Thursday, October 24, 2019

पथलैयामा बस दुर्घटनामा १ को मृत्यु, २२ घाईते

प्रकाशित मिति: 2019/06/17

२ असार, हेटौंडा । मकवानपुरको हेटौंडा पथलैया सडकखण्डमा भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।  २१ यात्रु घाइते भएका छन् ।

ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते १ जनाको ज्यान गए पनि पहिचान खुलेको छैन ।
दुर्घटनामा २१ जना घाइते भएको  मकवानपुरका एसपी मुकेश सिंहले जानकारी दिए । बसमा ३० यात्रु सवार रहेको बताइएको छ । एसपी सिंहका अनुसार सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।

तपाईंको बिचार