Thursday, November 21, 2019

बेलायतले सन्धी पुनरावलोकनको प्रश्ताब अस्वीकार गरेको प्रधानमन्त्रीको भनाइ

प्रकाशित मिति: 2019/06/16

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा सैनिकहरुका सम्बन्धमा नेपाल, भारत र बेलायतवीच भएको सन् १९४७ को त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्ने नेपालको प्रस्तावलाई बेलायतले अस्वीकार गरेको बताएका छन । 

बेलायतले सजिलोसित स्वीकार नगरेकै कारण यो प्रस्ताव संयुक्त वक्तव्यमा नसमेटिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
बेलायत भ्रमणका बेला प्रधानमन्त्री ओलीले त्रिपक्षीय सन्धीको पुनरावलोकन हुनुपर्ने नेपालको चाहना रहेको बेलायती प्रधानमन्त्री टेरेसा मेसँगको भेटमा बताएका थिए । प्रधानमन्त्रीले ओलीले त्रिपक्षीय सन्धी पुनरावलोकनको कुरा उठाउनुलाई ऐतिहासिक उपलब्धि भएको अर्थमा व्याख्या गरिएको थियो । तर, यो विषयमा बेलायती प्रधानमन्त्रीको वक्तव्यमा कुनै चर्चा नभएपछि प्रश्न उठेको हो ।

 

  

तपाईंको बिचार