Thursday, July 18, 2019

प्रदेश ५ को नाम र राजधानीमा अन्यौल कायमै

प्रकाशित मिति: 2019/06/13

३० जेठ, बुटवल । प्रदेश ५ को राजधानी कहाँ हुने भन्नेबारे अन्यौल कायमै छ । राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिको म्याद पुनः थपिएपछि प्रदेशको स्थायी राजधानी र नामको विषय तत्कालका लागि टुंगिएको छ ।

समितिले प्रतिवेदन बुझाउन यही जेठ २६ गतेसम्मलाई तोकिएको म्याद सकिएपछि तेस्रोपटक ६ महिना थप गरिएको छ ।

प्रदेशसभाको बिहीबार बसेको वैठकमा सभामुख पूर्णबहादुर घर्तीले विशेष समितिबाट ६ महिनाका लागि म्याद थप गर्न अनुरोध गरेअनुसार म्याद थप गरिएको जानकारी गराए ।

यसअघि समितिको म्याद तीनतीन महिना गरी दुईपटकसम्म थपिएको थियो । प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधनसहित)को नियम १५२ मा व्यवस्था भएअनुसार विशेष समिति बनाइएको थियो ।

  

तपाईंको बिचार