Sunday, June 25, 2017  |    

जित्दा राजनीतिक पार्टीले जित्ने हार्दा नाट्टा हार्ने अवस्था बन्यो

प्रकाशित मिति: 2016/01/15
डिबी लिम्बु –अध्यक्ष, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)
डिबी लिम्बु –अध्यक्ष, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) विसुद्व एउटा व्यवसायीक संस्था हो । यो व्यवसायीक हिसावमा अघि बढ्नुपर्छ । 
५० वर्ष पुरानो र ट्राभल व्यवसायीहरुको छाता संस्था यही नाट्टामा अहिले चुनाव हुन गईरहेको छ । संस्थाको ५२ औँ वार्षिक साधारणसभासँगै आगामी आईतबार नयाँ नेतृत्वका लागि हुन गईरहेको निर्वाचनले यतिबेला पर्यटन बजार तातेको छ । 
कुनै पनि संघसंस्थामा नेतृत्व फेरबदल नियमित प्रक्रिया हो । सहमतिय वा बहुमतिय जुनसुकै प्रक्रियाबाट पनि नेतृत्व फेरबदल हुन सक्छ । र, नाट्टा यसपटक बहुमतिय अर्थात निर्वाचनको प्रक्रियामा होमिईसकेको छ । 
तर, यसपटकको नाट्टा निर्वाचन अलिक फरक देखिँदैछ । निर्वाचनको सन्निकट आउँदा अनावश्यक, भड्किलोपन र अत्यधिक आर्थिक व्यायभारसहित चुनावी गतिविधिहरु अघि बढेका छन् । राजनीतिक साथ÷समर्थनका कुराहरु उत्तिकै सघन छन् । 
खासगरी संस्थालाई अति राजनीतिकरण र तिकडमबाजी तर्फ उन्मूख गराउनेगरी भएका गतिविधिहरुप्रति म अत्यन्तै गम्भिर छु । संस्थाको अध्यक्षका हिसावले म के भन्छु भने राजनीतिकरणले नाट्टा जस्तो व्यवसायीक संस्थालाई बिगार्छ । 
निर्वाचनलाई राजनीतिकरण गर्दा प्रकारान्तरमा परिणाम के हुन्छ भने भोली कुनै समूहले जित्दा राजनीतिक पार्टीले जित्ने वा सोको स्वामित्व राजनीतिक दलले लिने र हार्दा संस्था हार्ने हुन्छ ।  
कुनै पनि पार्टीसँग सहयोग माग्न सकिन्छ, तर झण्डा नै बोकेर हिँड्नु ज्यादै गलत काम हो । कुनै पनि संस्थामा राजनीतिक दलको जित हुुनुहुन्न भन्ने मेरो मान्यता हो । 
यस्ता गतिविधिहरुले नाट्टाको भविश्य के हुन्छ ? सबैले सोच्नु जरुरी हुन्छ । हामीले राजनीतिक गतिविधिहरुलाई पूर्ण निस्तेज गर्न नसके पनि न्यूनीकरण र हरेक कुरामा हावी हुने प्रवृतिबाट जोगिनुपर्छ । 
विभिन्न उम्मेद्वारहरुका निर्वाचनलक्षित गतिविधिहरु हेर्दा आर्थिक व्यायभारमा पनि निकै तडकभडक देखिन्छ । झण्डै टानकै पुनरावृति जस्तो नाट्टामा पनि देखिन्छ । यसपटकको नाट्टा निर्वाचनका गतिविधिहरु हेर्दा झण्डै डेढ करोड खर्चको अनुमान मैले देखेको छु । यो घातक प्रवृति हो । 
अध्यक्षका हैसियतले नाट्टालाई सहमतिय आधारमा अघि बढाउनुपर्छ भनेर मैले अधिकतम प्रयास गर्दै आएको हो । निर्वाचनमै जाँदा पनि मितव्ययी ढंगबाट अघि बढ्नका लागि मैले सबैलाई सुझाउँदै आएको पनि हो । तर, यी दुवै कुरा संभव देखिएनन् । 
म के भन्छु भने, नाट्टामा अध्यक्ष भन्नु खालि एउटा ‘इमेज’ बाहेक केही पनि होईन । जो व्यक्ति ‘सेल्फ इम्प्लोइ’ छ उ नाट्टामा आउनुहुन्न । उसले संस्था र आफ्नो बिजनेस दुवै गुमाउँछ । 
समय निकै अघि बढीसकेको छ । अब निर्वाचन आउन निकै छोटो समयमात्र बाँकी छ । म पुनः दोहो¥याउन चाहन्छु, राम्रोलाईमात्र भोट गरौँ, नकी हाम्रोलाई । 
अन्तमा म के जोड दिन चाहन्छु भने नाट्टामा धेरै राजनीति भईसक्यो । अब सबै सदस्यहरु मिलेर यसलाई निरुत्साहित गर्नुपर्छ । सबैले बुझेरमात्र भोट हालौँ । 
  

 

तपाईंको बिचार