पहलकदमी गरेपनि राणाले चुनाब लड्दिन भनेर भागेपछि प्रधान समुहलाई नेतृत्व स्थापित गर्ने गरी आफु अगाडि बढेको बताए ।
प्रकाशनरसिंहले केही उत्तेजक स्वार्थ समुहको उक्साहटमा बोली फेरेर मनोनयनको अघिल्लो दिन मनोनयनमा भाग लिएर हल्ला गरेपनि उनको आफ्नै ढुलमुले चरित्रले पछि परिसकेको बताए ।
आफ्नो ठमेल सुधारका एजेण्डामा काम गर्ने प्रतिबद्धता पुरा गरे सोच्न सकिने भएपनि त्यो समेत नभईसकेपछि उनी स्वार्थ र अहंमतामा रमाईरहेको र अन्ततः आम परिषद् सदस्य, व्यावसायी र स्थानियले उनलाई पन्छाईसकेको समेत बताए ।
कार्यक्रममा अध्यक्षका उमेद्धवार प्रधान र महासचिव सहदेब धमलाले आफुले ठमेल घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धता अक्षरसः पालना गर्ने भन्दै सेवा गर्ने अवशर प्रदान गर्न सम्पूर्ण ठमेलबासी, परिषद् सदस्य तथा व्यावसायी सबैमा अनुरोध गरेका छन ।

प्रधान समुह 
उपाध्यक्षहरुमा टासी गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ महासचिवमा सहदेब धमला, सचिवमा बद्री तिमिल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु रहेका छन ।
त्यसैगरी कार्यसमिती सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, बिनोद श्रेष्ठ, कुल्साङ दोर्जी लामा र राजन खरेल रहेका छन ।

तपाईंको बिचार