Thursday, April 27, 2017  |    

गाउ पर्यटनको जय होस् ।

प्रकाशित मिति: 2016/07/25
 नवराज घिमिरे
नवराज घिमिरे

    गाउ पर्यटनको विकास गर्ने उद्देश्यले झण्डै २ दशक अघि स्थापना भएको गाउ पर्यटन मञ्च नेपालले ३१ जुलाई २०१६ का दिन काठमाडौंमा साधारण सभा र नया कार्यसमितिको चुनाव गर्दैछ । हालसम्म कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाशक्ति लगायतका दल निकट पर्यटन व्यवसायीहरुले आफ्ना–आफ्ना वार्ता समिति गठन गरेका कुरा लगायत प्रमुख पदहरुमा रहने भन्ने कुरा बजारमा आइरहेका छन् र आउने क्रम जारी छ ।


भिटोफ पर्यटन क्षेत्रमा एउटा भिन्न संस्था हो । यो गाउको विकास जस्तो पवित्र उद्देश्यले जन्मिएको हो । यो कुनै व्यवसायीहरुको छाता संस्था पनि होइन, यद्धपि पछिल्लो समय तस्विर आफै बोल्दछ भने जस्तै यसको महत्व बुझेर होला ५०० सदस्यलाई यसले आफूमा आबद्ध बनाएको छ । यो क्रम बढ्दो  छ र भोलिको यो संस्थाको भविष्य स्वर्णीम  छ । महान् कवि लक्ष्मी प्रसाद देवकोटाको के नेपाल सानो छ ? भन्ने निबन्ध जस्तै हाल नेपालको पर्यटन क्षेत्रमा के भिटोफ सानो छ ? भन्ने दिन आइसकेको छ । यो संस्था अब घिस्रिने र हिड्ने होइन, आकाशमा सानदार संग बेग हान्ने चिल जस्तै बनेको छ । विगतका गाउपर्यटनका पूर्व अध्यक्षहरु, सल्लाहकारहरुको समुह, पत्रकार, व्यवसायी सबै यसका सफलताका संकेत हुन् ।


तर आकारमा ठूलो बन्दै गएपनि यथार्थमा भिटोफ ले अझै धेरै मेहनत गर्नुपर्छ । भिटोफले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुलाई लिएर अब उसले धेरै माइल अघि बढ्नुपर्छ । यसको गन्तव्य नेपालको समग्र ग्रामीण क्ष्ँेत्रको विकास र पर्यटकीय गतिविधि संग छ, जुन सोझै आर्थिक गतिविधि र त्यसबाट उत्पन्न हुने रोजगारले ल्याउने आत्मसम्मान संग गासिएका छन् । 
अबको यो भिटोफको नजिकिदो चुनावमा पक्ष विपक्ष बनेर एउटै कर्म गर्ने साथीहरु पाण्डब र कौरब जसरी आ–आफ्ना सारथी र रथ लिएर अगाडी बढिरहेका छन् । सबै पक्षलाई शुभकामना छ । यद्धपि पार्टीले उर्दी जारी गरेकै भरमा उमेद्वारको पछि नलाग्नु र संस्था हाक्न सक्ने योग्य व्यक्ति चयनमा धोका नदिनु नै भिटोफमा आबद्ध साधारण सदस्यहरुको ऐतिहासिक दायित्व बनेको छ । 
यो समय अरुको उक्साहटमा भन्दा पनि विषयवस्तुको गहन अध्ययन, आफ्नो समयको त्याग र सम्बन्धित क्ष्ँेत्रमा रुची र आफू संस्थाको भ¥याङ्ग बन्न मन भित्रैबाट राजी हुनेले नेतृत्वमा ईच्छा राख्नुमा संस्थाको भलाई होला ।
यो महाअभियानमा दुई ईट्टा थप्छु भन्ने पवित्र सोच राखेर मनमनै भिष्मप्रतिज्ञा गर्ने साथीहरु भिटोफले पाओस् ताकि यसको दियोले गाउ गाउमा उज्यालो छर्न सकोस् ।
  ३१ जुलाई मा गाउ पर्यटन प्रर्बद्धन मञ्चले जितोस् । भिटोफमा आउन लाग्नु भएका महान् विचारहरुलाई अग्रीम बधाई र सलाम ।
गाउ पर्यटनको जय होस ।


 

 

तपाईंको बिचार