Sunday, August 25, 2019

शेराले गर्यो स्वास्थ्य सचेतना तथा सम्मान कार्यक्रम

प्रकाशित मिति: 2019/06/10

जेठ २७, नुवाकोट । नुवाकोट बिदुर स्थीत शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले राम्री तामाङको तेस्रो बार्षिकी तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सभामुख कृष्णबहादुर महराको प्रमुख आथित्यतामा आईतबार स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको सभा हल ,बालाजुमा आयोजना गरिएको कार्यक्रममा   स्वास्थ्य तथा विविध क्षेत्रमा योगदान पु¥याएका  चिकित्सकलाई सम्मान गरिएको थियो । तेक्वान्दो खेलाडि संगीना बैद्य, रेस्लर कमल तामाङ(नुवाकोटे टाइगर),रसियन अल स्पोर्टस हाम्किदो च्याम्पियन सीपमा कास्य पदक विजेता प्रदीप थापालाई सम्मान पत्र, जनही नगद पुरस्कार रु.१० हजार १ सय रुपैयाँ र विभिन्न ब्यक्तित्वहरुलाई सभामुख  महराले सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष ,प्रदेश न.३ प्रदेश सभाका उपसभामुख एबम पुर्व कृषि विकास राज्य मन्त्री राधिका तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपसभामुख तामाङको दिवङ्गत बुबा र मुमाको सम्झानामा स्थापित प्रतिष्ठानले स्वास्थ्य,शिक्षा क्षेत्रमा योगदान गर्दै आएको आफुले आफुलाई जन्म दिने बुबा ,मुमाको सपनालाई पूरा गर्न प्रतिष्ठानको स्थापना गरेको बताईन ।
उक्त कार्यक्रममा सांसद हितबहादुर तामाङ, विभिन्न मन्त्रालयका उच्च कर्मचारी ,शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, निर्वाचित जनप्रतिनिधिहरु, राजनितिक दलका नेताहरु,प्रतिष्ठानका पदाधिकारीहरु ,स्थानिय वासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो ।

तपाईंको बिचार