Thursday, July 18, 2019

ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने

प्रकाशित मिति: 2019/06/16

१ असार, काठमाडौं । धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । ४००÷२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई अहिले २२० केभीमा सञ्चालनमा छ । ढल्केबरमा ४००÷२२० केभी सबस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिन्छ र अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्ने छ,’ उनले भने ।

 

तपाईंको बिचार