Monday, August 26, 2019

टानमा सर्बसहमतियको ठेकेदारी :चुनाब हुँदा अरु, सर्बसहमतियमा आफु !!

प्रकाशित मिति: 2019/07/16

असार ३१, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को चुनाब यही भदौ २० गते हुने निर्णय भएसँगै दुईहप्ता अगाडिदेखी नै नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रिएका छन । यस बिचमा केहीले आफु मात्र अब्बल नेतृत्व दाबी गर्न पनि भ्याए भने केहीले भोटो फटाएको, केहीले बर्तमान नेतृत्वले काम गर्न सकेन, आफु गएर बस्दा हुन्छ की भनेर प्रयोगशाला बनाउन खोजे भने यही बिचमा युवापंक्तीको नेतृत्व आर्कषण र टान सुधारका बैकल्पीक योजना पनि पर्यटन क्षेत्रमा पछिल्लो समय बहशमा छ ।

नेतृत्वका लागि आफुलाई अब्बल देखाउन खोज्नु, नेतृत्वका लागि पिठोलाई चामलसरह बेच्न खोज्ने प्रयत्नका रुपमा बुझ्नुपर्दछ । त्यो भन्दा बढि त लोकतान्त्रीक पद्धतीमा बास्तबिकता छुट्याउने काम मतदाताले गर्ने नै छन । तर बिषय यसरी घेरिएको छ, टान निर्वाचन जति नजिकिदै छ,    मतदाताको मत प्रयोग नै हुन नदिने गरी आफुलाई पर्यटन क्षेत्रको स्वघोषित बादशाह ठान्ने केही झुण्डले सर्वसहमतिय नेतृत्वको हवाला दिदै टान नेतृत्वमा कब्जा गर्ने असफल प्रयास भएकोमा केही व्यावसायी अचम्म मान्दै थिए ।
टानको निर्वाचन मिति घोषणा भएपछाडीका सुरुवाती दिन देखी नै यो पंक्तिकार ठमेलका व्यावसायी, टान कार्यसमिती सदस्य र नेतृत्वका आकांक्षीहरुको बिचार संप्रेषण गर्न लागिपरेकै छ, दिन जति बित्दै छ, कौतुहलता, प्रतिपर्धा र उमेद्धवारहरुको संख्या घोषणा पनि थपिदै गएको यथार्थ हो । 
किनभने हालसम्म दर्जनौ नेतृत्वका आकांक्षी, दर्जनौ कोषाध्यक्षका आकांक्षी, त्यत्तिकै संख्यामा महासचिव र अन्य पदाधिकारीमा उमेद्धवारी घोषणा गर्दै आफ्नो कुरा राखिदिएको भन्दै धन्यबाद दिदै फर्किने ति आगामी नेतृत्वहरु एकातिर, अर्कोतर्फ सर्बसहमतियको हवाला दिने व्यक्तिहरु जो आफुलाई टानको ठेकेदार सम्झन्छन, यस्तोमा पंक्तिकार दुबिधामा छ, टानको भविश्य ति प्रतीष्पर्धी नेतृत्वले जोगाउलान की यी सर्बसहमतियका ठेकेदारहरुले । पंक्तिकारलाई एकैचोटी अचम्म, उदेग र टानको भबिश्यको चिन्ताले सताएको छ । आँखा चिम्म गरेर सोची सकेपछि सर्बसहमतिय हुनै नसक्ने, कोक्याउने अस्त्रका रुपमा केही सिमित बर्गका व्यक्तिको पक्षपोषण हुने गरी मात्रै प्रयोग गर्न लागिएको र पृष्ठभुमि हेर्दा यो दिवा सपना मात्रै हुने उत्तर पाएपछि पंक्तिकार यसरी ढुक्क भयो ।
नेकपा भित्रको स्वार्थगुट
दुष्टान्तका लागि एक वा दुई कार्यकाल नै प्रर्याप्त हुन सक्छ । अघिल्लो चन्द्र रिजाल पूर्व एमाले हुन भने अहिलेका नवराज दाहाल पूर्वमाओबादी हाल दुबै नेकपाको घेरामा छन । तुलनात्मक रुपमा नेतृत्व बिरोधको उत्कर्ष रिजालकै पालामा बढि भएको थियो, जबकी उनले संस्थागत रुपमा टानबाट पहिलो पटक प्रधानमन्त्रीको भ्रमणमा सहभागि भएर व्यावसायीका मुद्धा राखेको थिएँ, भनेर उनले भन्ने गरेका छन । तुलनात्मक रुपमा नेतृत्वका हिसाबले रिजाल केही अगाडि जस्तो देखिएपनि २ बर्षकाल भरी उनले टिम्सको रकम उठाउन नसकेको, रकम हिनामिना भएकोमा आलोचना मात्रै खेपिरहे, बास्तबिक के थियो त्यो उनै जानुन । अँ एउटा कुरा, नेतृत्व आलोचनामै बिताउनुपरेपनि आफु इतरकै दाहाललाई टानको नेतृत्व सुम्पन सफल भएभनि दाहालको कार्यशैली टानमा गरेका कामका हिसाबले रिजालको जत्तिको पनि भएन । केही समयअघि यही पंक्तिकारसँग दाहालकै पदाधिकारीले चुनाब घोषणा गर्न बाहेक अरु केही गरेनन भनेपछाडी अरु नौलो कुरा खोज्नु यो पंक्तिकारले उपयुक्त ठानेन ।
यसरी हेर्दा पछिल्लो दुई कार्यकाल नेकपा सम्बद्ध व्यावसायीले नेतृत्व गरेपनि उनीहरु दुबैले खुल्ला रुपमा जस लिन सक्ने स्थीति छैन । ठुलो पार्टी एकीकरण हुँदा पदीय भागबण्डा मिलाउनु पनि उत्तिकै गाह्रो कुरा हो । केही समय अगाडि बोधराज भण्डारी लगायतको समुह बाहिरीनुको भित्री कुरा पनि पदीय जिम्मेवारी नहुनुकै बितृष्णाको रुपमा खुलेयाम स्वीकार गरिसकेपछि अब सर्बसहमतिय रुपमा कुनै एक व्यक्तिलाई खाउ भनेर भन्ने संभावना कत्तिको छ, यो छर्लङ्ग छ । 
अन्र्तपार्टीका रुपमा कांग्रेस 
संसदिय निर्वाचनपछि कांग्रेसको स्थीति कमजोर भएर प्रतिपक्षमा बसेको छ । तर बर्षौ पूरानो पार्टी हुुनुको नाताले व्यावसायिक संगठनमा त्यसले खास प्रभाव पारेको देखिदैन । किनभने अहिले पनि कांग्रेस सम्बद्ध व्यावसायीहरुको पर्यटनका हरेक संगठनमा राम्रै प्रभाव छ, उनीहरुले आफ्नो स्वार्थबाहिरका पार्टी नेतृत्वलाई टान नेतृत्व छाड्ने संभावना कति छ, सबैले बुझ्न सक्छ । यही पंक्तिकारसँग आफ्नो चुनाबी नेतृत्वबारे टिप्पणी गरिदिन भन्दै एकदर्जन सम्बद्ध व्यावसायीसँग भेट भएपछाडि त्यो संभावना पनि टाढिएको प्रष्ट छ । अर्को कुरा सहमतिय हुँदा पनि कांग्रेसले आफ्नै पार्टी भित्रको र नेकपाले आफ्नै खोज्नेछन । अर्कोतर्फ नेतृत्वमा  पेलेर जान सक्नेगरीको हैसियत साना बर्गीय संस्थाले राख्दैनन । यो अहिलेसम्मको दृष्टान्त हो ।
प्रतिशोध :सर्बसहमतियको बाधक ।
 अघिल्लो टान अध्यक्ष रिजालसँगको एक संबादमा उनले भनेका थिए, ‘टानमा काम गर्न भन्दा पनि आफुसँग निर्वाचनमा हारेका व्यक्तिबाट हुने खतरा बढि हुने रहेछ, दुईबर्ष सम्म सार्बजनिक रुपमा उनीहरुले आफुमाथि आक्षेप मात्रै लगाईरहे ।’ 
यो कुरामा आंशिक रुपमै भएपनि के सत्यता छ भने, आफु नेतृत्व बाहिर बस्नुपर्दाको पिडा जोकोहीलाई हुने गर्छ, त्यही स्थीति नवराज दाहालको कार्यकालमा पनि पक्कै भएको छ, किनकी उनी पनि निर्वाचित अध्यक्ष हुन भने अन्य समुहहरुको आकांक्षा रहनुलाई नकारात्मक लिन सकिदैन । यस्तोमा २ हजार भन्दा बढि सदस्य रहेको टानमा कुनै एक समुहले चर्का कुरा गरेर सर्बसहमतिय नेतृत्वको कुरा गर्नु कति उपयुक्त, कति संभब प्रश्न यसले पनि छाडेकै छ । अर्कोतर्फ आफुभन्दा कमजोर व्याक्तिलाई नेतृत्वमा देख्न नचाहने भनेर टानका एक पूर्वमहासचिब भईसकेका व्यक्तिले सार्बजनिक रुपमै भन्दै आईरहेका छन, उनीजस्तै अन्य पनि होलान । यसले पनि सर्बसहमतियमा ढुंगा लागेकै छ ।
अन्तिम :सर्बसहमतियको ठेकेदारी गर्ने को ?
सर्बसहमतियका पक्षपोषण गर्नेहरुले निर्वाचित नेतृत्वका कारण टानले काम गर्न सकेन भनिएको छ । यदी कारण यही हो भने पनि यसअघि भर्खरै माथि व्याख्या गरिएको ‘प्रतिशोध’ शिर्षक पुष्टी भयो, सर्बसहमतिय श्रृंखला त्यही रोकियो ।
सर्बसहमतिय नेतृत्वको व्याख्या सबैको सहमति भन्ने हो । सबैको नेतृत्व भन्ने होईन, यस्तोमा अरुको नेतृत्व सबैले मान्नुपर्ने गरी कानुनी व्यवस्था छैन भनेपछाडी भावनात्मक कुराले खास अर्थ नराख्ला । सर्बसहमतिय हुनै पर्छ भनेर ठेकेदारी गर्ने छुट कसले कसलाई दियो, यो आजसम्म स्पष्ट छैन भनेपछाडी स्वघोषित बादशाह ठान्नेहरुको लहलहैमा सबै लाग्नुपर्छ भन्ने केही छैन ।अझै लाजमर्दो कुरा त के छ भने आफ्नो नाममा सर्बसहमतिय हुनैपर्ने, आफुले धेरै बुझेको, धेरै भोटो फटाएको भन्दै नक्कली शक्तिकेन्द्र धाईरहेका छन । नेतृत्वको आकांक्षी हुनुहुँदो रहेछ, निर्वाचनमा जान पनि तयार हो भनेर सोध्दा नाई म त सक्दिन होला भनेर भनिसकेपछि यो पंक्तिकारको पारो उतिबेलै तातेको थियो । 
जसैगरे पनि टिका लगाई मागेर नेतृत्व खान आजको लोकतान्त्रिक पद्धतीमा सुहाउने कुरा होईन । बरु यसबिचमा मतदाता व्यावसायीलाई खुसी पार्ने युवा व्यावसायीक नेतृत्वको शैलीलाई अनुशरण गरे केही फाईदा हुने थियो ।
अचम्म त कहाँ छ, भने युवाहरुले आफुसँग योग्यता छ भन्दैमा अध्यक्ष उनीहरुकै लागि बनाएको भनेर सम्झनु भएननी भनेर एक पूर्वमहासचिबले भन्दै थिए । उनलाई यो भन्ने हैसियत चै कसले दियो, तिनै हिजोका युवाहरुले होईन, अनि योग्यताका आधारमा नेतृत्व नलिए भोटो फटाएकै आधारमा त हिजो र आज सम्म पनि अभ्यास भएकै छ, यसको बिकल्प किन खोज्नुपर्यो । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भनेझै यिनै आक्षेप र स्वघोषित टानका ठेकेदारी गर्नेहरुकै चक्रव्यूहका कारण् टान निर्वाचनमा धकेलिदै छ, र यही आवश्यक्ता हो भन्नेमा व्यावसायी पुगेको देखिन्छ ।

तपाईंको बिचार