Thursday, November 21, 2019

गुठी बिद्येयकको बिरोधपछि प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाका सांसदको बैठक

प्रकाशित मिति: 2019/06/17

२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन् ।

साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका छन् । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन् ।  

तपाईंको बिचार