Saturday, March 25, 2017  |    

नेपालमा भूकम्पको असर र तथ्य

प्रकाशित मिति: 2016/03/26

चैत्र १३, काठमाडौं ।  विनाशकारी भूकम्प गएको एक वर्ष हुनै लाग्दा भूकम्प र भूकम्पको असरबारे धेरै तथ्य सार्वजनिक भएका छन् । भूकम्पले थिलथिलो बनाएको नेपालको जमिन, प्राकृतिक स्रोतसाधन र वातावरणबारे अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, चीन, जर्मनीलगायत देशका प्रख्यात विश्वविद्यालय तथा अनुसन्धानकर्ताले नेपालबारे आश्चर्यजनक तथ्य सार्वजनिक गरेका छन् ।
बाढीपहिरो, सुक्खा, वायु प्रदूषण तथा हिमालमा हिउँ पातलिनुका कारण खोज्न धेरै विदेशी वैज्ञानिक नेपाल आए । अधिकांश अध्ययनले नेपालको हिमालका हिउँ घट्दै गएको, प्रदूषणले वायुमण्डल अस्वाभाविक रूपमा ढाक्न थालेको तथा पानीका स्रोत सुक्दै गएको तथ्य सार्वजनिक गर्दै बेलैमा सचेत नभए भयावह भविष्यको चेतावनी दिएका छन् । यसबीचमा नेपालसँग जोडर भएका ठूला अन्तर्रा्ष्ट्रिय अध्ययनका निष्कर्षले विश्वभरको ध्यान तानेको छ ।
यसरी नै हिमालको हिउँ पग्लिने र तापक्रम बढ्ने हो भने सन् २०५० देखि नै एसियाको वाटर टावर मानिने हिन्दुकुश हिमालय क्षेत्र र तराईमा पानीको हाहाकार मच्चिने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । तर वैज्ञानिकहरूले सार्वजनिक गरेका यस्ता निष्कर्ष चेतावनीले सरकारलाई छोएको छैन ।

सन् २०१५ मा संसारभर भएका एक हजार ६० ठूला प्राकृतिक विपत्तिका घटनामध्ये नेपालको भूकम्प सबैभन्दा ठूलो भएको अनुसन्धानकर्ताको निष्कर्ष छ । नौ हजारभन्दा बढी मानिसको मृत्यु भएको भूकम्पले गरेको सम्पत्तिको क्षतिको विवरण पनि केही वर्षयताकै उच्च हो ।
जर्मनीस्थित म्युनिख री नामक अनुसन्धान संस्थाले सार्वजनिक गरेको रिपोर्टअनुसार एक वर्षमा एक हजार ६० विपत्तिबाट ९० बिलियन अमेरिकी डलर (करिब ९६ खर्ब) रुपैयाँ बराबरको क्षति भएको छ । प्रतिवेदनअनुसार पछिल्लो समयमा जलवायु परिवर्तनबाट उत्पन्न घटनाका कारण सर्वसाधारणको ज्यान जाने र सम्पत्ति क्षति हुने क्रम बढेको छ ।
सन् २०१५ का सबै प्राकृतिक विपत्तिका घटनाको सम्बन्ध कुनै न कुनै रूपमा जलवायु परिवर्तनसँग रहेको म्युनिख रीले उल्लेख गरेको छ । बाढी, पहिरो, तातो हावा (लु) तथा आँधी सबैभन्दा धेरै भएका घटना जलवायु परिवर्तनसँगै जोडिएका छन् । जलवायु परिवर्तनका कारण उत्पन्न जोखिममा विश्वकै चौथो स्थानमा नेपाल पर्छ ।

विश्वको सर्वोच्च चुचुरो ५० वर्षयता सबैभन्दा तातो यही वर्ष भेटिएको छ । चिनियाँ वैज्ञानिकहरूकोे अध्ययनअनुसार सगरमाथा आसपासका हिमनदीसमेत साँघुरिएका छन् । चाइनिज एकेडमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनाला संकटमा पर्नसक्ने अवस्था देखिएको छ ।
नेपाली भूभागतर्फ पनि हिम नदी बन्ने र पग्लिने क्रम अस्वाभाविक भएको निष्कर्ष छ । तापक्रममापन यन्त्रले उपलब्ध गराएका तथ्यांकका आधारमा गरिएको विश्लेषणअनुसार हिमाली क्षेत्रमा तापक्रम बढ्ने क्रम अन्यत्रभन्दा बढी छ । विश्वमा बढिरहेको तापक्रमको असर सीधा हिमाली क्षेत्रमा परेकाले उच्च हिमाली भेग तातिने र हिउँ पग्लिने क्रमले भयावह रूप लिन थालिसकेकोमा वैज्ञानिकहरूको चिन्ता छ ।

यो शताब्दीको अन्त्यसम्म सगरमाथालगायतका हिमाल हिउँविहीन हुने प्रक्षेपण वैज्ञानिकले गरेका छन् । हिउँ पगाल्ने प्रमुख कारक कार्बनडाइअक्साइड उत्सर्जनको यही गति कायम रहे ७० देखि ९९ प्रतिशत हिउँ नरहने चेतावनी वैज्ञानिकहरूले दिएका हुन् । युरोपियन जिओसाइन्स युनियन जर्नलमा प्रकाशित विश्वभरिका वैज्ञानिकको संयुक्त अनुसन्धानले अहिले भइरहेका ९० प्रतिशत हिमनदी पग्लिने अनुमान गरेको छ ।
‘हिउँ जम्न चाहिने शून्य डिग्री सेल्सियस तापक्रम हिमालको माथिल्लो भेगतिर बढ्ने र तलको हिउँ पग्लदै जाने अनुमान छ । हाल तीन हजार दुई सयदेखि पाँच हजार पाँच सय मिटरमा हिउँ जम्छ । तापक्रम बढ्दै जाँदा यो शताब्दीको अन्त्यसम्म आठ सयदेखि १२ सय मिटरमाथि मात्रै हिउँ पग्लिनेछ ।
अहिले भइरहेकामध्ये ९० प्रतिशत हिमनदी गर्मी महिनामा पग्लिनेछन्’, प्रतिवेदनमा उल्लेख छ । तापक्रम बढ्दा हिउँ र बरफ पग्लिने मात्रै होइन, हिउँको सट्टा पानी पर्ने क्रमसमेत बढ्ने प्रक्षेपण छ । यसको असर जलविद्युत् र कृषिमा सबैभन्दा धेरै देखिनेछ ।
‘तल्लो क्षेत्रमा विद्युत् उत्पादन गर्न नदी प्रणालीहरूमा पानी अभाव हुनेछ । कोसी नदीका धेरै सहायक नदीमा यसको प्रत्यक्ष असर देखिनेछ’, अध्ययन प्रतिवेदनमा लेखिएको छ । साथै हिउँ पग्लिने क्रमसँगै तल्लो तटीय क्षेत्रमा बाढीपहिरोको खतरासमेत बढ्ने प्रक्षेपण छ । ‘हिउँ पग्लिँदै हिमताल बन्ने, आकार बढ्ने र हिमपहिरो आउने सम्भावना पनि बलियो हुनेछ’, अध्ययनमा संलग्न वैज्ञानिक सीले भनेका छन् ।

वैशाख १२ को महाभूकम्पले पाँच सेकेन्डमै काठमाडौंलाई डेढ मिटर पर सारिदिएको तथ्य पनि सार्वजनिक भयो । पचास सेकेन्डभन्दा लामो भूकम्पको धक्का महसुस गरे पनि काठमाडौं भने पाँच सेकेन्डमै दक्षिणपश्चिम सरेको अमेरिकी वैज्ञानिकले पत्ता लगाएका हुन् ।
कोलोराडो विश्वविद्यालयका प्राध्यापक रोजर बिहामले संसारमा यति छोटो समयमा यति ठूलो सहर सरेको उदाहरण कतै नभएको तथ्य सार्वजनिक गरे । उनको अध्ययनअनुसार काठमाडौंभन्दा उत्तरतर्फो भूभाग अग्लो भएको छ भने धक्काले अहिले पनि काठमाडौंलाई कोल्टे बनाएको छ । अग्लो भएको ठाउँतिर पानीको सतह माथि आएको र अरूतिर पानीको सतह तल झरेको उनको निष्कर्ष छ ।
महाभूकम्पले बनाएको रप्चर स्लिप (चट्टानमा चिरा पर्दा प्लेट सर्ने प्रक्रिया) काठमाडौंसम्मै आइपुगेको तथ्य पनि वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । नेपाली भूकम्पविज्ञहरूले जिपीएस ट्र्याकर राखेर गरिरहेको अनुसन्धानअनुसार यस्तै रप्चर स्लिपका कारण काठमाडौं केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको निष्कर्ष निकालिएको छ ।
सानाठूला भूकम्प गइरहनु यसैको कारण भएको अनुसन्धानको निष्कर्ष छ । वैज्ञानिकहरूका अनुसार रप्चर स्लिप काठमाडौंमुनि आइपुगेकाले सञ्चित शक्ति बाहिर आउन साना परकम्पन भइरहन सक्छन् ।
हिमालय क्षेत्रमा दक्षिणबाट उत्तरतिर प्लेट सर्दा (जुध्दा) सञ्चित भएको शक्ति जमिनबाट बाहिर निस्कँदा भूकम्प जान्छ । प्लेट सर्ने क्रम बन्द (लक) भएपछि उत्पन्न हुने शक्ति बाहिर निस्कँदा जमिन चिरिन्छ । ‘माथि भूकम्प जाने ठाउँको रप्चर जोनबाट काठमाडौंमुनीसम्म आइसक्यो । प्लेट खुम्चेको भाग पनि छ । उत्तरतिरबाट आएकाले पनि धकेल्यो र काठमाडौंबाट शक्ति बाहिर निस्कियो,’ भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने ।

काठमाडौं उपत्यकामा क्यान्सरको कारकका रूपमा रहेको हानिकारक प्रदूषणको मात्रा उच्च रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । विश्वभरिका वैज्ञानिकको समूहले काठमाडौंमा वायु प्रदूषणको एउटा तत्त्वका रूपमा रहेको पोलिसाइक्लिक अरोम्याटिक हाइड्रोकार्बन (पीएएचएस) तथा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी, (टीईक्यू) विषालु तत्त्व विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ८० गुणसम्म बढी भेटेका हुन् ।
अध्ययनमा संलग्न डा. महेश्वर रूपाखेतीका अनुसार प्रदूषणको यो अवस्थाले मानिसमा क्यान्सरलगायतका रोगको खतरा बढी हुन्छ । काठमाडौंमा भेटिएको पीएएचएसको मात्रा चीनको बेइजिङ र भारतको नयाँदिल्लीलगायतका सहर बराबर हो । चाइना एकेडमी अफ साइन्स, एकेडेमी अफ फिनल्यान्ड तथा नेपाली वैज्ञानिकहरूको संयुक्त अनुसन्धानले पीएएचएसले मानिसको फोक्सोमा सीधा असर गर्ने उल्लेख गरेको छ ।
राम्ररी नडढेको कृषिजन्य सामग्री तथा डढेलो र इँटाभट्टाबाट निस्कने धुवाँ यसका मुख्य स्रोत हुन् । काठमाडौंमा २० वर्षभन्दा पुराना डिजेल इन्जिनका गाडीबाट राम्ररी नजली निस्किएको धुवाँ यस्तो प्रदूषणको अर्को स्रोत हो । भारतका विभिन्न स्थानमा जलाउने कृषिजन्य सामग्रीबाट निस्किएको धुवाँको नमुनासमेत वैज्ञानिकहरूले उपत्यकामा प्रमाणित गरेका थिए ।
काठमाडौं उपत्यकामा वायु प्रदूषणका विभिन्न तत्त्व तथा त्यसको संयोजन र रासायनिक पदार्थको मिसावटको प्रतिशतसमेत अध्ययनकर्ताले विश्लेषण गरेका थिए । पीएएचएसको मात्रा १ नानोग्राम परमिटर क्युब हुनुपर्नेमा उपत्यका विभिन्न ठाउँमा दुईदेखि ८० गुणासम्म बढी देखिनु स्वास्थ्यका लागि सबैभन्दा खतरा हो ।
त्यस्तै पीएएचएसमा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी (टीईक्यू) विषालु तत्त्वको मात्रा २.७४ देखि ८१.५ नानोग्राम मिटरक्युब भेटिएको छ । विज्ञहरूका अनुसार यो मात्रा दक्षिण एसियाली सहरमध्येकै सबैभन्दा धेरै हो । यस्तो प्रदूषणको स्रोतका रूपमा रहेको डिजेल जेनेरेटरले उपत्यकामा सबैभन्दा धेरै ब्ल्याक कार्बन उत्सर्जन गरिरहेको छ ।
ब्ल्याक कार्बन, मिथेन, प्रोपोस्पेरिक ओजन र हाइड्रो फ्लोरो कार्बन (एयर कन्डिसनर) तथा रेफ्रिजेरेटरबाट निस्कने प्रदूषण सबै पीएएचएसअन्तर्गत पर्छन् । पीएएचएस पीएम सीधै नाक र मुखबाट फोक्सोमा पुगेर गाडिन्छ । विज्ञहरूका अनुसार यसले फोक्सोमा असर गर्छ र क्यान्सरको खतरा बढाउँछ । वायु प्रदूषणका कारण सबैभन्दा धेरै श्वासप्रश्वासका रोगी बढेका छन् ।

वैशाख १२ गते गएको भूकम्पपछि लाङटाङ क्षेत्रमा आएको हिमपहिरो एटमिक बमको भन्दा आधा शक्तिबराबरको भएको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । विश्वप्रसिद्ध विज्ञान पत्रिका साइन्समा प्रकाशित प्रतिवेदनमा लाङटाङको हिमपहिरो सन् १९४५ मा जापानको हिरोसिमामा खसाइएको बमभन्दा आधा शक्तिशाली भएको उल्लेख छ ।
वैज्ञानिकहरूले भूकम्पपछि हिमालै सोहोरिएर आउँदा ७.६ किलोटन शक्ति उत्पादन भएको ठहर गरेका छन् । हिरोसिमामा खसाइएको बम १६ किलोटन बराबरको थियो । भूकम्पपछि तीव्र गतिमा हावा र हिउँका ढिक्का उडेको प्रत्यक्षदर्शीले बताएका थिए । विश्वका ६४ जना वैज्ञानिकले भूकम्पछि हिमालबाट साढे ६ फिट बाक्लो बरफ र हिउँ बस्तीतर्फ झरेको पत्ता लगाएका छन् । अध्ययनअनुसार त्यसको गति प्रतिसेकेन्ड दुई सय फिटको दरले चार हजार फिट तलसम्म झरेको थियो ।

नेपालसहित पूर्वी हिमालयमा पाँच वर्षको बीचमा वन्यजन्तु तथा वनस्पतिका दुई सय नयाँ प्रजाति फेला परेका छन् । नेपाल, भुटान, म्यानमार, उत्तरपूर्वी भारत र दक्षिण तिब्बतमा भेटिएका यीमध्ये ६० प्रजाति नेपालका हुन् । वैज्ञानिकहरूको समूहले गरेको अध्ययनअनुसार पूर्वी हिमालय क्षेत्र विश्वमै नयाँ र विविध प्रजातिका वन्यजन्तु र वनस्पतिका लागि अत्यन्तै फरक क्षेत्र हो ।
वन विनाशसहित अन्य विभिन्न समस्या आएपनि पूर्वी हिमालयमा विभिन्न प्रजातिका वन्यजन्तुको २५ प्रतिशत बासस्थान जस्ताको जस्तै रहेको ठहर वैज्ञानिकहरूको छ ।
नयाँ दुई सय ११ प्रजानेपालमा भूकम्पको असर र तथ्य
चैत्र १३, काठमाडौं ।  विनाशकारी भूकम्प गएको एक हुनै लाग्दा भूकम्प र भूकम्पको असरबारे धेरै तथ्य सार्वजनिक भएका छन् । भूकम्पले थिलथिलो बनाएको नेपालको जमिन, प्राकृतिक स्रोतसाधन र वातावरणबारे अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, चीन, जर्मनीलगायत देशका प्रख्यात विश्वविद्यालय तथा अनुसन्धानकर्ताले नेपालबारे आश्चर्यजनक तथ्य सार्वजनिक गरेका छन् ।

नयाँ दुई सय ११ प्रजातिमध्ये सबैभन्दा धेरै एक सय ३३ बोटबिरुवा, ढाड नभएका ३९ प्रजातिका किराफट्यांग्रा, २६ प्रजातिका माछा, १० प्रकारका उभयचर, एकएक प्रजातिका सरिसृप, चरा र स्तनधारी छन् । विश्वमै दुर्लभ भइसकेका प्रजातिसहित हरेक वर्ष यस क्षेत्रमा ३४ नयाँ प्रजाति रेकर्ड भएका हुन् ।
हिमालय क्षेत्रमा जनसंख्या वृद्धिका कारण वन्यजन्तु तथा वनस्पतिले धेरै चुनौती सामना गरिरहेका छन् । वन विनाश, तापक्रम वृद्धि, चरिचरण तथा चोरी सिकार यस क्षेत्रका मुख्य समस्या हुन् ।

तिमध्ये सबैभन्दा धेरै एक सय ३३ बोटबिरुवा, ढाड नभएका ३९ प्रजातिका किराफट्यांग्रा, २६ प्रजातिका माछा, १० प्रकारका उभयचर, एकएक प्रजातिका सरिसृप, चरा र स्तनधारी छन् । विश्वमै दुर्लभ भइसकेका प्रजातिसहित हरेक वर्ष यस क्षेत्रमा ३४ नयाँ प्रजाति रेकर्ड भएका हुन् ।

तपाईंको बिचार