Thursday, July 18, 2019

खाडीसहित युरोपियन देशहरुमा पानी निर्यात गर्न सकिने बिभागको अध्ययन निष्कर्ष

प्रकाशित मिति: 2019/06/17

२ असार, काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो ।

विभागले ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरुमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका क्रममा १३ वटा क्षेत्रमा यस्तो सम्भाव्यता देखिएको विभागका महानिर्देशक सुनिल दासले बताए । विज्ञहरुसँग सुझावका आधारमा विभिन्न हिमाली तथा पहाडी क्षेत्रका गाउँपालिकाहरुमा त्यस्तो पानी उत्पादन गर्ने उद्योग खोल्न सकिने उनको भनाइ छ ।

तपाईंको बिचार