Monday, August 26, 2019

यसरी संभब छ, टानको प्रगती :डिजीटल युगमा प्रवेश गराउँछु :मुक्ति पाण्डे

प्रकाशित मिति: 2019/07/24

असार २६, काठमाण्डौ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको निर्वाचन मिति जति नजिकिदै छ, व्यावसायीहरु टान सुधारको रणनिती पेश गर्दै नेतृत्व घोषणा गर्दै आईरहेका छन । पछिल्लो समय नेतृत्वको भिडमा आफ्नो फरक पहिचान सहित आईपुगेका छन ‘हिमालयन अनफुट ट्रेकिङ’ का सञ्चालक मुक्ति पाण्डे ।  

गन्तव्य नेपालको कार्यालयमा भावि नेतृत्वका रुपमा   कार्ययोजना पेश गर्न आईपुगेका पाण्डे टानले अहिले भोगिरहेको समस्यालाई सतही रुपमा गाली गर्नेहरु मात्रै भेटिएको भन्दै तथ्यपरक बिश्लेषणका आधारमा समाधानको उचित बिकल्प आफुसँग रहेको उनको दाबी छ । टिम्स रकमको रोईलोमा टान अल्झिरहेका बेला पाण्डेले भने टिम्स असक्षम नेतृत्वको रोईलो गर्ने ठाँउ मात्रै भएको भन्दै आफुले टिम्स रकम बिनै टानलाई समृद्ध बनाएर देखाईदिने मात्रै बताएनन, टिम्सलाई खारेज नै गर्नुपर्ने बताए ।
प्रश्तुत छ, टान नेतृत्वका उमेद्धवार मुक्ति पाण्डेसँग आधारित कुराकानी ।
१. टान नेतृत्व सन्दर्भमा १५ दिन अघि तपाईसँग अन्र्तबार्ता भएपछाडी आज फेरी दोस्रो पटक कुराकानी हुँदै छ, यसबिचमा उमेद्धवारीको तयारी कस्तो छ, व्यावसायिको प्रतिक्रिया के छ ?
यहाँले भनेजस्तै टानको निर्वाचन मिति घोषणा भएदेखी नै अग्रज व्यावसायी, उर्जावान साथीभाई र टान सम्बद्ध सदस्यहरुसँग निरन्तर भलाकुसारीमा छु । अहिले माहोल नै यस्तो भएको छ, की टुरिजम ईन्डस्ट्रीमा ६० प्रतिशत युवापिढी नै रहेका छन । सबै क्षेत्र, बर्ग र समुहसँगको छलफललाई तिब्रता दिएको छु ।  व्यावसायीहरुसँग पनि निरन्तर सम्पर्कमा छु, उहाँहरुले पनि राजनीतिक साङ्लो भन्दा बाहिरको उमेद्धवारलाई साथ सहयोग गर्ने बताउँनु भएको छ, तपाई एक्लै भएपनि उठ्नुस, तपाईलाई जिताएरै छाड्छौ भन्ने धेरै व्यक्ति समुहहरु हुनुहुन्छ, मेरा योजनाले टानको कार्यशैली सुर्धान आतुर छु ।
२. टानमा नेतृत्व चुनिएपछि, तपाईले गर्ने काम केके हुन, टानलाई कसरी सुर्धानुहुन्छ, तपाईलाई बिश्वास किन गर्ने ?
पहिलो कुरा त टानमा अफिसियल र प्रशासनिक सुधारका कामहरु गर्छु । यसका लागि टानलाई अनलाईन प्रणालीमा लैजानु अति आवश्यक छ, टानलाई समयानकुल मोवाईल एप्स प्रणालीमा लैजाने मेरो पहिलो कार्य हुनेछ । यसलाई टान एप्सका रुपमा पनि लिन सकिन्छ । लगईन सिस्टम सम्पूर्ण टान सदस्य र कर्मचारीलाई उपलब्ध गराउँछु । यसो भएको खण्डमा टानमा कर्मचारी पनि कटौती गर्न सकिन्छ, यसमा टानको आर्थिक बोझ पनि कम हुन्छ ।
दोस्रो ‘अनलाईन ट्राभल एजेन्ट’ सिस्टम लागु गर्ने । यो भनेको चै हरेक कम्पनीलाई लिंक उपलब्ध गराईन्छ, सम्बन्धीत ट्रेकिङ कम्पनीले जब लिंक मार्फत प्याकेज सेल गर्छन, कम्तीमा ५ प्रतिशत रकम मात्रै टानले पायो भने आर्थिक स्रोत पर्याप्त हुन्छ । यसले गर्दा टिम्स रकम आवश्यक पर्दैन, व्याक्तिगत मार्केटीङमा व्यावसायीको धेरै खर्च हुन्छ, तर टानको एप्सबाट ट्रेकिङ बेच्दा प्रवद्र्धन खर्च पनि व्यावसायीको बचत हुन्छ । तपाईलाई स्मरण गराउन चाहन्छु, यसरी नै अन्य बिदेशी अनलाईन ट्राभल एजेण्टबाट प्याकेज बेच्दा कम्तीमा १२ देखी ३५ प्रतिशत सम्म घाटा हुन्छ, यो राज्य र व्यावसायी दुबैलाई घाटा हो, यसमा कति रकम घाटा हुन्छ, तपाई आफै बुझ्नुस । यो प्रणाली लागु गर्न सकियो भने राज्य र व्यावसायी दुबैलाई लाभ हुन्छ । 
तेस्रो टानमा १५ सय भन्दा बढि व्यावसायीको आवद्धता रहेको छ, प्रत्येक पर्यटक र व्यावसायीलाई टान एप्सको लगईन सिस्टम दिईसकेपछि पदयात्राका क्रममा कुन पर्यटक कहाँ पुग्यो, उसको अवस्था केछ ?, संभाबित चुनौति, अप्ठ्यारा र दुर्घटना भए तुरुन्तै उद्धार गर्न सकिन्छ । यसले नेपालको पर्यटन बिश्वकै लागि उदाहरणीय बन्न सक्छ । टान एप्स लागु भएको खण्डमा आज घोडेपानी बाट पर्यटक कहाँ पुगे भन्नेदेखी टिम्सको बिकल्पमा टिआरसी लागु गर्न सकिन्छ, जसमा चिप्स हुन्छ, र आवश्यक पर्दा जानकारी र तुरुन्त उद्धार गर्न सकिन्छ । यसका साथै टिम्सको अर्को मर्म भनेको डाटा कलेक्सन पनि हो, यसका लागि पनि यो सहयोग सिद्ध हुन्छ, टिम्स हराउने, कति छापियो थाहा नहुने, टिम्सको नाममा हुने संस्थागत आर्थिक अपचलन पनि रोकिन्छ । टानको हिसाबकिताब पारदर्शी हुन्छ ।
चौथो कुरा अहिले पर्यटन बजारमा अबैधानिक ट्रेकिङ कम्पनी र गाईडहरुको मार पर्यटन बजारले बेहोरिरहेको छ । यसलाई निरुत्साहित गर्न पनि अनिवार्य रुपमा टान एप्समा कोड सिस्टम इन्ट्री भएपछि मात्रै पदयात्राको लागि अनुमति दिने व्यावस्थाका लागि पहल गर्छु, यसले पर्यटक ठगिने समस्या हुँदैन भने अबैधानिक रुपमा खुलेका कम्पनी र टुर, ट्रेकिङ गाईडहरु स्वतः टानको कार्यबिधीभित्र आउँछन, जसले गर्दा पर्यटन क्षेत्रको मर्यादा र राजश्व दुबैमा बृद्धि हुन्छ ।
पाँचौ कुरा टानले बाटो बिराएर हिडिरहेको छ । टानको मुख्य उदेश्य भनेको नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धन गर्नुपर्नेमा टानले त्यसो गर्नमा पछिल्लो समय चुकेको देखिन्छ, म त्यसलाई निरन्तरन्ता दिनेछु । उदाहरणका लागि  तत्कालिन समयमा टानका अध्यक्ष ज्योति अधिकारीको कार्यसमितीले नयाँ पर्यटकीय गन्तव्यका रुपमा गोरखाको ‘चुमभ्याली’को नयाँ ट्रेकिङ रुटको प्रवद्र्धन गरेका थिए,  
ठिक त्यसैगरी कम्तीमा २ वटा नयाँ ट्रेकिङ रुटको पहिचान र प्रवद्र्धन गर्ने मेरो लक्ष्य छ ।
छैटौँ कुरा बिदेशमा पर्यटन प्रवद्र्धनका बहानामा टानका पदाधिकारीहरुले भ्रमण गर्ने र जथाभावी खर्च गर्ने देखिदै आएको छ, यसलाई पनि प्रबिधीको उच्चतम प्रयोग गर्दै तत्काल रोक्छु । अबको जमानामा भ्रमण गरेर मात्रै र कागजी खोस्टाबाट गरिने मार्केटीङको कुनै अर्थ छैन, यस्तो गतिबिधीलाई पूर्ण नियन्त्रण गर्छु ।
सातौ कुरा, टिम्स रकम उठाउन सकिएन भनेर रोईलो गरिरहनुपर्ने स्थीति हुन दिईने छैन । मैले स्पष्ट रुपमा भनेको छु, टिम्स रकम नहुँदा पनि अघि माथि भनेझै टान एप्सको उच्चतम प्रयोग गरेर चुहावट रोक्ने र पारदर्शी ढंगबाट गन्तव्यको प्याकेजलाई अन्तर्राष्ट्रिय स्तरमा प्याकेज बिक्री गरी मुनाफा आर्जन गर्न सकिन्छ ।
यसर्थ म आम व्यावसायी साथीहरुलाई, टान सदस्य ज्यूहरु तथा सम्पूर्ण शुभेच्छुकहरुमा यही अनुरोध गर्न चाहन्छु की, टानमा अहिले भएका नेतृत्वलाई गाली गर्नु भन्दा पनि युग सुहाउँदो पर्यटनका प्रणाली आवश्यक छ, किनभने पूरानो ढर्रामा सञ्चालन भैरहेका ट्रेकिङ कम्पनीहरु बन्द हुने अवस्थामा छन, भने जजसले नयाँ प्रबिधी प्रयोग गरे, या उनीहरुका सन्ततीले नै त्यसको प्रयोग गर्न सिकाए, उनीहरु स्थापित पनि छन ।
यस अर्थमा टानलाई समयानकुल रुपमा सुधार आवश्यक छ । यसका लागि टानलाई डिजीटलाईज गर्ने मेरो निती हो ।

 

 

तपाईंको बिचार