Wednesday, August 23, 2017

बुद्ध र कुटनीतिक आयाम

प्रकाशित मिति: 2016/05/24

केहि समय अगाडि मात्र ‘लुम्बिनीः नेपाल भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ को मुख्य ‘थिम’ को अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा सम्पन्न भयो । भारत यसको ‘टाइटल’ लाई लिएर पक्कै पनि खुसी नहुनुपर्छ । किनभने विगतमा उसकै ‘सुझाव’ को आधारमा नेपालले आयोजना गर्ने सम्मेलनको शीर्षक तय हुन्थ्यो ताकि सकेसम्म शीर्षकले बुद्धको जन्मथलो लुम्बिनी हो भन्ने तथ्यलाई ठोस रूपमा उजागर नगरी गौर्ण बनाइदियोस, तर यसपटक त्यसो भएन ।
 
सम्मेलनको ‘थिम’÷शीर्षक तय गर्नमा नेपालले पहिलोपटक आफ्नै विज्ञता प्रयोग ग¥यो, जसमा नेपालका ‘उत्तर’ र ‘दक्षिण’ दुवै छिमेकीको सहभागिता रह्यो । यस सम्मेलनको निष्कर्ष के निकाल्न सकिन्छ भने नेपालले बुद्धलाई कूटनीतिक आयाममा राखेर प्रयोग गर्न सकेको खण्डमा मुलुकको ‘बार्गे्निङ क्षमता’ मा अभिवृद्धि गर्न सकिने आधार निर्माण हुन सक्छ । बुद्धको जन्मथलो नेपाल हो र ‘बुद्धिजम’ को थालनी नेपाली भूमिबाटै भएको हो भन्ने सन्देश विश्व समुदायमा सम्प्रेषण गर्न नेपाल धेरथोर कामयाव देखियो । बुद्ध सम्बद्ध ‘कन्फरेन्स डिप्लोमेसी’ सहितको यही ‘स्पिरिट’ लाई कायम राख्न सकेमा भारतले यहाँ खेल्दै आएको ‘हेपाह पौँठेजोरी’ लाई ‘सन्तुलित अवतरण’ पनि दिन सकिएला ।

 
यसपटक नेपालले आयोजना गरेको सम्मेलनले संसारभरका बौद्ध मुलुकको ध्यान राम्रोसँग खिचेको मात्रै छैन, विश्वलाई बुद्धको जन्मथलोको बारेमा भारतद्वारा नियोजित रूपले जुन भ्रम छरिएको थियो, त्यसको एक तहको छिनोफानो गर्न सक्षम पनि भएको छ । बुद्ध जन्मथलोबारे विश्व समुदायलाई ‘गुमराह’ मा राख्न आफू स्वयंलाई एक ‘आध्यात्मिक व्यक्ति’ को पंक्तिमा उभ्याएर नरेन्द्र मोदीले बलिउडको प्रयोग गर्नेदेखि अन्तर्रा्ष्ट्रिय फोरममा दिने ‘स्पिच’ र विदेश भ्रमणक्रममा गर्ने भाषणमा ‘हिन्दुस्तान नै बुद्धको खास भूमि हो’ भन्ने भ्रम छर्न सक्रियता देखाएको सन्दर्भमा आफ्नै सामथ्र्यमा आयोजित यसपटकको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनले प्रवद्र्धनकै अभावले हालसम्म ‘उब्जाइएका’ बुद्धबारेका भ्रम चिर्न सफल हुने तथा बुद्ध र ‘बुद्धिजम्’ को थालनी नेपालबाटै भएको तथ्य प्रमाणित गर्न सघाउनेमा काठमाडौँ आश्वस्त देखिन्छ ।
 
अन्तर्रा्ष्ट्रिय ध्यान खिच्न सफल यस सम्मेलनपछि दिल्ली आफ्नो ‘भ्रम कूटनीति’ उपयोग गरेर बुद्धबारे ‘भुलभुलैया’ सिर्जना गर्न धेरथोर हच्किएला । बुद्ध मामिलामा ‘चीनले नेपाललाई काखी च्यापिदिएकाले’ लुम्बिनीलाई पनि अब विगतमा जसरी हिन्दुस्तानसहितको एकीकृत अवधारणामा अटाएर लाभ लिन नसकिने जगजगी बढेर गएको ठहर भारतले पक्कै गरेको होला ।
 
बदलिँदो विश्व शक्ति समीकरणमा ‘बुद्ध कूटनीति’ नै आफ्नो हैसियत निर्माणको भरपर्दो आधार हुने ठम्याएर भारतले रणनीतिक कदम चालेको हुनुपर्छ । यसैबीच बुद्धको जन्मभूमि लुम्बिनीलाई लिएर नेपालसँग उसको ‘जोरी खोजाइ’ गाँसिएको हो । भारत आफ्ना पूर्वी छिमेक तथा ‘आसियान’ आबद्ध मुलुकलाई पर्यटन कूटनीतिअन्तर्गत ‘बुद्धिजम्’ मार्फत नजिक्याउन चाहन्छ । खास त आसियान मुलुकसित बुद्धसँगको साइनोलाई आधारभूत तहबाट सघन तुल्याउन सकेको खण्डमा चीनसँग पनि सन्तुलन बनाउन सहज हुने ठहर दिल्लीको होला ।
 
भारत खासगरी आफ्नो ‘क्षेत्रीय राजनीतिक भाग’ मा कसैले ‘आँखा नगाडोस्’ भन्ने चाहन्छ । यहाँनेर, लुम्बिनी नेपालको तराईसँग जोडिनु र त्यहाँ चीनको ‘खास चासो’ देखिनुलाई भारतले कम महत्त्व दिने सवालै रहेन । ओलीको सत्तारोहण पछि लुम्बिनीमा ‘चिनियाँ चलखेल’ चर्को भएको ठान्ने भारतको लागि चीनले ‘नेपाललाई प्रयोग गरेर’ बुद्धसँग जोडिएको आध्यात्मिक मूल्यलाई सहजै ‘क्यास’ गरिदिने जगजगी पक्कै बढाइदिएको छ । भारत थप किन पनि झस्किएको हो भने चीनले लुम्बिनीलाई प्रवद्र्धन गरिदिएर बुद्धले ‘ज्ञान प्राप्त गरेको भूमि’ ठानिएको बोधगया तथा ‘महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर’ लाई नै ओझेलमा पारिदिने सम्भावनासमेत बढाएकाले हो ।
 
सन् २०११ मा पुष्पकमल दाहालको सक्रियतामा हङकङस्थित ‘एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन’ सहित संयुक्त राष्ट्रसंघको औद्योगिक विकास संस्थामार्फत ‘ठूलो लगानी प्याकेजमा हस्ताक्षर भएको’ भन्ने समाचारपछि आफ्नो ‘स्फेयर अफ इन्फ्लुयन्स्’ मा चीनले गरेको अतिक्रमणका रूपमा अथ्र्याएको थियो । चिनियाँ बौद्ध गुम्बा तथा स्तुपबाट यसपटकको सम्मेलनका लागि ‘पर्याप्त आर्थिक सहयोग प्राप्त भएको’ भनी ‘प्राथमिकता’ का साथ भारतीय मिडियाले खबर छापे, प्रसारण गरे । त्यसले पनि दिल्ली संस्थापनलाई ‘चिट्चिट् पसिना कढाएको’ हो ।
 
पछिल्लो समय चीन आफ्नो आयामिक चासो सम्बोधनको लागि पूर्वाधार कूटनीतिभित्रै ‘बुद्धिजम्’ को प्रयोग गरिरहेको छ । बुद्धकै आस्थाजन्य थिमलाई प्रयोग गरेर कोलम्बोमा ‘लोटस भवन’ को निर्माण गर्नु वा म्यानमारमा बुद्ध–सम्बद्ध पर्यटकीय क्षेत्रको लगानी बेइजिङको सामरिक र राजनीतिक चासो सम्बोधनको रणनीतिक हिस्साकै रूपमा बुझ्न सकिन्छ ।
बुद्ध दर्शनसँग सम्बन्धित विश्वव्यापी आध्यात्मिक चासोलाई ‘सफ्ट पावर’ को बदलिँदो विश्व राजनीतिको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा बुद्ध दर्शनलाई चीन, भारतलगायतका मुलुकले ‘क्यास’ गर्न खोजेका छन्, तर ‘बुद्ध कूटनीति’ को सवालमा यी दुई मुलुकसँग साँध बाँड्ने नेपाल भने ढोकामा ‘गजबार नै ठोकेर’ बसेजसरी ‘चुपचाप’ देखिन्छ ।
हिन्द महासागरमा आफ्नो पकड फैलाउने राजनीतिक हतियारको रूपमा चीनले जसरी श्रीलंका, माल्दिभ्सलगायतका मुलुकसँग हातेमालो गरिरहेको छ, ठीक त्यसरी नै ‘दक्षिण चिनियाँ सागर’ मा प्रभाव क्षेत्र विस्तार गर्न ‘आसियान’ आबद्ध मुलुकसँग ‘बुद्धिजम्’ को रणनीतिक प्रयोग गर्दै आइरहेको देखिन्छ । यहाँनेर, अर्को तथ्य के पनि बिर्सिनु हुँदैन भने पश्चिमा मुलुकले ‘क्रिश्चियानिटीको माध्यमबाट’ जुन तहको प्रभाव खडा गर्न सफल भए, उक्त तथ्यलाई बेइजिङले पक्कै नजरअन्दाज गरेको छैन ।
 
अर्कोतर्फ, नरेन्द्र मोदी आफ्नो सत्तारोहणपश्चात् सबैभन्दा पहिलो विदेश भ्रमण छिमेकी भुटानको गरे । ‘छिमेक प्रथम’ नीतिलाई ‘प्राथमिकीकरण’ गर्नेभन्दा बढी त्यसको रणनीतिक पाटो थियो, ‘बुद्ध कूटनीति’ । दक्षिण एसियाका दुई मुलुक भुटान र नेपालको भ्रमणसँगै उनले रोजेको अर्को मुलुक थियो– जापान, जुन बुद्धिष्ट मुलुक पनि हो । बाह्य जगत्मा आफ्नो हैसियतलाई प्रभावशाली रूपमा उभ्याउने ‘सफ्ट पावर’ नै ‘बुद्ध कार्ड’ हुने ठहर गरेरै मोदीले यो कूटनीतिक हतियार उठाएका होलान् । त्यसो त, भारतले अपनाएको ‘लुक इस्ट’ नीतिमै पनि ‘बुद्धिजम्’ गाँसिएको देखिन्छ ।
 
त्यसैगरी, संसारभरका बुद्ध अनुयायीसँगको सम्बन्धको पुनर्ताजकीकरणकै लागि मोदीले बौद्धिस्ट–मुलुकको भ्रमण गर्दा तालिकामा त्यहाँको बौद्ध, गुम्बा वा स्तुपको तीर्थाटनलाई प्राथमिकता दिन्छन् । त्यसैगरी, चीन, थाइल्यान्ड, श्रीलंका जस्ता अधिक बौद्ध धर्मावलम्बी रहेका मुलुकलाई बोधगयामा आफ्ना गुम्बा तथा स्तुप निर्माणमा उत्प्रेरित गर्न भारत आतुर पनि देखिन्छ । त्यति मात्र नभई सन् १९८० को मध्यतिर आएको ‘बुद्ध सर्किट’ मार्फत पर्यटनको प्रवद्र्धन गर्न सकियो भने त्यसको आयामिक असरस्वरूप आफ्नो प्रभाव विस्तारमा सघाउनेमा भारत ढुक्क देखिन्छ ।
 
बुद्धको जन्मथलो अपेक्षित प्रवद्र्धन गर्न नेपाल चुक्नुको पछाडि भूराजनीतिक अवस्थिति बाधक बनिदिएको छ । किनभने ‘आफ्नो देशलाई बुद्ध धर्मावलम्बीको ‘मक्का’ बनाउने अवधारणा’ अघि सारेर भारतले लुम्बिनीमाथि जुन तहको ‘राजनीति’ गरिरहेको छ, त्यसले उसको टक्करधारी चीनलाई समेत बेलाबेला सशंकित बनाउने गरेको छ । यहाँनेर भारत सकेसम्म नेपालले जस÷लाभ नपाउने गरी लुम्बिनीको प्रयोग गर्न चाहन्छ । आफू हावी रहेको दक्षिण एसियासँग ‘आसियान’ आबद्ध मुलुलबीच ‘सेतु निर्माण’ गर्ने निर्णायक औजारस्वरूप मोदीले ‘बुद्धिजम्’ लाई उपयोग गर्ने निधो गरेका होलान् ।
 
एसियामै आफूलाई सबैभन्दा ठूलो ‘बुद्ध–ज्ञान सम्बद्ध ब्रोकर’ ठान्ने भारतको चासो लुम्बिनीमाथि बढ्नुमा उसको ‘सामरिक मूल्य’ गाँसिएकाले पनि हुनसक्छ । किनभने चीनसँगको सहकार्यमा नेपालले ‘भारतको भूमिकाबिनै’ लुम्बिनीको आयामिक विकास गरेको खण्डमा क्षेत्रीय शक्ति संरचनामा हिस्दुस्तानको पल्ला हलुंगो हुने ठम्याइ दिल्लीको होला । चीनले पनि सामाजिक सन्तुलनसहितको राष्ट्र निर्माणको धार्मिक आधारभन्दा बढी अन्तर्रा्ष्ट्रिय सम्बन्ध÷राजनीतिअन्तर्गत शक्ति सन्तुलनको सामरिक आधारसमेत ‘बुद्धिजम्’ लाई बनाएको देखिन्छ । ‘बुद्ध कूटनीति’ मार्फत बेइजिङले सम्बोधन गर्न खोज्ने सबैभन्दा अहं सवाल भनेकै ‘तिब्बतमाथिको सुरक्षा खतरा’ टार्नु नै देखिन्छ । दिल्ली–बेइजिङ टकरावसित गाँसिएर आउने ‘अहं राजनीतिक सवाल’ के पनि हो भने तिब्बती बौद्धिस्ट धर्मगुरु दलाई लामालाई भारतले नै संरक्षण दिइरहेको छ ।
 
बुद्ध दर्शनसँग सम्बन्धित विश्वव्यापी आध्यात्मिक चासोलाई ‘सफ्ट पावर’ को बदलिँदो विश्व राजनीतिको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा बुद्ध दर्शनलाई चीन, भारतलगायतका मुलुकले ‘क्यास’ गर्न खोजेका छन्, तर ‘बुद्ध कूटनीति’ को सवालमा यी दुई मुलुकसँग साँध बाँड्ने नेपाल भने ढोकामा ‘गजबार नै ठोकेर’ बसेजसरी ‘चुपचाप’ देखिन्छ । उप्रान्त नेपालले ‘बुद्ध’माथि भइरहेको क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय राजनीतिलाई सकेसम्म सन्तुलन कायम गर्ने दीर्घकालीन योजनासहित त्रिदेशीय (चीन, भारत र नेपाल) ‘बुद्धिष्ट सर्किट’ को अवधारणा अघि बढाउँदा उसले ‘बेइजिङ–दिल्ली टकराव’ को राजनीतिबाट आर्थिक ‘लाभ’ उठाउनकै लागि पनि रणनीतिक तवरबाट ‘बुद्ध कूटनीति’ को नयाँ अध्याय पल्टाउन सक्नुपर्छ । त्यसबाट नेपालले ‘क्षेत्रीय शक्ति समीकरण’ मा आफ्नो ‘निर्णायक हिस्सा’ निर्माण तथा जब्बर उपस्थितिसमेत कायम गर्न सक्छ, जसले मुलुकभित्रको आन्तरिक राजनीतिको स्थिरीकरणमा पनि पक्कै सघाउनेछ ।

सुरेश प्राञ्जली
 

 

तपाईंको बिचार