Saturday, August 24, 2019

इतिहास भजाएर अब कांग्रेसले खान पाउँदैन :प्रकाशमान सिंह

प्रकाशित मिति: 2019/06/09

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् ।

सुर्खेतमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले २००७, २०३६ र २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने भन्दै अब सच्चिनु पर्ने बताएका हुन् ।
पार्टीलाई विधि विधानअनुसार चलाउनु पर्ने, नयाँ संरचनामा जानु पर्ने र आन्तरिक कलह समाप्त पार्नुपर्ने उनको भनाइ छ । जागरण अभियानका क्रममा कार्यकर्ताहरुले पार्टीलाई संस्थागत सुधार गर्नुपर्ने र आन्तरिक कलह मेटाउनुपर्ने सुझाव दिएको भन्दै उनले त्यसतर्फ नेतृत्व गम्भीर हुनु पर्ने औंल्याए ।

तपाईंको बिचार