Wednesday, November 13, 2019

सरकारी बिद्यालयको गुणस्तर खस्कनुमा प्रमुख दल दोशी :गगन थापा

प्रकाशित मिति: 2019/06/13

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई र्पुयाएर देखाउन शिक्षामन्त्रीलाई चुनौती दिएका छन् ।

प्रमुख विपक्षी कांग्रेसले बनाएको छाया सरकारमा शिक्षामन्त्रालयस्तरीय समितिको संयोजकसमेत रहेका थापाले मन्त्रालयको बजेट कटौती प्रस्ताव राखेका छन् । बिहीबार संसदमा आफ्नो प्रस्ताव पेश गर्दै सांसद थापाले भने, ‘देशभर ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्र छन् । योग्य शिक्षकबाट पढाउनु पर्ने ठाउँमा ८ कक्षा पास गरेकाले ६ हजार रुपैयाँभन्दा कम तलबमा पढाउँछन् ।’

तर संविधानले त्यसो गर्न नपाइने भनेको भन्दै उनले भने, ‘यो राष्ट्रिय लज्जाको विषय हो । यसको जिम्मा कांग्रेस, हिजोको एमाले, माओवादी सबैले लिनुपर्छ ।’

यसलाई बदल्ने काम पनि सबैले लिनुपर्ने भन्दै उनले अहिले जे गरिरहेका छौं, त्यसबाट सम्भव नभएको बताए । सार्वजनिक मञ्चबाट निजी विद्यालयलाई २,४ वटा गाली गर्ने बानी परेको भन्दै उनले भने, ‘हामी आफैंले सञ्चालन गरेको विद्यालयमा न प्रअ, न सांसद न शिक्षक कोही पनि बच्चाबच्ची पढाउन तयार छैन ।’सरकारी बिद्यालयको गुणस्तर खस्कनुमा प्रमुख दल दोशी रहेको उनको भनाई थियो ।
किन यस्तो भयो भनेर शिक्षामन्त्री स्वयंमले अध्ययन गरेको (राष्ट्रिय शिक्षा नीति) तर प्रतिवेदन प्रधानमन्त्रीले लगेपछि फिर्ता माग्ने आँट नगरेको उनको टिप्पणी छ ।

तपाईंको बिचार