Friday, November 24, 2017

बिचार / बिश्लेशण

उल्लासमय चाड बडा दशैं

हर‌े‌क वर्षझै‌ं ने‌पालीजनमा दसै‌ंको‌ लहर‌ छाएको‌ छ । मौ‌समी परि‌वर्तनसँगै‌ हर‌े‌क वर्ष आउने‌ दसै‌ं मनो‌र‌म प्राकृतिक एवं आनन्दप्रद क्षण हो‌ ।


सगरमाथादेखि सशक्तीकरणसम्म

नेपालीको हिमालसँग नजिकको नाता छ । धेरैका लागि यो गर्वको सम्बन्ध रहेको छ । सन् २००८ मा मेरा लागि सगरमाथा गर्वबाट अनुभवमा परिणत भयो । त्यहाँबाट खुलेको ढोकाबाट चियाउँदै जाँदा सन् २०१७ मा बल्ल नेपाली भूमिमै उभिएर संसारलाई नेपाल पस्किने मौका जु¥यो । हिमालयन ट्राभल मार्ट २०१७ को सन्दर्भमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडिया कन्फरेन्स (आइटिबिएमसी) मार्फत ।


A Phenomenal contribution by Mr. Gil

A South Korea based highly profile gentlemen, with the name of Captain Um Hong Gil, had graciously proposed to build a hospital – Namche Clinic- at the Namche of Mt. Everest region for which the ground breaking ceremony was observed in the month of March 2016 .


ठमेलको विकासमा रमिता नगर

राजधानी काठमाण्डौ ओर्लने पर्यटकको पहिलो गन्तव्य ठमेल, रंगीन दुनियाँको संसारमा अब्बल । तर सरकारी नजर र ठमेलका स्थानिय व्यवसायी समेतले पर्यटकको खानपिन, आवासदेखि घुमफिर सम्मको पहिलो गन्तव्यका रुपमा ठमेललाई परिभाषित गर्ने गरेको पाईन्छ ।


शालिनदी र श्रीस्वस्थानी‌ महात्म्य

काठमाडौंबाट १७ किलो‌मिटर‌ उत्तर‌पूर्वमा र‌हे‌को‌ छ प्राचीन शहर‌ साँखु । धार्मिक र‌ ऐ‌तिहासिक महत्व बो‌के‌को‌ साँखुलाई चन्द्रज्यो‌ति नगर‌ अर्थात् शंखर‌ापुर‌ पनि भनिन्छ । भनिन्छ, साँखुमा शंखदे‌व नामक र‌ाजाले‌ शासन गर‌े‌का थिए । शंखदे‌व नै‌‌ साँखुमा प्रथम र‌ाजा थिए । उनको‌ नाममा साँखुको‌ नाम शंखर‌ापुर‌मा र‌हन गएको‌ हुनुपर्छ ।


स्कि पर्यटन र नेपाल

नेपाल हिमालै हिमालको देश हो । आठ हजार मिटर उचाईका १४ वटा ओटा हिमालहरुमध्ये ८ वटा हिमाल नेपालमा रहेका छन् । अन्य छ हजार मिटर उचाईभन्दा माथिका हिमालहरु हजारौको संख्यामा रहेका छन् । साहसिक पर्यटकिय दृष्ट्रिले नेपाल लोकप्रिय हुनुका कारणहरुमध्ये हिमाशृंखला पनि एक हो ।


ऐतिहासिक तथा धार्मिक पर्यटकीय दृष्टिमा चाँगुनारायण

काठमाडौँ उपत्यकाको चार नारायाण चाँगु, इचंगु, शेष र विशंखुमध्ये एक चाँगुनारायाण हो । गोपालराज वंशावलीमा उल्लेख भएअनुसार इस्वीको १४ औँ शताब्दीमा चार नारयण स्थापना भएका हुन । काठमाडौँबाट करिब १६ किमी पूर्व भक्तपुर जिल्लामा अवस्थित छ ।


उल्लासमय चाड तिहार

नेपाल संसारकै एउटा विविधताले भरिपूर्ण देश हो, जहाँ प्राकृतिक, भौगोलिक, सामाजिक, साँस्कृतिक एवं भाषिक रुपमा अनेकता रहेको छ ।


धार्मिक महत्व बोकेको दक्षिणकाली जाने बाटो

कार्तिक १२, काठमाडौं । काठमाडौं उपत्यकाका चारै दिशामा अवस्थित धार्मिक स्थल वा पीठहरुको अवलोकन गर्ने सिलसिलाअन्तर्गत, ती क्षेत्रका आ–आफ्ना भौगोलिक विशेषता वा मनोरम प्राकृतिक दृश्यहरुका झट्ट परिकल्पना गर्दा प्राथमिकताका साथ, स्वभावतः दक्षिणकाली भ्रमणको


परिषद्को बिबादले कता लैजादै छ ठमेललाई ?

ठमेल, सधै चर्चाको चरमचुलीमा रहने गरेको छ । चाहे त्यहाँ भित्रका विकास निर्माणको काम होस् या त अव्यवस्थाको कारण किन नहोस् । तर पछिल्लो समय अलि भिन्न तरिकाले ठमेलको चर्चा–परिचर्चा भइरहेको छ ।


पर्यटन व्याबसायको विकास कि राजनीति ?

नेपालको तीन खम्बे अर्थनीति अन्र्तगत कृषि, हाईड्रो र पर्यटन मानियको छ । पर्यटन क्षेत्रमा धेरै भन्दा धेरै युवा युवतीहरु आकर्षित भएका छन् ।



ऐतिहासिक स्थल ललितपुरको बुङमति

ललितपुर‌को‌ चक्रपथबाट दक्षिणतिर‌ नख्खुखो‌ला तर‌े‌र‌ ८ कि.मि. अघि गएपछि बुङमति गाविस आइपुग्छ । बुङमति अंशुवर्माको‌ र‌ाज्यकाल सम्वत २९ दे‌खि व्यापक चर्चामा आएको‌ दे‌खिन्छ । बौ‌द्ध ने‌वार‌हरुको‌ बाहुल्य भएको‌ यस गाउँमा के‌ही क्षे‌त्रीहरु प्नि बस्दछन् ।


ऐतिहासिक र साँस्कृतिक दृष्टिमा टोखा

पोखरा, चितवन र लुम्बिनीमा मात्र सीमित रहेको पर्यटकीय गतिविधिलाई अब राजधानीमै नयाँ गन्तव्यको रुपमा टोखाले नयाँ स्वाद दिन थालेको छ । पर्यटनमा नयाँ–नयाँ गन्तव्यको खोजी भइरहेको अवस्थामा एकदिनको साइड सिन टोखामा पनि गर्न सकिन्छ ।


भिटोफबाट सबैले पाठ सिकौं

साउन १३, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)नेपाल शुद्ध गाँउ पर्यटन प्रवद्र्धन गर्न, नयाँ–नयाँ नमूना गाँउहरुको खोजी गर्न अर्थात शहर केन्द्रित पर्यटनलाई गाँउ केन्द्रित बनाउने मुख्य उदेश्यका साथ स्थापित संस्था हो ।


गाउ पर्यटनको जय होस् ।

गाउ पर्यटनको विकास गर्ने उद्देश्यले झण्डै २ दशक अघि स्थापना भएको गाउ पर्यटन मञ्च नेपालले ३१ जुलाई २०१६ का दिन काठमाडौंमा साधारण सभा र नया कार्यसमितिको चुनाव गर्दैछ । हालसम्म कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाशक्ति लगायतका दल निकट पर्यटन व्यवसायीहरुले आफ्ना–आफ्ना वार्ता समिति गठन गरेका कुरा लगायत प्रमुख पदहरुमा रहने भन्ने कुरा बजारमा आइरहेका छन् र आउने क्रम जारी छ ।


हत्या गर्दा पनि साइत जुराउने राणाहरु

ज्योतिष विद्यामा दीक्षित परिवारको विशेष लगाव थियो । राणा शासकका खोपी, निजी ज्योतिषी र कार्यालयको जिम्मेवारी सम्हालेर बस्ने दीक्षित परिवारका सदस्य थिए । रोलक्रमका राणा परिवारमा दीक्षित परिवारले आ–आफ्नो भाग लगाएका थिए । त्यसमध्ये मेरा हजुरबुबा चन्द्रशमशेरको दरबारमा थिए भने साहिँला काका हजुरबुबा सदाशिव आचार्य दीक्षित भीमशमशेरकोमा । त्यसै गरी अन्य काका हजुरबुबाहरू वीरशमशेरका रोलक्रमका १७ भाइ छोराको दरबारमा थिए ।


बुद्ध र कुटनीतिक आयाम

केहि समय अगाडि मात्र ‘लुम्बिनीः नेपाल भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ को मुख्य ‘थिम’ को अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा सम्पन्न भयो । भारत यसको ‘टाइटल’ लाई लिएर पक्कै पनि खुसी नहुनुपर्छ । किनभने विगतमा उसकै ‘सुझाव’ को आधारमा नेपालले आयोजना गर्ने सम्मेलनको शीर्षक तय हुन्थ्यो ताकि सकेसम्म शीर्षकले बुद्धको जन्मथलो लुम्बिनी हो भन्ने तथ्यलाई ठोस रूपमा उजागर नगरी गौर्ण बनाइदियोस, तर यसपटक त्यसो भएन ।


नेपाल भारत सम्बन्ध कता जादैँ छ ?

जेठ ११, काठमाडौं । २७ वैशाखबाट हुने राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच दिने भारत भ्रमण कार्यक्रमलाई २४ वैशाखको मन्त्रिपरिषद् बैठकले अनुमोदन नगर्नु धेरैका लागि अप्रत्यासित घटना थियो । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखको व्यवस्थापिका–संसद्मा त्यसको छनक दिइसकेका थिए । संसद्लाई सम्बोधन गर्दै उनले भनेका थिए, “यो सरकार कतै डिजाइन भएर हैन, यही संसद्बाट बनेको हो र सरकारको आयु पनि संसद्मै निर्भर छ ।”


विश्व यौन वजारमा नेपाली चेली

जेष्ठ९, काठमाडौं । सेक्स अर्थात् यौन मानव सभ्यताको उत्थान भएयता चासोको विषय मात्र भएको छैन, अर्थशास्त्रसँग जोडिएको व्यापारका रूपमा विकसित हुँदै गएको छ । पौराणिक कालमा रचिएका आख्यानहरूमा वर्णन गरिएका यौन दासीको परिभाषा अहिलेसम्म पनि परिवर्तन भएको छैन । आधुनिककालमा आएर यसले बृहत् बजारको रूप लिएको छ । स्त्रीको यौनलाई पुरुषप्रधान समाजले


प्राचीन कपिलवस्तुः सक्कलीको नक्कली तर्क

भारतले श्रावस्ती जिल्लास्थित पिप्रहवामा बौद्ध स्थलमा ‘नक्कली लुम्बिनी’ निमार्ण गरेको चर्चा चारैतिर छ । अहिले पनि ‘नक्कली लुम्बिनी’ भन्दै पिप्रहवाको तस्वीर देखाइन्छ। ‘नक्कली लुम्बिनी’ वा ‘नक्कली कपिलवस्तु’ हेर्न जाने र भारतविरुद्ध द्वेषभाव राख्नेहरूको संख्या पनि ठूलै छ। वास्तवमा पिप्रहवाको अध्ययन–अनुसन्धान वा निर्माण लुम्बिनीको नाममा भइरहेको छैन। यसलाई भारतले प्राचीन राज्य ‘कपिलवस्तु’ मान्दै आएको छ र नेपालका


फेसबुक डिजिटल भूतहरुको संग्रह बन्ने खतरा

जेठ ४, काठमाडौं । मेरी काकीको निधन भएको दिन मैले विलियम सेक्सपियरका रचनाहरूको संकलनको पहिलो पृष्ठमा उहाँले मेरा लागि लेखेको प्रेमपूर्ण वाक्य फेला पारेँ– ’लिपिबद्ध शब्द तिम्रा लागि कति महत्वका हुन्छन् भन्ने मलाई थाहा छ । तिम्रा लागि भनेर मैले जोहो गरिदिएको उपहार यही हो। उही तिम्री काकी ज्याकी।’मेरा निम्ति उनले छोडेको अन्तिम सन्देश पढेपछि भावुक हुँदै मैले ल्यापटप खोलेँ र उनको फेसबुक पेज हेरेँ। फेसबुक पेजमा उनका तस्बिर र ठट्यौला पोस्ट देखेर थोरै भए पनि राहत महसुस भयो। फेसबुक फिडको माथिपट्टि मेरो एकजना भाइ पर्नेले पोस्ट गरेको जलक्रीडा गरिरहेका दुइटा हात्तीको भिडियो थियो। मेरी काकीलाई हात्ती खूब मन पर्थ्यो। त्यसको तल उनका विद्यार्थीले व्यक्त गरेका समवेदनाका शब्द र उनकी बुहारीले उनका नाममा लेखेको समवेदना सन्देश थियो। माउस माथितिर स्क्रोल गरेर हेर्दा फेसबुक पेजमा यस्तो आशयको सन्देश थियो– ज्याकीले फ्रोस्टबर्ग स्टेट युनिभर्सि्टिमा पढेकी हुन्, उनले बाल्टिमोर स्कुलको अंग्रेजी विभाग प्रमुख भएर काम गरेको अनुभव बटुलिसकेकी छिन् र उनी अहिले बाल्टिमोरमा बस्छिन्।’ के उनी अझै पनि बाल्टिमोरमै बस्छिन् त? यो हरफ पढेपछि म टक्क रोकिएँ। होइन। उनी कतै पनि बस्दिनन्। उनले यो धर्ती सदाका निम्ति छोडिसकिन्, तर पनि फेसबुकमा उनी जीवितै छिन्। काकी ज्याकीले जीवन त्यागेको क्षण मैले सम्भ्किएँ। उनको शरीरका ठाउँठाउँमा तार जोडिएका थिए। ती तार मेसिनमा जडान गरिएका थिए। वरिपरि हामी उभिएका थियौँ। त्यत्तिकैमा उनी बितिन्। मानिसको अन्तिम क्षणको साक्षी बन्दाको अनुभूति अचम्मको हुँदो रहेछ। केही क्षणअघि आफूसँग बोलिरहेको, मुठी कसिरहेको, आफूलाई भेट्न आएकोमा आभार व्यक्त गरिरहेको व्यक्ति क्षणभरमै नरहेको देख्नु अचम्मको कुरा रहेछ। हेर्दाहेर्दै छेउको मेसिनको स्त्र्किनका बांगाटिंगा रेखा सीधा रेखामा परिणत भए। मेसिनले उनको मृत्यु भएको प्रमाणित गरिदियो, तर अर्को मेसिनले उनलाई अझै पनि बचाइरहेको छ। त्यो मेसिन हो– फेसबुक।


नेपालमा फुड पर्यटनको अथाह सम्भावना छ ।

गिरीराज सेढाईं । वैशाख २३,काठमाडौं । जर्मनी र अमेरिकाका विभिन्न ठाँउका होटलहरुमा सेफका रुपमा काम गरें । त्यसअघि नेपालमा नै काम गर्थें । विदेशबाट फर्केको झण्डै पाँच वर्ष भयो । विदेश १५ वर्ष जति बसें । एउटै क्षेत्रमा लामो समय काम गरेपनि रमाइलो नै थियो । लामो समय विदेशमा बसेपछि आफ्नो पहिचान नहुने रहेछ । त्यै भएर नेपाल फर्केको हुँ । नेपाल नबनेसम्म नेपाली जातीको पहिचान बन्दैन । विदेशमा सम्भावना धेरै थिए । तिनलाई त्यागेर नेपाल फर्किएँ । नेपालमा जातीय विविधता छ । खानामा पनि विविधता छ । ती खानालाई बजारिकरण गर्न सकिएको छैन । नेपाल खानाका लागि पनि गन्तव्य हो भनेर चिनाउन सकिन्छ


किन गरिन्छ विमान अपहरण ?

चैत्र २१,काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्षेत्रमा उडानसेवा सहज रूपमा उपलब्ध हुन थालेको धेरै समय बित्न नपाउँदै विमान अपहरणका घटनाहरु हुन थालेक थिए । तर, त्यतिबेला विमान अपहरणकारीहरूले राजनीतिकभन्दा पनि व्यक्तिगत आकांक्षा पूर्तिका लागि हाइज्याक गर्ने गर्थे । कहिलेकाहीँ आपराधिक मनोवृत्तिको वशमा परेर हाइज्याक गर्ने पनि भेटिन्थे । राजनीतिक ध्येयबाट प्रेरित भएर हाइज्याक हुने गरेको भने हम्मेसि भेटिँदैनथ्यो ।


नेपालमा भूकम्पको असर र तथ्य

चैत्र १३, काठमाडौं । विनाशकारी भूकम्प गएको एक वर्ष हुनै लाग्दा भूकम्प र भूकम्पको असरबारे धेरै तथ्य सार्वजनिक भएका छन् । भूकम्पले थिलथिलो बनाएको नेपालको जमिन, प्राकृतिक स्रोतसाधन र वातावरणबारे अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, चीन, जर्मनीलगायत देशका प्रख्यात विश्वविद्यालय तथा अनुसन्धानकर्ताले नेपालबारे आश्चर्यजनक तथ्य सार्वजनिक गरेका छन् । बाढीपहिरो, सुक्खा, वायु प्रदूषण तथा हिमालमा हिउँ पातलिनुका कारण खोज्न धेरै विदेशी वैज्ञानिक नेपाल आए । अधिकांश अध्ययनले नेपालको हिमालका हिउँ घट्दै गएको, प्रदूषणले वायुमण्डल अस्वाभाविक रूपमा ढाक्न थालेको तथा पानीका स्रोत सुक्दै गएको तथ्य सार्वजनिक गर्दै बेलैमा सचेत नभए भयावह भविष्यको चेतावनी दिएका छन् । यसबीचमा नेपालसँग जोडर भएका ठूला अन्तर्रा्ष्ट्रिय अध्ययनका निष्कर्षले विश्वभरको ध्यान तानेको छ । यसरी नै हिमालको हिउँ पग्लिने र तापक्रम बढ्ने हो भने सन् २०५० देखि नै एसियाको वाटर टावर मानिने हिन्दुकुश हिमालय क्षेत्र र तराईमा पानीको हाहाकार मच्चिने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । तर वैज्ञानिकहरूले सार्वजनिक गरेका यस्ता निष्कर्ष चेतावनीले सरकारलाई छोएको छैन । ‘


कसरि गरिन्छ कृत्रिम गर्भधान ?

चैत्र ५, काठमाडौं । वकसित देशहरूमै पनि कृत्रिम गर्भाधान प्रविधिको सफलता दर ३० देखि ४० प्रतिशतसम्म मात्र भएकोले हाम्रो जस्तो मुलुकका धेरैजसो निःसन्तान दम्पतीले सम्भावित असफलताबाट हच्केर यसको प्रयोग नगरेको बुझिन्छ।


TIMS को उद्देश्य आर्थिक पक्ष तथा कार्यविधि

Trekking information management system (TIMS) लाई ‘टिम्स’ कार्ड भनिन्छ । हरियो रंगको टिम्स गाईड वा पोर्टर (Group) प्रयोग गर्ने पर्यटकहरुका लागि यो कार्ड प्रयोग गरिन्छ भने निलो रंगको टिम्स आफै ट्रेकिङ जाने (FIT) अथवा गाईड वा पोर्टर विना ट्रेकिङ जाने पर्यटकहरुले प्रयोग गर्ने व्यवस्था रहेको छ ।


निष्ठा र बैचारिक राजनीतिका लागी मेरो उमेद्धवारीः बहादुर सिंह तामाङ

नेपाली कांग्रेश क्षेत्र ३ का सांसद बहादुर सिंह (लामा) तामाङ ले केन्द्रीय सदस्यमा उमेद्धवारीको घोषणा गर्नुभएको छ । दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन एमाओवादी महासचिव पोष्टहादुर बोगटीलाई हराएर चर्चामा आउनुभएका तामाङ २०४२ सालदेखि निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीति गरीरहनु भएको छ । १३ औं महाधिवेशनमार्फत कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिनुभएका युवा नेताका रुपमा परिचित तामाङ कांग्रेसभित्र इमान्दार नेताका रुपमा चिनिनुहुन्छ ।


समृद्ध मुलुकको लागि बलियो कांग्रेस

केशवराज चौलागाई , अहिले नेपाली कांग्रेसको १३ औं महाधिवेशन चलिरहेको छ । शब्द र अफवाहको पछाडी प्रतिनिधी साथीहरु अलमलीएका छन् । बलियो कांग्रेस निर्माण भएमात्र गाँउ गाँउमा कांग्रेसले शिर ठाडो पार्न सक्छ । अव कुरा नेतृत्वको सवालमा गरौ, रामचन्द्र पौडेल, शंशाक कोइराला पारिवारिक व्यक्तित्वको विरासतमा खडा हुनु भएको छ । वहाँहरुलाइ पिडित भनेर प्रचार गरिएको पनि सुनीयो वहाँहरुले कांङग्रेसबाट प्रधानमन्त्री बाहेक के चिज पाउनु भएन ? सधै पार्टीमा वहाँहरुको हालिमुहाली रहेकै हो


बाग्मतीका छातीभित्र लुके‌का कुण्डहरु

सबै‌ नदीका आ–आफ्नै‌ विशे‌षता छन् । त्यसबे‌ला सबै‌ नदीहरु पुण्यमती भएर‌ नै‌ नदी किनार‌ामा घाट र‌ शिवालय दे‌खापर‌े‌का हुन् । पौ‌र‌ाणिक महिमा भएर‌ पनि के‌ही व्यक्तिहरुको‌ स्वार्थका कार‌ण कुनै‌ पनि नदी स्वच्छ र‌हन सके‌न । एउटै‌ बाग्मतीमा अने‌क तीर्थ दे‌खापर्नुमा अने‌क कार‌ण हो‌लान् ।


इतिहासलाई लात हान्न पाइँदै‌न

इतिहासमा धन्न हाम्रा पुर्खाका पाखुर‌ाले‌ बलिदान दिएको‌ थियो‌ र‌ आज हामी सार्वभौ‌म दे‌शका नागरि‌क भनी गौ‌र‌व गर्नसक्दछौ‌ं, प्रकृतिमा धन्न हाम्रै‌ भूगो‌लमा उच्च शिखर‌ ठडियो‌ र‌ हामी संसार‌माझ विश्वकै‌ अग्लो‌ शिर‌ भएको‌ दे‌शका नागरि‌क भनी गौ‌र‌व गर्नसक्दछौ‌ं, धन्न सीमांकनमा लुम्बिनी ने‌पालमै‌ पर‌े‌काले‌ गौ‌तम बुद्धको‌ नाममा हामी गौ‌र‌व गर्दछौ‌ं ।


मुटुमै फोक्सुण्डो !

दे‌श ! यस्तो‌ पनि हुन्छ ? कम्तिमा आफूलाई त चिन्न सक्नुपर्छ नि ! गरि‌बले‌ चो‌र‌े‌र‌ ल्याएको‌ गहना भकार‌ो‌मा लुकाए झै‌ लुकाएर‌ र‌ाखे‌छ ! के‌ हो‌ यो‌ ? यस्तो‌ सौ‌न्दर्यलाई पनि र‌ाजनीतिको‌ पे‌टिको‌टले‌ छो‌पे‌र‌ आखिर‌ यतिञ्जे‌लसम्म लुकाई र‌ाखिस् है‌न ?


जित्दा राजनीतिक पार्टीले जित्ने हार्दा नाट्टा हार्ने अवस्था बन्यो

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) विसुद्व एउटा व्यवसायीक संस्था हो । यो व्यवसायीक हिसावमा अघि बढ्नुपर्छ ।


पूरा होलान सीईओ जोशीका महत्वकांक्षी योजना ?

सुवास भट्ट/पौष ८। नेतृत्वबिहीनताको लामो संक्रमण झेलेको नेपाल पर्यटन बोर्डले भर्खरै नयाँ सीईओ पाएको छ । ठूलो रस्साकस्सीकाबीच चार वर्षपछि गत बिहीबार बोर्डले दीपकराज जोशीलाई सीईओमा छनोट गर्‍यो । सीईओ पाएलगत्तै बोर्डले अब नयाँ दिशा लिने अपेक्षा गरिएको छ ।


के अब नेताले पनि पारदर्शि हुनुपर्ने समय आएको हो ?

नेता, प्रशासक, पूर्वमन्त्री, व्यापारीलगातका २९ विभिन्न प्रभावशाली व्यक्तिहरुमाथि भ्रष्टाचारको आरोपमा पत्र नै काटेर अख्तियारले छानविन थालेपछि यो विषयले अहिले व्यापक चर्चा पाएको छ । खेलकूदपछि यसपटक अख्तियारको आँखामा राजनीतिक अनुहार परेको हो ।


संविधानको ‘प्यान्डोराज बक्स’

भारतीय हस्तक्षेपको निम्ता त हामी स्वयंले पनि दिएका छौँ । खासगरी राज्य र राजनीतिक तह यसमा बढी जिम्मेवार छ । सत्ता स्वार्थका लागि भारतीय आर्शिवाद लिन किञ्चित पछि नहट्ने राजनीतिक नेतृत्व र राज्यलाई आत्मनिर्भर बनाउनुको साटो भएका स्रोत÷साधन सुम्पन तयार रहने राज्य र राज्यसम्यन्त्र यसको मूल कारण हो ।


चाडपर्व पर्यटनका निम्ति तिहार

नेपाल संसारकै एउटा विविधताले भरिपूर्ण देश हो, जहाँ प्राकृतिक, भौगोलिक, सामाजिक, साँस्कृतिक एवं भाषिक रुपमा अनेकता रहेको छ । विभिन्न क्षेत्र एवं जातजातिहरुको आ–आफ्नै मौलिक एवं सांस्कृतिक चाडपर्वहरु छन् ।


के हो दसैं, किन मनाइन्छ र चाडपर्व पर्यटनको सम्भावना

हर‌े‌क वर्षझै‌ं ने‌पालीजनमा दसै‌ंको‌ लहर‌ छाएको‌ छ । मौ‌समी परि‌वर्तनसँगै‌ हर‌े‌क वर्ष आउने‌ दसै‌ं मनो‌र‌म प्राकृतिक एवं आनन्दप्रद क्षण हो‌ ।


टान निर्वाचन –२०७२ : भ्रष्टाचार र अनिमियता रोज्ने कि सदाचार र उन्नती

निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो । यो प्रकृयामा फरक –फरक विचार र प्रवृतीबिच टकराव हुने भएकाले जित र हार अवश्य हुन्छ । अहिले साहसिक तथा पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन टानमा केन्द्रिय कार्यकारिणी समितिका लागि निर्वाचनु हुन गईरहेको छ ।


Our reality amidst propoganda

It is My Honour to write on behalf of Tourist Guide Association of Nepal (TURGAN) for the tourism entrepreneurs and others expert on the related field.


नाकावन्दीको बेलामा मरिचमानलाई भेट्दा

पञ्चायतले आफ्नो शासन व्यवस्था लम्ब्याउन अन्तिम लडाइँ लड्दै थियो । ऊ निकै संकटबाट गुज्रिरहेको थियो, जनता आन्दोलित थिए ।


टान निर्वाचन– २०१५ र एमाओवादीको भूमिका

सबैलाई अवगत छ, यहि असोज १५ गते शुक्रबार ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)मा नयाँ कार्यसमितिका लागि निर्वाचन हुन गईरहेको छ ।


सात दसकदेखिको नेपाली सपना साकार

आईतबार नेपालको नयाँ संविधान ‘नेपालको संविधान –२०७२’ जारी भएको छ । ‘जनताको जनताद्वारा जनताका लागि’ भन्ने लोकतन्त्रको बास्तविक परिभाषा नेपाल मुलुकमा प्रथमचोटी चरितार्थ भएको छ । नेपाली जनताका प्रतिनिधिले पहिलोपटक आफ्नो संविधान आफै बनाएका छन् । दशकौँदेखिको गणतन्त्रको सपना साकार भएको छ ।


दर्शनीय एवं बन्दनीय तीर्थस्थल गोसाइँकुण्ड

धार्मिक दृष्टिकोणबाट विवेचना गर्दा नेपालको समग्र पर्वतीय क्षेत्र तपस्य, ध्यान र आराधना गर्ने पुण्यस्थल रहेछ भन्ने कुरा आदिम कालदेखि यहाँ रहि आएका आध्यात्मिक स्थलहरुको उपस्थितिले पुष्टि गर्छ । मुस्ताङमा अवस्थित मुक्तिनाथ, गोरखा जिल्लाको मनकामना, चितवनको देवघाट र रसुवाको गोसाइँकुण्ड इत्यादि विशिष्ट रुपमा पुजनीय छन् । यी धार्मिक स्थलहरुले अधिकांश हिन्दुहरुको मन–मष्तिक र भावनाउपर श्रद्धाभक्तिमा अमिट छाप छोडेका छन् र मानव कल्याण तथा परोपकारी कार्य गर्न मार्गदर्शन गरिरहेका छन् ।


टानको निर्वाचन अभिलम्ब घोषणा गर

सन् २०१३ को सेप्टेम्बर महिनामा टानको वर्तमान कार्यसमिति निर्वाचित भएको हो । दुईवर्षे कार्यकालको लागि निर्वाचित यो कार्यसमितिको अवधि समाप्त हुन अब २ महिना भन्दा थोरै मात्र समय बाँकी छ ।


टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन

पर्यटनमा बजे‌ट ?

बजे‌टले‌ खासै‌ उत्साह दिन सके‌न आर्थिक वर्ष २०७२०७३ को‌ बजे‌टमा सर‌कार‌ले‌ पर्यटन क्षे‌त्रको‌ प्रवद्र्धन र‌ विकासका लागि खासै‌ उत्साहजनक रुपमा कार्यक्रम र‌ बजे‌ट छुट्याएको‌ दे‌खिँदै‌न । सर‌कार‌को‌ कार्यक्रम र‌ बजे‌ट अध्ययन गर्दा तीन÷चार‌वटा महत्वपूर्ण कुर‌ामा ध्यान नदिएको‌ दे‌खिन्छ । पहिलो‌ कुर‌ा पर्वतीय पर्यटनलाई पुनरुत्थान यो‌जनाअन्तर्गत र‌ाखे‌र‌ पुनर्निर्माण गर्नुपथ्योर्‌, त्यो‌ कुर‌ा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र‌ प्रभावित क्षे‌त्रहरुको‌ पुनरुत्थानका लागि बजे‌ट विनियो‌जन भएको‌ पाइएन । साहसिक र‌ पर्वतीय पर्यटनको‌ पुनरुत्थानका लागि संसद्को‌ विकास समितिले‌ पर्यटन विकासका लागि सिफारि‌स गर‌े‌को‌ कुर‌ालाई समे‌त बजे‌टले‌ छो‌एको‌ छै‌न । अकोर्‌ कुर‌ा भूकम्पबाट प्रभावित पर्यटन क्षे‌त्रमा आबद्ध दुई लाख मजदुर‌ विस्थापित भएको‌ अवस्था छ । ठूलो‌ संख्याका मजदुर‌हरुलाई सम्बो‌धन गनेर्‌गर‌ी बजे‌ट छुट्याउनुपथ्योर्‌ त्यो‌ पनि छै‌न । त्यस्तै‌ पर्यटन क्षे‌त्रमा आबद्ध व्यवसायी र‌ लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदर‌मा ऋण उपलब्ध गर‌ाउने‌ कुर‌ामा बजे‌ट मौ‌न छ । उपल्लो‌ मुस्ताङलगायतका क्षे‌त्रमा र‌ो‌यल्टी छुट्याउन सर‌कार‌ले‌ पहल गर‌े‌न । र‌ाज्यले‌ अर्थतन्त्रको‌ महत्वपूर्ण हिस्सा बो‌के‌को‌ पर्यटनलाई नजर‌अन्दाज गर‌े‌को‌ प्रष्ट छ । तर‌ यो‌ क्षे‌त्रलाई जति प्राथमिकता दिनुपथ्योर्‌ त्यो‌ पाइँदै‌न । शिक्षा, स्वास्थ्यलगायतका क्षे‌त्रमा संवे‌दनशील दे‌खिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजे‌टबाट हामी उत्साहित हुने‌ अवस्था छै‌न ।

र‌मे‌श धमला, अध्यक्ष -टान

पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ