Sunday, June 25, 2017  |    

निष्ठा र बैचारिक राजनीतिका लागी मेरो उमेद्धवारीः बहादुर सिंह तामाङ

प्रकाशित मिति: 2016/03/05

नेपाली कांग्रेश क्षेत्र ३ का सांसद बहादुर सिंह (लामा) तामाङ ले केन्द्रीय सदस्यमा उमेद्धवारीको घोषणा गर्नुभएको छ । दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन एमाओवादी महासचिव पोष्टहादुर बोगटीलाई हराएर चर्चामा आउनुभएका तामाङ २०४२ सालदेखि निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीति गरीरहनु भएको छ । १३ औं महाधिवेशनमार्फत कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिनुभएका युवा नेताका रुपमा परिचित तामाङ कांग्रेसभित्र इमान्दार नेताका रुपमा चिनिनुहुन्छ । 
आफुलाई नेपाली कांग्रेसको एक सच्चा सिपाहिको रुपमा प्रश्तुत गर्नुभएका तामाङले २०४२ सालबाट निरन्तर अविचलित रुपमा कांग्रेस पार्टिभित्र काम गर्दै आउनुभएको छ । नेबिसंघबाट कांग्रेसको राजनीतिमा औपचारिक रुपमा प्रवेश गर्नुभएका तामाङले त्यसपछिका दिनमा क्षेत्रिय सभापति , जिल्ला उपसभापति हुँदै २०७० सालमा भएको दोस्रो संबिधानसभाबाट नुवाकोट क्षेत्र न ३ बाट सभासदमा बिजयी हुनुभएको हो । 
 आफुले बिजय प्राप्त गरेकोे स्थानमा आफ्नो सामथ्र्यले  भ्याएसम्म जनताको सेवामा अहोरात्र खटेको बताउने केन्द्रीय सदस्यका उमेद्धवार तामाङ स्थानिय साथीहरुले केन्द्रमा जान सुझाब दिएकै कारण आफु आरक्षण कोटाबाट केन्द्रिय सदस्य पदमा चुनाव लडेको बताउनुभयो । पार्टिभित्र पछिल्लो समय गुटगत राजनिति हाबी भएको भन्दै उहाँले अबको नेतृत्वले यि कुरालाई मिलाएर अगाडि जानुपर्नेमा  जोड दिनुभयो ।  
पार्टिमा पछिल्लो समय युवा पुस्ता नेतृत्वको चर्चा हुने गरेपनि बिभिन्न कारणले अगाडि आउन नसकिरहेको स्थीतीमा आफ्नो उमेद्धवारी परेको उहाँको भनाइ छ । विगत लामो समयदेखी वैचारिक राजनीतिलाई केन्द्रमा राखेर निष्ठाको राजनीति गर्दै आउनुभएका तामाङ आफ्नो बिगतको राजनीतिक पृष्ठभुमिलाई आम मतदाता कार्यकर्ताले मुल्यांकन गरीदिनेमा आशाबादी हुनुहुन्छ ।   

 

तपाईंको बिचार