Sunday, June 25, 2017  |    

टान निर्वाचन –२०७२ : भ्रष्टाचार र अनिमियता रोज्ने कि सदाचार र उन्नती

प्रकाशित मिति: 2015/10/14
बोधराज भण्डारी
बोधराज भण्डारी

निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो । यो प्रकृयामा फरक –फरक विचार र प्रवृतीबिच टकराव हुने भएकाले जित र हार अवश्य हुन्छ । अहिले साहसिक तथा पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन टानमा केन्द्रिय कार्यकारिणी समितिका लागि निर्वाचनु हुन गईरहेको छ । बिहीबार (भोलि) नै हुन लागिरहेको  निर्वाचनको सरगर्मी निक्कै तेजिलो र पेचिलो बन्दै अन्तिम चरणमा प्रवेश गरिसकेको छ । 
इतिहास साक्षी छ, कैयौं अग्रज व्यवसायीहरुले टानलाई दशकौँ अगाडि जन्ममात्र दिएनन् यसलाई हुर्काएर आज एउटा सशक्त आशा र भरोसा केन्द्रको रुपमा स्थापित गर्न आफ्नो श्रम र धनको लगानी गरे, पर्वतीय पर्यटन व्यवासयीहरुका  लागि संगठित र सुरक्षित हुने एउटा धरोहर खडा गरे । हामी मौलाउन सक्ने आधार तयार गरेर टानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थापित व्यवसायीक संस्थाको रुपमा परिचित गराउने ति अग्रज नेतृत्वलाई हामी सम्मान गर्छौँ । 
तर, विगत दुई वर्षमा टानको नेतृत्व गर्नुहुने आदरणीय वर्तमान सदस्य मित्रहरुले  हजारौं  व्यवसायीहरुको साझा संस्थालाई मरणासन्न तुल्याएका छन् । आर्थिक र प्रशासनिक हिसाबले वर्तमान कार्यसमितिले टानलाई रसातलमा पु¥याएको छ । उनिहरुले आफना अग्रजहरुले हस्तान्तरण गरेको कोषलाई दुरुपयोग गरेका छन् । अरु त अरु, वर्तमान कार्यसमितिले पदयात्री सूचना व्यवस्थापन (टिम्स) बाट प्राप्त रकमलाईसमेत आसेपासे र नातेदारहरुलाई एनजीओ खोल्न लगाएर बिना योजना र कार्यक्रम निकासी गर्दै भागबण्डा लगाएर सिध्याउने काम गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ मा मात्रै ५० औं लाख टानको नामबाट चन्दाको नाममा हिनामिना गर्ने काम भयो । २०७१÷०७२ मा कसरी हिनामिना गरिएको छ, त्यसको पर्दा ३७ औं वार्षिक साधारण सभामा अवश्य खुल्ने छ । साधारण सभा हुन एकदिन अगाडिसम्म लेखा परिक्षणको प्रतिवेदन र कार्य प्रगतिको प्रतिवेदन अत्तोपत्तो छैन । अनिमियतता  अराकता कर्तुतहरुलाई अन्तिम अवस्थासम्म ढाकछोप गर्ने नियतले यसलाई सदस्यहरुसम्म पु¥याउने हिक्मत गरिएको छैन । आर्थिक वर्ष सुरु हुनेवित्तिकै नगदीमार्फत आर्थिक कारोबार गर्नु पर्ने सामान्य कुराको समेत प्यान नभएका र नक्कली फोटोकपी रसिदबाट शुल्क उठाएर आर्थिक पारदर्शीताको धज्जी उडाउने काम भएको छ । 
टानको विधानअनुसार दुई महिनाभित्र साधारण सभा र दुई वर्षभित्र निर्वाचन गर्न नमानेपछि टानको ३७ औं वर्षको इतिहाससम्म जिल्ला प्रशासन कार्यालयको कठघरामा उभ्याएर निर्वाचन गराउन बाध्य हुनु पर्ने एउटा कलंकित इतिहास रच्न पुगेको छ । वर्तमान टानको नेतृत्व पदयात्रा तथा पर्वतिय व्यवसायीहरुको हक अधिकार तथा व्यवसायीहरुको प्रवद्र्धन र विकासमा ध्यान दिनुपर्नेमा विदेशी एनजीओ आइएनजीओको कारिन्दा बनि उनिहरुको एजेन्टको रुपमा काम गर्ने र पर्यटनभन्दा अन्य विकासको कार्यक्रमको प्रवक्ता बन्ने कामलाई प्राथमिकतामा राख्ने काम भएको छ ।
भूकम्पबाट मर्माहत भएको नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय संघसंस्थाहरुले नेपालका पर्यटकका लागि सुरक्षित छ भनि दिएका प्रतिवेदनहरुलाई उल्टाउँदै नेपाल असुरक्षित छ भनि बिबिसी जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा बयान दिएर व्यवसायीहरुको च¥याईरहेको घाउमा नुनचुक छर्ने काम पनि यिनैले गरे । अग्रजहरुबाट करोडौं रकम मौज्दात पाएको यो नेतृत्वले टानलाई आज कर्मचारीहरुको तलबसमेत खुवाउन नसक्ने अवस्थामा पु¥याएको छ । यति मात्रै होइन, एक वर्ष अगाडिको हुदहुद आँधी र हालको महाभूकम्प जस्ता प्राकृतिक विपत्तिहरुबाट आफ्नो प्राण गुमाएका ट्रेकिङ् र पर्वतारोहणमा संलग्न श्रमिकहरुको परिवारजनलाई नियम अनुसार दिनुपर्ने राहतसमेत नदिएर बिचल्ली पार्ने काम पनि यहि नेतृत्वले गरेका कुरा टान कार्यालय अगाडि आजै खिचिएको तस्विरले छर्लङ्ग पार्छ । आफ्ना आसेपासेहरुलाई एनजिओको नाममा लाखौं रकम हिनामिना गर्नलाई यिनिहरुसँग पैसा भयो तर यी असहाय, गरिब र मर्माहत परिवारलाई दिनु पर्ने राहतका लागि पैसा छैन भनेर बारम्बार दुःख दिने हदैसम्मको कुकुत्य यिनैले गरेका छन् ।
बिगत दुई वर्षे कार्यकालमा यिनै माथी उल्लेखित महान कार्य गरेर टानकोमात्र होइन समग्र पर्यटन क्षेत्रकै बदनाम गर्ने उद्दत महाशयहरु आज सुन्दर टान, पारदर्शी टान अनि व्यवसायी टान बनाउँछु भन्दै अलाप –विलाप गर्दै आफैँले कोमामा पु¥याइएको टानलाई घाटमै पु¥याउने प्रपञ्चका साथ पूर्ण टानको नेतृत्वको लागि असुहाउँदो कसरत गरिरहेका छन् । कथित सफल व्यवसायीको आवरणमा संस्थालाई टाट पल्टाएर आफ्नो दुनो सोझ्याउने,  एरपोर्टमा ट्याक्सी काउन्टरहरु ठेक्का लिएर पर्यटकहरुलाई अपहरण शैलिमा हरण गरेर अबैध धन्दा चलाउने र असल नियतका स्वच्छ व्यवसायीहरुलाई गैरव्यवसायी भनि अपमान गर्नेहरु आज टानको नेतृत्व लिन खोज्दैछन् । रातारात अस्वभाविक सफलताका रहस्यलाई सफलताको बाँडी बनाउने, झुट र षड्यन्त्रको खेतीगर्ने व्यक्तिहरुलाई पूर्ण टानको नेतृत्वमा पु¥याउने भुल कुनै पनि सभ्य इमान्दार र स्वच्छ व्यवसायीहरबाट हुन सक्दैन । 
तसर्थ विभिन्न जाति, क्षेत्र, लिङ्ग समावेश गरी टानको विग्रिएको छविलाई आउने दिनमा माथि उठाउने, पूर्ण रुपमा व्यवसायीहरुको हक र अधिकारका हितको पक्षमा सदासर्वदा दृढ रहने, मेरा होइन हाम्रो भन्ने मन्त्रलाई साकार पार्ने, नयाँ,  जुजारु, सवल, सक्षम र गतिशिल तथा सफल व्यवसायीहरुको उत्कृष्ट समुह जसलाई चन्द्र प्रसाद रिजाल जस्तो एउटा इमान्दार सामाजिक व्यक्तित्व मिलनसार र कुशल नेतृत्वले अगुवाई गरिहनु भएको छ । यो समूहले टानलाई साँचो अर्थमा २१ औं शताब्दी सुहाउँदो एउटा उदयीमान संस्थाको रुपमा स्थापित् गरेरै छाड्ने अठोट लिएको छ । सम्पूर्ण स्वाभिमान पदयात्रा व्यवसायीहरुको साथ र समर्थन उहाँले पाउनु भएको छ ।
रिजाललाई टानको नयाँ नेतृत्वमा विजयी गराई भ्रष्टाचार, अनिमियतता र अराजकताका पर्यायलाई सदाका लागि थान्को लगाउनु हामी सबैको कर्तव्य हो । टानका सबै सदस्य साथीहरुले बिचार खुम्चाएर ठन्डा दिमाखले सोच्नु नै हुनेछ भन्ने विश्वास राख्छु । 

तपाईंको बिचार