Saturday, September 21, 2019

प्रदेश ३ को बजेट कार्यान्वयन जुनसुकै हालतमा गरीन्छ

प्रकाशित मिति: 2019/06/17

 हेटौंडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष ०७६र७७ को बजेट कार्यान्वयन गरेरै छाड्ने बताएका छन ।  

उनले चालु आर्थिक वर्षमा सरकारले सोचेअनुसार बजेट खर्च गर्न नसकेपनि आउँदो आर्थिक वर्षमा त्यसो नहुने बताए । 
मन्त्रालयमा पत्रकार समेलन गर्दै उनले आउँदो आर्थिक वर्षका लागि आइतबार संसदमा प्रस्तुत गरिएको ४७ अर्ब ६० करोड रुपैयाँको बजेट कायान्वयन हुने दावी गरे । चालु आर्थिक वर्षमा कानूनको अभाब, नीति तथा योजन आयोगका सदस्यहरुको अभाबलले बजेट कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ ।

तपाईंको बिचार