Thursday, April 27, 2017  |    

समृद्ध मुलुकको लागि बलियो कांग्रेस

प्रकाशित मिति: 2016/03/05
केशवराज चौलागाई
केशवराज चौलागाई

                                              अहिले  नेपाली कांग्रेसको  १३ औं महाधिवेशन चलिरहेको छ । शब्द र अफवाहको पछाडी प्रतिनिधी साथीहरु अलमलीएका छन् । बलियो कांग्रेस निर्माण भएमात्र गाँउ गाँउमा कांग्रेसले शिर ठाडो पार्न सक्छ  ।
अव कुरा नेतृत्वको सवालमा गरौ, रामचन्द्र पौडेल, शंशाक कोइराला  पारिवारिक व्यक्तित्वको विरासतमा खडा हुनु भएको छ  । वहाँहरुलाइ पिडित भनेर प्रचार गरिएको पनि सुनीयो वहाँहरुले कांङग्रेसबाट प्रधानमन्त्री बाहेक के चिज पाउनु भएन ? सधै पार्टीमा वहाँहरुको हालिमुहाली रहेकै हो ।

स्व. शुशील कोइराला दाईको मझेरीमा बसेर पार्टीलाई गतीहीन बनाउन  वहाँहरुको भुमीका रह्यो की रहेन भन्ने विचारणीय कुरा छ ।
कृष्ण सिटौला सालिन त हुनुहुन्छ फेरी वहाँको उम्मेदवारी गगन थापाको युवा लोकप्रीयताको जगमा खडा छ । वहाँले पनि पार्टीको प्रमुख जिम्मेवारी वहन गरीसकेको अवस्था हो ।
शेर बहादुर देउवा दाई जसले देश चलाउनु भयो । वि.पि लाई  वि.स २०२६ सालमा कु गरिए झै शेर बहादुर दाईलाई पनि ज्ञानेन्द्रले कु गरेकै हो । कुनै सत्ता खोसीदा कु भन्ने कुराले दरबारलाई बुभाएको भन्नु पूर्वाग्रहको पराकाष्ठा हो । आज मुलुकका मधेशी, मुस्लीम, महिला, जनजाती, दलित र कर्णालीको प्रतिनिधित्व के शेर बहादुर दाईले गरेको होइन र ? तसर्थ पार्टीलाई सबैको पार्टी बनाउने योजना बोकेका व्यक्तिलेनै अवको नेपाली कांग्रेसको नेतृत्व  लिनु पर्दछ ।
मुलुकमा गणतन्त्र ल्याउने पार्टीले पार्टीभित्रको राजतन्त्र वा भारदारीतन्त्र को उन्मुलन गरी शसक्त पार्टी निर्माण गर्न सक्नु पर्दछ ।
अहिले उम्मेदवारको समुह हेर्दा पार्टीको चुरोमा रहेका पुराना हस्तीहरु देखी लिएर जुझारु युवाहरुको पंक्ति हेर्दा पनि थाह हुन्छ की कसले पार्टीलाई एक ढिक्का बनाएर लान सक्छ ।
त्यसैले आफ्नै ओजपूर्ण व्यक्तित्वमा खडा भएका नेता तथा अन्तराष्ट्रिय राजनीतिमा समेत चिरपरिचित शेर बहादुर देउवा नै आजको नेपाली कांग्रेस र नेपालको आवश्यकता हो । 

तपाईंको बिचार