Monday, August 26, 2019

टानको आगामी निर्वाचन –एकपरिचर्चा

–बोधराज भण्डारी
प्रकाशित मिति: 2019/07/17

नेपाल सरकारको उद्योग विभाग अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ पर्यटन मन्त्रालयको पर्यटन विभागबाट व्यवसाय सञ्चालनको अनुमति लिई पदयात्रा तथा पर्वतारोहणको व्यवस्थापन र सञ्चालन गर्दै आएका ट्रेकिङ एजेन्सीहरुको साझा छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले आगामी भाद्र २० गते तदनुसार सेप्टेम्बर ६, २०१९ का दिनलाई सन २०१९–२०२१ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचन गर्ने मिति तय गरेको छ ।

विगतका कार्यकालहरुमा भन्दा यसपटक अप्रत्याशितरुपमा समय अगावै नयाँ कार्यसमितिका लागि निर्वाचनको मिती घोषणा गरेर व्यवसायीहरुलाई तरङ्गत पार्ने काम गरेकोमा अधिकांसतः सकारात्मक प्रतिकृयाहरु आइरहेको अवस्था पर्यटन बजारमा देखिएको छ । विगतमा जस्तै टानको वर्तमान कार्यसमितीले पनि व्यवसायि हक, हित र अधिकारका साथै कर्तव्य र दायित्वका सवालमा आशातीत काम गर्न सकेन भनेर आलोचना भइरकेको भए पनि सहि समयमा नयाँ नेत्रित्व चयनको ढोका खोलिदिएको भनेर प्रसंसा पनि बटुलिरहेको छ ।    

करिब चार दशक लामो इतिहास बोकेको र सुरुवाती चरणहरुमा निकै कठिन सङ्घर्षहरु गरेर स्थापित भएको यो संस्थाले आजका मितिसम्म नै विभिन्न आरोह अवरोह तथा उतार–चढावहरुको सामना गरिरहेको इतिहास सबैका सामु छर्लङ्ग नै छ । सुरुवाती कयौं वर्षहरु आर्थिक अभावका कारण कतिपय अत्यावश्यक र नियमित कार्यक्रमहरु सञ्चालन गर्न समेत कठिनाई ब्यहोरेको टानलाई अग्रजहरुले कठिन मेहनत र सङ्घर्ष गरेर काठमाडौंको मुटुमै ३ तले पक्की भवन बनाई स्थायी कार्यालय बनाएको इतिहासप्रति हामी सबैले गौरव गर्नै पर्दछ ।  
    
सदस्यता शुल्कको नियमित श्रोतमात्रै संस्था सञ्चालन र व्यवसायको उन्नति र प्रगतिका लागि विभिन्न कृयाकलापहरु गर्न प्रयाप्त नहुने र पदयात्रा व्यवसायलाई व्यव्सायीहरुको हातबाट उम्कन नदिने अभिप्रायले पदयात्रालाई एउटा निश्चित नियम र परिधिभित्र बाध्ने उद्देश्यका साथ पहिला ‘टीआरसी’ र त्यसपछि ‘टीम्स’ लागू गरेर टानलाई अर्को नियमित आर्थिक स्रोतको व्यवस्था मिलाउने सह्रानीय कामको सुरुवात भयो । जसका कारण टानप्रति व्यवसायीहरुको आकर्षण पनि बढ्दै गयो र टान आर्थिकरुपले सबल र सक्षम पनि हुँदै गयो । 

सरकारले पदयात्रा अनुमति पत्रको व्यवस्था खारेज गरेपछि पदयात्रा क्षेत्रमा अव्यव्स्थित र अनियन्त्रितरुपमा पर्यटकहरु पदयात्राका लागि जाने र त्यसको कुनै लेखाजोखा या तथ्याङ्क पनि नरहने अवस्था हुँदा पदयात्रा व्यवसाय पनि जोखिममा पर्ने र पर्यटकहरु पनि असुरक्षित हुने देखिएकोले नै अग्रजहरुले ‘टीआरसी’ हुँदै ‘टिम्स’को व्यवस्था लागु गराउने पहलकदमी लिनुभएको कुरालाई पनि हामी सबैले स्वीकार गर्नैपर्ने हुन्छ ।

२०४७ सालको राजनीतिक परिवर्तनका कारण त्योभन्दा पहिला दरबार र सरकारसँग नजिकको संबन्ध राख्ने सिमित घारानियाहरुले मात्र पर्यटनसँग सम्बन्धित कुनै पनि व्यवसाय गर्न सक्ने अवस्थाबाट सर्वसाधारणले पनि तोकिएको प्रकृया पुरा गरी पदयात्रा तथा पर्वतारोहण लागयतका पर्यटन सम्बन्धी व्यवसाय सञ्चालन गर्न पाउने अवस्थाको बिकास भयो र संस्था प्रती पनि सबैको आकर्षण बढ्दै गयो । फलस्वरुप बिस्तारै टानको नेत्रित्वप्रति आम पदयात्रा व्यव्सायीहरु पनि लालायित हुन थाले । त्यसपछि पुरानो नेतृङ्खवलाई विस्थापित गरेर या परिवर्तन गरेर नयाँ नेतृङ्खव स्थापित गर्ने र टानको दायरालाई पनि सामयानुकुल फराकिलो र सबैको पहुँच पुग्ने गरी लोकतान्त्रिक बनाउनुपर्छ भन्ने आवाजहरु मुखरित हुन थाले । सोही अनुसार निर्वाचनकै माध्यमबाट नेतृङ्खवहरू पनि परिवर्तित हुँदै पनि गए ।

देशमा भएको २०६२–६३ पछिको अर्को ठुलो राजनीतिक परिवर्तनपछि अझबढी मुखरित रुपमा संघसंस्थाहरुमा पनि राजनीतिक परिवर्तनकै स्तरमा नेतृङ्खवहरुको परिवर्तन र निर्बा्िचत हुने परीपाटिले स्थान लिंदै गए । संवैधानिक राजतन्त्रात्मक राजनीतिक व्यवस्थाबाट सम्पूर्णरुपले गणतन्त्रको युगमा प्रवेश गरेको राष्ट्रका हरेक क्षेत्रका नागरिकहरुमा नयाँ खालको राजनीतिक चेतना र तरंग आउनु स्वाभाबिक पनि थियो । फलतः टानभित्र पनि राजनीतिक गठजोडहरु निर्माण गरेर प्यानल खडा गर्ने र निर्वाचनमा होमिने संस्कृति भित्रियो । उद्योग व्यवसायका साझा समस्या र तिनका समाधानका लागि भन्दा पनि राजनीतिक आस्था, विचार, दल, मोर्चा या भातृ संगठनहरुका स्वार्थमा आधारित नेतृङ्खव चयन गर्ने गलत परिपाट तर्फ हामी सबै लाग्यौँ । कुनै राजनीतिक दल या तिनका भातृ संगठनहरुमा संगठित नहुने व्यव्सायी नै पाउन मुस्किल जस्तो अवस्था उत्पन्न भयो। फलस्वरुप टान एउटा बिशुद्ध व्यवसायिक संस्थाभन्दा पनि कुनै विचराधारात्मक विद्यार्थी या मजदुर संगठनहरुको युनियन जस्तै हुन पुग्यो । भर्खरै ठुलठुला राजनीतिक परिवर्तनहरु भएको अवस्थामा स्वाभाविक देखिए पनि बिस्तारै अस्वस्थ राजनीतिक खिचातानी र अव्यवसायिक लुछाचुँडीका कारण पर्यटन र पदयात्रासँग सरोकार नभएका र पेसेवार राजनीतिकर्मीहरुको स्वार्थ सिद्धीका लागि गोटी बन्नुपर्ने अवस्थामा हामी पुग्यौ । हाम्रा अग्रजहरुले हाम्रै व्यवसायिक हित रक्षाका लागि जन्माएको र हुर्काएको हाम्रो संस्थामा नेतृङ्खव छान्ने, एजेन्डा तय गर्ने, हाम्रो ब्यबयसायको रक्षा र सम्वद्र्धन गर्न योजना बनाउने जस्ता कुरामा निर्णय लिन नसक्ने अवस्थामा पुगेका छौं हामी । हुन त यसका लागी स्वयम् जिम्मेवार हामी नै हौँ । अरु कसैलाई दोष दिएर पनी माथिको ओभानो हुने छुट हामी कसैलाई छैन ।

निश्चय नै हामीले एउटा आशा र विश्वास गरेका थियौं कि नयाँ राजनीतिक परिवर्तनसँगै हाम्रा हरेक क्षेत्रहरुमा प्रगतिशील परिवर्तनहरु हुँदै जाने छन् । भ्रष्टाचार र अनियमितताहरु क्रमशः रोकिँदै जाने छन् । किसान, मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी, पेसाकर्मी तथा उद्योगपति आदी सबैको आ–आफ्नो क्षेत्रबाट उन्नति र प्रगती हुने गरी सुशासनको सुरुवात हुनेछ। हरेक क्षेत्रमा उन्नती, प्रगती र सम्वृद्धिको थालनि हुने छ र राजनीतिले साँचो अर्थमा जनताको सेवा गर्नेछ । राज्यले हरेक नागरिकलाई उस्को योगदानको आधारमा सम्मान र संरक्षण गर्नेछ । हामीले पनि ढुक्क भएर राज्यप्रतिको हाम्रो कर्तव्य निर्बाह गर्न सक्नेछौँ । तर विगत एक दशकभित्रका हाम्रा अभ्यासहरु हाम्रै लागि घातक बन्दै गए । राजनीतिक दल र तिनका भातृ संगठनहरुको नेतृङ्खव नै गरेका शिर्ष व्यक्तिहरुलाई पटकपटक टानको नेत्रित्वमा पठायँै । कहिले बहुमत त कहिले दुईतिहाइको सरकार र त्यही सरकार चलाउने ठुला राजनीतिक दलका हेडक्वार्टरमा सिधै पहुँच पु¥याउन सक्ने व्यक्तिहरुलाई नै नेतृङ्खव सुम्पियौँ । त्यतिमात्र होइन, सार्वजनिक–निजी साँझेदारीको अवधारणामा गठित साधन स्रोत सम्पन्न नेपाल पर्यटन बोर्डमा समेत हाम्रै व्यवसायको प्रतिनिधित्व गर्दै अग्रजहरु नियुक्त भएको भनिएको अवस्थामा रहेको छ । तर पनि टान र नेपाल पर्यटन बोर्डबीच भएको सम्झौता अनुसार टिम्स र टिम्सबाट उठेको आर्थिक स्रोत परिचालनको मुद्धा लामो समयदेखी अनिर्णित भइ टान आर्थिकरुपले टाट पल्टने र विघटन नै हुनुपर्ने अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक पारदर्शिताको बहाना बनाएर हलो अड्काउने गोरु चुट्ने काम नेपाल पर्यटन बोर्डले गरिरहेको छ । 

कुनै कालखण्डमा कसैले अनियमितता गरेको भए तुरुन्त छनबिन गरी कारबाही गरेर अगाडिको मार्ग प्रसस्त गर्नुपर्नेमा सम्झौता मुताबिक आर्थिक बाँडफाँड गरी समस्या सुल्झाउनुको सट्टा बहानाबाजी गरेर टानलाई नियोजित रुपमा धरासायी बनाउने खेलमा नेपाल पर्यटन बोर्ड र त्यसका बोर्ड सदस्य लाग्नु आफुलाई पदयात्रा ब्यवसायका अग्रज ठानिएका व्यक्तिहरुको लागि स्वभनीय होइन । यस्तो हुनुको मुख्य कारण कुत्सित राजनीतिक र व्यक्तिगत स्वार्थ बाहेक अरु केही होइन । एकातिर शतप्रतिशत रकम भुक्तान गरेर मात्र नेपाल पर्यटन बोर्ड मार्फत टानले टिम्स खरिद गरी व्यवसायीहरुलाई उपलब्ध गराउनुपर्ने, अफिस तथा टिम्स काउन्टरहरुको भाडा, कर्मचारीहरुको तलब, चेक पोस्ट तथा तेस्मा काम गर्ने कर्मचारीहरुको व्यवस्था सबै टान आँफैले मिलाउनुपर्ने तर संझौता मुताबिकको ३० प्रतिशत रकम फिर्ता नपाउने अवस्थाले नेपाल पर्यटन बोर्डबाट टानलाई उठ्नै नसक्ने गरी आर्थिक दलदलमा फसाउने अवस्थामा पुर्याइएको छ भने अर्को तर्फ पदयात्रामा जाने ८० प्रतिशत भन्दा बढी पर्यटकहरुलाई एफआइटी–टीम्स उपलब्ध गराएर विभिन्न अनाधिकृत व्यक्ति, एनजीओ तथा आइएनजीओहरुलाई अवैधरुपमा पदयात्रा व्यवसाय सञ्चालन गर्ने मार्ग प्रसस्त गरी व्यवसायी र राज्यलाई प्रत्यक्ष्य नोक्सान पु¥याउने काम पनि नेपाल पर्यटन बोर्डमार्फत भैरहेको छ। यस तर्फ पनि हामी सबैको ध्यान जानु अति आवस्यक छ । कि त एफआइटी–टीम्स नत्र टानले खेतालोमात्र गर्नु पर्ने वर्तमान अवस्थाको सम्पूर्ण टिम्सलाई खारेजी गरी पर्यटन विभागबाट एकद्वार प्रणालीमा ट्रेकिङ पर्मीटको व्यवस्थाका लागि पहल गर्नुपर्ने अवस्था आएको स्पस्ट देखिन्छ।    

व्यवसायीहरु लाई ढुवानीमा समेत भ्याट छुट नदिने, १००० भन्दा बढीको भुक्तानीबिना प्यानको भरियालाईसमेत दिन नपाउने गरी कर प्रणालीमा कडाइ गर्ने तर अनधिकृत व्यक्ती, एनजिओ र आइएन्जिओहरुलाई बिना इजाजत एफआइटी–टीम्स को मध्यामबाट पदयात्रा ब्यवसाय गर्न कुनै रोक नलगाउने र तेस्को नियमन पनि नगर्ने अवस्थाले हाम्रो ब्यवसायको दयनिय अवस्थाको चित्र कती कहाली लाग्दो छ हामी सबैले बुझेकै कुरा हो । यसरी नेपाल पर्यटन बोर्ड तथा अन्य संबन्धित सरकारी निकायहरुको बदनियतका कारण आज हामी समस्त पदयात्रा र पर्यटन ब्यबसायिहरुलाई निक्कै ठुलो मर्का परेको कुरा छर्लंग नै छ।
    
चुनावको बेला आफु अनुकुलको ब्यक्ती छनोट गर्न न्वारनदेखिको बल लगाइ प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न उद्दत हुने र संघसंस्थाहरुमा दलको ह्वीप लगाउन अहोरात्र खटिने राजनीतिका ठेकेदारहरुले टानको र पदयात्रा ब्यबसायिहरुको यस्तो जटिल समस्यासमा धान तर्फ फुटी कौडिको पनि योगदान नहुनुले पनि आजसम्म हामीले गर्दै आएको अभ्यास असफल र स्वयं हाम्रा लागी घातक रहेको तथ्य प्रमाणित हुन्छ। हामी भित्रकै कसैलाई अध्यक्ष या कुनै टान पदाधिकारीको ट्याग भिराउनकै लागि हामीले हाम्रो व्यव्सायिक भविस्यप्रति खेलवाड गरिरहनु र स्वार्थी राजनीतिको पिछा लाग्नु या गोटी बनिरहनु अबका दिनहरुमा झन घातक शिद्ध हुने नै छ । 

हामी हाम्रो व्यवसाय, यस्को दिगो भबिस्य, कर्तब्य, हक, हित र अधिकार प्रती सचेत छौं, हाम्रो ब्यवसायको प्रवद्र्धन र विकास गर्न आवस्यक पर्दा राज्यका आधिकारिक निकायहरुसँग समन्वय, सहकार्य, दवाब र सङ्घर्षका लागि सक्षम छौं र अन्तमा हाम्रा व्यव्सायिक समस्याहरुको पहिचान र तिनका समाधान गर्नका लागि हामी भित्रबाटै नेतृङ्खव गर्न पनि सबल छौँ भनेर पुष्टी गर्ने बेला आएको छ अब । तसर्थ हाल बिचलित, विछि«ङ्खलित, र भ्रष्ट तथा अराजक राजनीतिको पृष्टपोषक होइन कि, व्यव्सायिक क्षमता, दक्षता, शिप, ज्ञान, र कुशलाता तथा सामाजिक अभियन्ताका लागि योग्य र अग्रसर हुने हामीमध्यकै असल र निस्वार्थी व्यक्तिलाई आउने चुनावमा बिना कुनै मुलाहिजा निर्वाचित र स्थापित गराउने परिपाटिको ढिला नगरी थालनि गरौँ । यसैमा हामी सबैको भविस्य सुनिश्चित छ । अस्तुः ।   

तपाईंको बिचार