सबै नदीका आ–आफ्नै विशेषता छन् । त्यसबेला सबै नदीहरु पुण्यमती भएर नै नदी किनारामा घाट र शिवालय देखापरेका हुन् । पौराणिक महिमा भएर पनि केही व्यक्तिहरुको स्वार्थका कारण कुनै पनि नदी स्वच्छ रहन सकेन । एउटै बाग्मतीमा अनेक तीर्थ देखापर्नुमा अनेक कारण होलान् । यहाँ कुनै बेला कुण्डयात्रा समेत चलिसकेको थियो । यस कुण्डयात्रामा कुनै विघ्न नहोस् भनेर कार्य विनायकको पूजा गनेर् र फर्पिङ्गको शेषनारायणबाट बाग्मती यात्रा सुरु हुन्छ । यात्राको पहिलो दिन शेषनारायण स्थानमा जम्मा भएर पवित्र मनले ईश्वरको चिन्तनमा रात बिताउने । बाग्मतीको तीर्थयात्राको क्रमको नियमअनुसार शेषनारायण (शिखर नारायण)को दामोदर कुण्डमा स्नान गरी शिखर नारायणको दर्शनपछि दक्षिणकाली पूजा गनेर् नियमको रहस्य के छ भने जहाँ २ नदी बगेकी छिन्, ती नदी बाग्मतीमा मिल्न जाने हुनाले २ नदीको प्रतिनिधित्वको रुपमा दक्षिणकाली माईको पूजा बाग्मती यात्राको नियम तालिकामा स्थान दिएका हुन् । पहिलो दिन जम्मा हुने स्थान शिखर नारायणको दामोदर कुण्डको जल पनि बाग्मतीमै मिल्ने हुनाले शिखर नारायण मन्दिरकै मुनिको कुण्डको जल पनि विष्णुकै चरणोदक सम्झेर यो स्थानमा बाग्मती यात्रा जम्मा हुने गरेका हुन् ।
बाग्मतीसँग साइनो जोडेको शुभारम्भ हुने बेलाका पुण्य क्षेत्र गोपालेश्वर पनि कटुवाल दह सेतु भिन्न तीर्थका अभिन्न अंग मानिन्छ, भारतमा समुद्रसँग रामेश्वरको सम्बन्ध जोडे जस्तै । गोपालेश्वर बाग्मती सतहभन्दा धेरै पर रहेता पनि गोपालेश्वर सेतु भिन्न तीर्थका प्रमुख महादेव हुन् । गोपालेश्वर सेतुभिन्न तीर्थसँग सम्बन्धित भए पनि तेस्रो दिन सेतुभिन्न तीर्थबाट जलमार्ग भई खोकनाको पुलनिर बास बास बस्दा १६ तीर्थ पार भइसक्छ ।
तिनीहरु भनेको कटुवाल दह, १) सेतु भिन्न तीर्थ, २) चण्द्रोदयतीतीर्थ, ३) उत्तरबाहिनी तीर्थ, ४) बासुकी तीर्थ, ५) गोतीर्थ, ६) भद्रावती तीर्थ, ७) हनुमत तीर्थ, ८) सर्वमय तीर्थ, ९) सीता तीर्थ, १०) लक्ष्मण तीर्थ, ११) दामोदर तीर्थ, १२) रामतीर्थ, १३) गोपालतीर्थ, १४) सूर्योदय तीर्थ, १५) सुलोचना तीर्थ, १६) मत्स्यन्द्र त्रिजटा तीर्थ गरी जम्मा १६ तीर्थ रहेका छन् । त्यसै गरी बाग्मती यात्राको चौंथो दिन जल विनायक (चोभारमा)मा बास बसिन्छ । यहाँ १)प्रमोदाख्य तीर्थ, २) सप्तनील तीर्थ, ३) काय निर्मल तीर्थ, ४) पञ्चनद तीर्थ (पचली), ५) शक्रतीर्थ, ६) भैरव तीर्थ ७) कालमोचन तीर्थ रहेका छन् । जल विनायकदेखि ७ तीर्थको स्नान दान भएपछि कालमोचनमा बास बसिन्छ । यसमा १३ तीर्थहरु पर्दछन्, बाग्मति यात्रा कालमोचन घाटमा पुग्दा उच्च ओहदाकाले पनि भाग लिन्थे । कालमोचनबाट शुभारम्भ गरी १) सहोदर तीर्थ, २) रुद्र धारा तीर्थ, ३) उत्तर प्रयाग तीर्थ, ४) निर्मलावती तीर्थ, ५) शंखमूल तीर्थ, ६) वायुमती तीर्थ, ७) विमलावती तीर्थ, ८) सिद्धवती तीर्थ, ९) योगमती तीर्थ, १०) वाणगंगा तीर्थ, ११) मृत्युञ्जय तीर्थ, १२) अमरावती तीर्थ, १३) योगमती तीर्थ । छैटौं दिन कालमोचनबाट १३ तीर्थमा स्नान दान गरी शंखमूलमा बास बसिन्छ । शंखमूलकै क्षेत्रभित्र नै १२ तीर्थ छन् । १२ तीर्थको नाम घाटको भकारीहरुमा अंकित छन् । मृत्युञ्जय तीर्थ, उमापति तीर्थ, उत्तर प्रयागतीर्थ, प्रयागवती तीर्थ, रुद्र्र धारा तीर्थ, शंखमूल तीर्थ, धनुषतीर्थ, अमरावती तीर्थ, वायुवती तीर्थ आदि कालमोचनबाट शंखमूल आउँदा रुद्रमती पनि बीचमा पर्दछ । सो रुद्रधारा तीर्थमा सय आवृत्ति रुद्रि पाठ गर्नाले अल्पायु दोष निवारण हुन्छ भन्ने जनविश्वास रहेको छ । यो यात्रालाई बाग्मती यात्रा भनिएता पनि उपतीर्थ यात्रा समेत यसमा समावेश हुन आउँछ । यात्राको पूर्णताको लागि उपतीर्थको रुपमा कोपेश्वर, कुम्भेश्वर, त्रिलिंगेश्वरमा पनि अर्थात् चारै शिवलिङ्गको दर्शन पनि गरिन्छ । कोटेश्वरको तीर्थजल बाग्मती नै भयो, कोपेश्वरचाहिँ हालको मणिगल मंगलबजार कोपछेँ चोककै इनारको जलबाट मार्जन गनेर् । कुम्भेश्वरको उपगोसाइँकुण्ड अनन्त तीर्थ कोटि तीर्थ त्रिलिंगेश्वरको (बालुखाटोलमा) तमना तीर्थ इनार पनि छ । तमना ऋषिको रुपमा एउटा ढुंगा त्रिलिंगेश्वर अगाडि छ ।
फागुपूर्णिमाको दिन मेला लाग्ने योे स्थान शंखमूलबाट धेरै टाढा भएता पनि बाग्मती तीर्थयात्राको अंगमा यो क्षेत्रलाई पनि समावेश गरेको हो । सातौं दिन शंखमूलबाट राजराजेश्वरी बास बसिन्छ । शंखमूलबाट राजराजेश्वरी बासभित्रका १६ तीर्थहरु रहेका छन् । १) त्रिलोचन तीर्थ, २) सत्यभामा तीर्थ ३) सुवर्ण तीर्थ, ४) पृथुकाख्य तीर्थ, ५) त्रिविक्रम तीर्थ, ६) उमापति तीर्थ, ७) क्षत्री तीर्थ, ८) क्षेत्रपाल तीर्थ, ९) राज राजेश्वरी तीर्थ, १०) भस्मगंगा तीर्थ, ११) शापान्तक तीर्थ, १२) पिशाच मोचनी तीर्थ, १३) मणि तीर्थ, १४) प्रयाग बती तीर्थ, १५ ब्रम्ह तीर्थ र १६) विषणु तीर्थ रहेका छन् । राजराजेश्वरीबाट आठौं दिन पशुपति पुगेर बास बसिन्छ । यहाँ भने २९ वटा तीर्थ रहेका छन् । पशुपतिमा रहेका तीर्र्र्थहरुमा १) जय मंगला तीर्थ, २) आकाश भैरव तीर्थ, ३) गंगा तीर्थ, ४) कुशोददक तीर्थ, ५) सौभाग्य तीर्थ, ६) कुबेर तीर्थ, ७) गौरी तीर्थ, ८) खवरर्ी तीर्थ, ९) सूर्यभागा तीर्थ, १०) नारायण तीर्थ, ११) त्रिवेणिका तीर्थ, १२) पावनी तीर्थ, १३) गोखुराख्य तीर्थ, १४) अगस्त्य तीर्थ, १५) नीलकण्ठ तीर्थ, १६) बासुकी तीर्थ, १७) देवधर तीर्थ, १८) ब्रह्मसहस्र तीर्थ, १९) अनन्त तीर्थ, २०) रुद्रसहस्र तीर्थ, २१) आर्या तीर्थ, २२) विष्णुसहस्र तीर्थ, २३) चक्र तीर्थ, २४) चन्द्रभागा तीर्थ, २५) वत्सला तीर्थ, २६) पञ्च विनायक तीर्थ, २७) मृगोदक तीर्थ, २८ गणेश तीर्थ, २९) भृगुपतन । बाग्मती यात्राको नवौं दिन २० तीर्थको स्नान दानपश्चात् गुह्येश्वरीमा बास बस्दा सूर्यघाट गौरीघाट संकष्ट नाशिनी घाट आदिमा स्नानदानादि गरी गुह्येश्वरीमा बास हुन्छ । यात्राको दशौं दिन गुह्येश्वरीबाट गोकर्णमा बास बसिन्छ । यात्राको एघारौं दिन गोकर्णमा रहेको १९ तीर्थमा स्नान र दानपछि यात्राको बाह्रौं दिन गोकर्णदेखि सुन्दरीजलसम्म १९ तीर्थको स्नान दानपश्चात् यात्राको तेह्रौं दिन वाग्द्वार बास बस्न पुगिन्छ ।
सुन्दरीजलबाट वाग्द्वारसम्म ९ तीर्थ रहेका छन् । यस यात्राको चौधौं दिन वाग्द्वारदेखि बुढानीलकण्ठमा पुगिन्छ । यति यात्राभित्र जम्मा १ सय ६५ तीर्थ संख्या रहेका छन् । सर्वप्रथम नेमुनिले यात्रा चलाएको हिमवत्खण्डभित्रका शिव पार्वतीका पावन क्षेत्र स्वच्छ बाग्मती सभ्यताको कुरा गर्दा राजा सिद्धि नरसिंह मल्ललाई बिर्सन मिल्दैन । त्यत्रो विशाल कृष्ण मन्दिर तथा तत्कालीन कुनै मन्दिर तथा दरबारमा एक कण बालुवा पनि प्रयोग भएको पाइँदैन । धार्मिक गुठी र देवीदेवताको यात्रामा धेरैजसो प्रज वर्गकै भएको पाउँछौँ । ललितपुर जस्तै कान्तिपुर पनि एकातिरबाट बाग्मती जोडिएकोले उदार मनस्वी राजा कान्तिपुरमा पनि भए । घरलाई भन्दा मन्दिरलाई प्राथमिकता दिएबाट बाग्मतीको स्वच्छताले काठमाडौं उपत्यकाका कुनै पनि समाज स्वच्छ वातावरणबाट वञ्चित हुनुपरेको थिएन । नदीसँग सहर भएता पनि सभ्य र धनी नागरिकले प्रदूषित पदार्थ नदीमा पठाउने विचारसमेत पनि नगर्दा नदीबाट स्वच्छ विचार र आध्यात्मिक साधनामा ठूलो सहयोग मिल्थ्यो । तर आज त्यसको विपरीत चल्दा बाग्मती आदि नदीको अभिषाप भोग्नुपरेको छ । ढिलै भए पनि आज आएर विस्तारै बाग्मतीप्रति मान्छेमा चेतना जागेको छ । बाग्मती सरसफाइ अभियान चलाएर पुरानै बाग्मतीको रुपमा परिणत गराउन लागेका सबैले सफलता प्राप्त गरी बागमती यात्राको छुट्टै पर्यटनको गन्तव्यको रुपमा विकास गर्नसकिनेमा कुनै दुईमत छैन ।
तपाईंको बिचार