Monday, October 23, 2017

भिटोफबाट सबैले पाठ सिकौं

प्रकाशित मिति: 2016/07/28
शिव अधिकारी, अध्यक्ष –गन्तव्य नेपाल ग्रुप
शिव अधिकारी, अध्यक्ष –गन्तव्य नेपाल ग्रुप

साउन १३, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)नेपाल शुद्ध गाँउ पर्यटन प्रवद्र्धन गर्न, नयाँ–नयाँ नमूना गाँउहरुको खोजी गर्न अर्थात शहर केन्द्रित पर्यटनलाई गाँउ केन्द्रित बनाउने मुख्य उदेश्यका साथ स्थापित संस्था हो ।

तर यो संस्थाको निर्वाचन नजिकिदै गर्दा राजनितीक पर्यटकीय संगठनहरुको राजनीतिक त्रिडम र सतहसम्म पुगेर खेलिने राजनीतिक कुचक्र सँगसँगै जुँगाको लडाईले व्यापक प्रश्रय पायो ।

यो सानो संस्था र महत्वपुर्ण संस्थामा राजनीतिक दाउपेचका विच करिव ६ सय ५० जना सदस्यहरु पुर्याईयो, ताकि राजनीतिक संगठन र फोहोरी खेल खेल्नको लागि यो पर्यटन प्रवद्र्धन र समग्र पर्यटन समाजको लागि दुर्भाग्य थियो ।

विगतका पर्यटकीय संघसंस्थाहरुमा राजनीति गठबन्धनको लडाईका विच भएको प्रतिस्पर्धात्मक निर्वाचनले पनि देखाईसकेको छ कि लडाई गर्दा संस्थाको गतिशिलता कस्तो रहदो रहेछ भनेर ।

यस अर्थमा अहिले भिटोफ नेपालमा पर्यटकीय राजनीतिक संगठनहरुको समिकरणले सर्वसहमतिय नेतृत्व ल्याएको छ । यो अत्यन्तै पर्यटन क्षेत्रले खोजेको र समय सान्र्दभिक पनि छ । पर्यटनले नै देशको आर्थिक समृद्धि हुनसक्छ भन्ने हामी सबैको बुझाई हो ।

केही हदसम्म यस कुरालाई अहिले आएर राजनीतिक पर्यटकीय संगठनहरुले बुझेका हुन कि भन्ने हामीले महशुश गरेका छौ ।

यो भयंकर राजनीतिक कुचक्रका रुपमा हुन गईरहेको प्रतिस्पर्धात्मक खेलबाट भिटोफ नेपाल जोगिएको छ । यो सम्पुर्ण पर्यटन व्यावसायीहरुको लागि खुसीको कुरा हो ।

ठमेल पर्यटन विकाश परिषद्का अध्यक्ष रामशरण थपलियाले संयोजनकारी भुमिका खेलेर जुन सर्वसहमतिय नेतृत्व लिएर आउनको लागि महत्वपुर्ण भुमिका खेल्नुभयो, उहाँ बधाईको पात्र हुनुहुन्छ । यसका साथै बलराम न्यौपाने, राजेन्द्र सापकोटा, बोधराज भण्डारी, सागर पाण्डे, शिव लामिछाने लगायत सबैसबै बधाईका पात्र बनेका छन् । साथसाथै अध्यक्षका प्रत्यासी उमेद्वार ध्रुब सिंखडा र राज कुमार थापा सहमतिय नेतृत्वको लागि मार्ग प्रशस्त गर्ने व्यक्तित्वको रुपमा चिनिएका छन् । उहाँहरु पनि बधाईका पात्र हुनुहुन्छ । 

अव यो भिटोफ नेपालको सहमतिय सन्देश राष्ट्रका कुनाकुनामा रहेका संघसंगठन र समग्र राष्ट्रले पाठ सिकुन । यही हाम्रो कामना ।

तपाईंको बिचार