Sunday, October 20, 2019

टानमा सर्बसहमतियको नजिक रहन सक्ने उमेद्धवार, उता यस्ता छन प्रतिष्पर्धी उमेद्धवार

प्रकाशित मिति: 2019/08/04

साउन १९ गते । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदै गर्दा नेतृत्वका बहशहरु एकपछि अर्को गर्दै मैदानमा तरंगीत हुँदै गएका छन । टानमा व्यावसायिक नेतृत्वको चर्चा शक्ति कमजोर भएका व्यक्ति समुहरुको आलाप भन्दा केही होईन भन्दा फरक नपर्ला । किनकी नेतृत्व हात पार्न भावना होइन, अंकगणित महत्वपूर्ण हुने गर्दछ । यथार्थ यही हो, की दुईपार्टी एकीकरणपछि नेकपाको अंकगणित अन्यको भन्दा मजबुत छ, अझै यसलाई प्रतिस्पर्धीका हिसाबले कांग्रेस निकट व्यावसायीसँग जुध्नुपर्ने अवस्था आउँछ नै, तर त्यसमा अंकगणितको मनोबल प्रष्ट छ, लुकाउनु परेन । अन्य समुह भने गौण हुन । चुनाबी प्रतिष्पर्धाको मार्ग यही नै हो । पात्रहरु फरक पर्न सक्लान । यद्यपी व्यावसायीको ठुलो पंक्ति राजनीतिक नेतृत्व भन्दा पनि व्यावसायिक उमेद्धवारहरुलाई रोज्ने संभावना पनि उत्तिकै देखिएको छ ।

अब लागौ, सर्बसहमतिय तर्फ । बितेको दशक देखी सधै भन्ने गरिएको तर (महेन्द्रसिंह थापा)को कार्यकाल बाहेक अन्यन्त्र कहिल्यै नदेखिएको पद्धती हो, सर्बसहमतिय नेतृत्व । एकदशक अघि थापाले सर्बसहमतियमा नेतृत्व सम्हालेपछि उनले बिश्राम लिए, तर उनका पदाधिकारीहरु अझै आफुलाई नेतृत्वमा उभ्याउन प्रयासरत छन । यसरी हेर्दा थापाकै नेतृत्वमा हुर्किएका पदाधिकारीहरुकै नेतृत्व आकांक्षाका कारण एउटा जमात तयार भैसकेको छ । जो आफु भए ठिक नत्र चुनाबी नेतृत्वको चर्चा सुरु गर्न लागिसकेको छ, लोकतन्त्रमा यो स्वभाविक मान्न सकिन्छ ।
गुलियो पाएर लोभिएका देखी समयसापेक्ष टानको नेतृत्व सुधारका लागि युवा नेतृत्वको बहश चलिरहँदा  सर्बसहमतिय नेतृत्वमा नजिक रहनसक्ने व्यक्तिहरु यिनीहरु हुन भन्ने पंक्तिकारको बुझाई छ ।
मोहन लम्साल ।
आज भन्दा ३३ बर्ष अगाडि दाङको तुल्सीपुर वडा नं ७ बाट रात्रीकालिन गाडि चढेर काठमाण्डौ प्रवेश गरेका हुन मोहन लम्साल । आज उनको व्यक्तित्व जुन जुँगाको चर्चा हुन्छ, उतिबेला रेखी बसेकै थिएन । एसएलसी दिएपश्चात उच्चशिक्षाका लागि काठमाण्डौ आएका लम्सालले कमर्शमा स्नात्तकोत्तर गरेका छन । अध्ययन समाप्तीपश्चात उनले पर्यटन सँगसँगै भ्याट, ट्याक्सको कारोबार हुने अडिटर्स समेत भए । उनी प्रोफेसनल अडिटर्सका रुपमा परिचित समेत छन । यस हिसाबले उनी पर्यटन क्षेत्रका बौद्धिक पात्र पनि हुन । १९८७ मा ट्रेकिङ क्षेत्रमा असिस्टेन्टका रुपमा काम सुरु गरेका लम्सालको हाल ठमेलमा मकालु एड्भेन्चर पदयात्रीहरुमाझ प्रशिद्ध छ । नेपालका गन्तीका ट्रेकिङ व्यावसायमा उनको संस्था समेत अग्रपंक्तिमा नै आउँछ । प्रत्यक्ष रुपमा उनी आफै पनि ११ बर्ष पदयात्रामा नै बिताएपछि उनले कम्पनी स्थापना गरेका हुन । संलग्नताको हिसाबले उनले ३३ बर्ष यही क्षेत्रमा गुजारेका छन । 
बौद्धिक छबी, नरम स्वभाव र एन्टी ईस्युमा सदैब सर्तक रहने स्वभावका कारण पनि उनले स्वभावगत कारणबाट उनका बिरोधी पनि कम नै छन । दिपक महत, नरेन्द्र बिसीको कार्यकालमा क्रमशः टान सदस्य र कोषाध्यक्ष भएका लम्साल महेन्द्रसिंह थापाको सर्बसम्मत टिममा उनी महासचिव भए । यसरी हेर्दा टानको कार्यशैली र भुमिका बारे लम्साल एक अनुभवी पात्र हुन । यसरी हेर्दा सर्बसहमतियको रटान चलिरहदा र पात्रको खोजी हुँदा उनको नाम पनि व्यावसायीले खोज्नेछन ।
हरी धरेल ।
पूर्व एमालेका सक्रिय कार्यकर्ता हरी धरेल पर्यटन क्षेत्रमा स्थापित नाम हो । पर्यटनमा संलग्नताका हिसाबले उनले पनि दुई दशकको यात्रा पार गरिसकेका छन । टानको पूर्वमहासचिबको रुपमा उनले खेलेको भुमिकाको मुल्यांकन व्यावसायीमाझ होला । यद्यपी टानमा हिजो उनलाई जिताएर पठाएका टान सदस्य र ठमेलका व्यावसायीहरुमाझ उनको पनि प्रभाव देखिन्छ । पूर्व एमाले र माओबादी एकीकरणपछि नेकपा बन्दै गर्दा पार्टीभित्रको अंकगणित प्रतिष्पर्धामा देखिने भएपनि नेकपाभित्रैबाट सर्बसहमतियको व्यक्ति खोजिने अवस्थामा उनको नाम पनि अगाडि आउन सक्ने देखिन्छ ।
सागर पाण्डे ।
उनी पनि टानको पूर्वमहासचिबका रुपमा रहिसकेका व्यक्ति हुन । पूर्व माओबादी, नयाँ शक्ति हुँदै उपेन्द्र यादबसँग पार्टी एकीकरण हुने बेलामा उनले पार्टी परित्याग गरे । त्यसपछि उनी अहिले नेकपाको घेरामा छन । अत्यधिक नेतृत्व चाहना र शक्तिको भोको भनेर उनको आलोचना पनि भएको पाईन्छ । यद्यपी उनले आफुलाई पर्यटनमा लिगेसी बाट आएको पात्र र व्यावसायिक जिबन नै प्यारो भएको बताउने गरेका छन । राजनीतिमा अस्थीर देखिएपनि उनको व्यावसाय स्थीर नै छ । व्यावसायीहरुमाझ पनि उनको राम्रै घुलमिल छ । कहिलेकाँही नकारात्मक कुराले पनि अवशरको मार्ग प्रशस्त गर्छ । ठिक त्यसैगरी उनी नेकपा प्रवेश गर्दै गर्दा पदको लागि प्रवेश भनेर टिप्पणी गर्नेहरुका भिडमा भोली नेकपाबाट सर्बसहमतियको खोजी हुँदा तिनै नेकपाका कार्यकर्ताले सागर पाण्डेका नाममा चर्चा गर्नेछन भन्ने आम व्यावसायीको बुझाई छ । यसरी हेर्दा उनी पनि सर्बसहमतिय नेतृत्वका लागि चर्चामा रहिरहन सक्नेछन ।

४. गणेश सिंखडा
द एभरेष्ट होलिडेका सञ्चालक सिंखडा पुराना पर्यटन व्यावसायी हुन । राजनीतिक हिसाबले उनी पूर्व माओबादी हुन । अहिले नेकपाको घेरामा छन । नेपाल पर्यटन बोर्डको पूर्व सञ्चालक समिति सदस्य सिंखडाको नाम पूराना व्यावसायीका रुपमा चिनिदै गर्दा उनले आफुले सर्बसहमतिय पाउनुपर्ने आवाज उठाउँदै आएका छन । यसरी हेर्दा भोली नेकपा बैठकमा कुरा चल्दा उनले आकांक्षा राखेको स्थीतिमा भोटो फटाएकै आधारमा पनि उनको बिरुद्धमा नेकपा नजान सक्छ । मितव्ययी स्वभाव, नरमपन, व्यावसायिक जेष्ठताका हिसाबले उनीप्रति सहानुभुति राख्नेको जमात आज पनि उत्तिकै छ । यस हिसाबले उनको नाम पनि चर्चामा छाउन सक्छ ।
             सर्बसहमतियका रुपमा माथिका नाम अन्तिम समयसम्म चर्चामा रहन्छ भन्ने मात्रै हो, अहिलेसम्मको रुझानमा यही देखीन्छ । यद्यपी अन्तिम समयमा निर्वाचनमा धकेलिने संभावना पनि उक्तिकै छ । अन्य उमेद्धवारका रुपमा अहिले जति पनि उमेद्धवारहरु मैदानमा छन, उनीहरु सबैको संभावाना जिबितै छ । कडा प्रतिष्पर्धा हुने उमेद्धवारहरुमा खुमबहादुर सुबेदी, अन्जन थापा(कुमार), निलहरी बास्तोला, मुक्ति पाण्डे, तेजबहादुर गुरुङ, कामीरेन्जी शेर्पा, संगम शेर्पाको नाममा बुझिएको छ । अन्तिम टुंगो व्यावसायीकै हातमा छ । यही यथार्थ हो ।

तपाईंको बिचार