Thursday, October 24, 2019

हिमाल आरोहणका समस्या समाधानका लागि समिति गठन

प्रकाशित मिति: 2019/06/13

३० जेठ, काठमाडौं । सरकारले सगरमाथालगायत हिमाल आरोहणका समस्या बुझेर सुझाव दिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरेको छ । समितिले हिमाल आरोहणमा मृत्यु भएका र हराइरहेका व्यक्तिको सम्बन्धमा मृत्यको कारणबारे छानबिन गर्नेछ । नेपाल सरकार प्रधानमन्त्रीस्तरको निर्णयबाट समिति गठन भएको विभागले जानकारी दिएको छ ।

पछिल्लो समय सगरमाथामा अधिक भिडभाडका कारण आरोहीहरुको निधन भएको खबर सार्वजनिक भइरहेका छन् । अर्कोतर्फ पर्वतारोहण क्षेत्रमा देखा परेका नीतिगत, कानुनी, संरचनागत, कार्यविधिगत सुधारमा पनि समितिले अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।  

 

तपाईंको बिचार