Thursday, October 24, 2019

समयमै सरकारको बुद्धि पलाओस, गुठी बिद्येयक फिर्ता लिन लिनुस :भिमसेनदास प्रधान

प्रकाशित मिति: 2019/06/13

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे । सरकारी विधेयकविरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए ।
उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको ध्यानाकर्षण गराए । 

तपाईंको बिचार