Monday, October 14, 2019

प्रबिधीमैत्री बनाउन सांसदलाई ल्यापटप बाँडिदै

प्रकाशित मिति: 2019/06/11

२८ जेठ, काठमाडौं । सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो ।

संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् ।
१ महिनाको समयावधि राखेर ल्यापटप खरीदको बोलपत्र जारी भएको हो । ‘पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’
संसदीय समितिका बैठकहरुलाई पनि सकेसम्म प्रविधिमा आधारित बनाउने उनले बताए ।

तपाईंको बिचार