Thursday, April 27, 2017  |    

ऐतिहासिक स्थल ललितपुरको बुङमति

प्रकाशित मिति: 2016/08/25

कल्पना महर्जन

ललितपुर‌को‌ चक्रपथबाट दक्षिणतिर‌ नख्खुखो‌ला तर‌े‌र‌ ८ कि.मि. अघि गएपछि बुङमति गाविस आइपुग्छ । बुङमति अंशुवर्माको‌ र‌ाज्यकाल सम्वत २९ दे‌खि व्यापक चर्चामा आएको‌ दे‌खिन्छ । बौ‌द्ध ने‌वार‌हरुको‌ बाहुल्य भएको‌ यस गाउँमा के‌ही क्षे‌त्रीहरु प्नि बस्दछन् । यस गाउँके‌ प्रमुख दे‌वताका रुपमा मच्छिन्द्रनाथ, हयग्रीव भै‌र‌व, तथा बुंग वहि बुद्ध पर्दछन् । ने‌पाल अधिर‌ाज्यकै‌ प्रथम बुद्ध सम्मे‌लन भएको‌ ऐ‌तिहासिक बुङमतीमा र‌ातो‌ मच्छिन्द्रनाथको‌ शिखर‌ शै‌लीको‌ मन्दिर‌ ठडिएको‌ छ ।
    र‌ाजा नर‌े‌न्द्र दे‌वको‌ र‌ाज्यकाल इ.सं. ६४३, ६९० मा ने‌पाल मण्डलमा १२ वर्षसम्म पानी नपर‌ी खडे‌र‌ी र‌ अनिकालबाट हाहाकार‌ मच्चिन थाले‌छ । कान्तिपुर‌, दे‌वहालका प्रख्यात तान्त्रिक बन्धुदत्त आचार्यसँग सल्लाह गर्दा उनले‌ भने‌छन्  गुरु गो‌र‌खनाथ रि‌साएर‌ नौ‌ नागलाई आनबाँधी बसिदिएका कार‌ण यस्तो‌ अनिकाल निम्त्याउन पानी नपरे‌को‌ हो‌ र‌ यसका लागि गो‌र‌खनाथका पनि गुरु मच्छिन्द्रनाथलाई कामारुपकामाक्षा आसामबाट ने‌पाल ल्याउनुपर्छ, सो‌ही सल्लाहअनुसार‌ र‌ाजा नर‌े‌न्द्रदे‌व, बन्धुदत्त आचार्य र‌ ललितज्यापू तण्डुकार‌ तीनजना कामर‌पकामाक्षा आसाम पुगी मच्छिन्द्रनाथलाई ललितपुर‌ बुङमतीमा विर‌ाजमान गर‌ाएको‌ आख्यान पाइन्छ । यसर‌ी मच्छिन्द्रनाथलाई ने‌पाल ल्याएपछि गुरुको‌ सम्मानमा गो‌र‌खनाथ उठीदिंदा नाग फुका भई सहकाल ल्याउने‌ गर‌ी वर्षा भएको‌ कार‌ण बुङमतीको‌ बुङद्यो‌लाई सहकालका दे‌वता भनिने‌ पर‌म्पर‌ा बस्न पुगे‌को बताइन्छ ।
    अवलो‌किते‌श्वर‌ करुणामय भृङगपात मच्वहनजस्ता अने‌कन नाउँबाट पूजिने‌ बंगद्यो‌ र‌ातो‌ मच्छिन्द्रनाथ मुगलशै‌लीमा नौ‌वटा गजुर‌ २२ वटा प्रदक्षिणा ढुंगे‌ स्तम्भ र‌ गजुर‌मा शंखचक्र गडा पद्मसहित छ । मूलदे‌वता अवलो‌किते‌श्वर‌ तो‌र‌णमा बो‌धिसत्व मञ्जुश्री बंगद्यो‌ र‌ातो‌ मच्छिन्द्रनाथ र‌ाजा नर‌े‌न्द्रदे‌वको‌ कार्यकालमा निर्माण भएको‌ हो‌ । तर‌ र‌ाजा श्रीनिवास मल्लले‌ व्यवस्थित ढंगमा पुनः निर्माण गर‌ाएको‌ बताइन्छ । सम्पदा संघले‌ ने‌.सं. ७९५, ८४४ र‌ ८९१ का अधिले‌ख प्राप्त गर‌े‌के‌ा छ । र‌ाजा श्री निवास मल्लले‌ पानत तःबहालमा अकोर्‌ तीनतल्ले‌ प्या‌गो‌डाशै‌लीको‌ मन्दिर‌ निर्माण गर‌ाएर छ÷छ महिना पालै‌पालो‌ बुङमती र‌ पाटनमा मच्छिन्द्रनाथको‌ दे‌वता र‌ाख्ने‌ र‌ १२ वर्षमा एकपल्ट मात्र बुङमतीबाट र‌थार‌ो‌हण गर‌ाउने‌ प्रबन्ध गर‌े‌को‌ बुङमतीको‌ पुजार‌ी गिन्दिर‌ाज शाक्य पाने‌जुले‌ बताउनुभयो‌ । मच्छिन्द्रबहालकै‌ दक्षिण कुनामा हयग्रीव भै‌र‌वको‌ मन्दिर‌ छ जुन ने‌.सं. ७७० मा निर्माण भएको‌ हो‌ । भनिन्छ मच्छिन्द्रनाथलाई ने‌पाल भित्र्याइसके‌पछि हयग्रीव भै‌र‌वले‌ नै‌ बुङमतीमा विर‌ाजमान गर‌ाउन ठूलो‌ भूमिका खे‌ले‌का थिए । हयग्रीव भै‌र‌व बहालबाट ठीक विपर‌ीत दिशाको‌ गल्लीभित्र भै‌र‌वको‌ अर्धाङ्गिनी मनकामना‌ मन्दिर‌ र‌हे‌क‌ो छ । मुननी चो‌कमा अवस्थित मनकामनाबार‌े‌ अने‌कन किंवदन्ती छन् । बुङमतीका हयग्रीव भै‌र‌व गो‌र्खा मनकामना पुग्दा दुवै‌मा प्रे‌म सम्बन्ध बस्न पुगे‌छ र‌ कुर‌ा मिलाएर‌ विवाह गर‌े‌छन् । त्यसपछि मनकामना त्यही बसे‌को‌ र‌ असली मनकामना त्यहीँ भएको‌ बताइन्छ । चार‌तल्ले‌ मनकामना मन्दिर‌को‌ माथि प्या‌गो‌डाशै‌लीको‌ एक स्तम्भ र‌ चो‌कमा ने‌.सं. ८२९ मा स्थापित बुद्धचै‌त्य र‌हे‌क‌ो छ । गो‌पालर‌ाज वंशावलीमा बंगयायी ग्राम भनिने‌ बुङमतीलाई  लिच्छवीकालमा अपर‌ापुर‌ भनिन्थ्यो‌ । छ मुख्य पो‌खर‌ी धर्मपुर‌, शान्तिपुर‌ मणिपुर‌ र‌ अमर‌ापुर‌ चार‌ मुख्य विहार‌मध्ये‌ प्रमुख अमर‌ावती महाविहार‌लाई स्थानीय भाषामा बुंगवहिल भन्छि । बौ‌द्धधर्म शिक्षालाई व्यापक बनाउन ने‌.सं. ८०८ मा निर्मित बुंगवहिलको‌ मूलढो‌कामा ढुंगाका सिंह पहर‌ा दिइर‌हे‌का छन् भने‌ ने‌.सं. ९५१ म भिक्षु धर्मसे‌न्जु प्रभृत्तिले‌ त्यसको‌ जीणोर्‌द्धार‌ गर‌ाएको‌ बताइन्छ । चावहिलको‌ चन्द्रविनायक, भक्तपुर‌को‌ सूर्यविनायक, चो‌भार‌को‌ जलविनायक र‌ बुङमतीको‌ कार्यविनायक गर‌ी चार‌ विनायक छन् । आकृतिविहीन सादा ढुंगा मात्र पुजिने‌ चार‌ विनायकमध्ये‌ कार्यविनायक कठिन काम पूर‌ा गर‌ाउनका लागि भाकल गनेर्‌ गर्दछन् । बुङमतीको‌ मूलबस्तीबाट अलि छुटै‌ न्हवःगाः छ । ने‌.सं. ७८१ मा निर्मित मन्दिर‌को‌ छाना धातुयुक्त छ भने‌ प्रवे‌शद्वार‌ दायाँ बायाँ ढुंगे‌ सिंह घण्टा, छुचुन्द्रो‌ वरि‌परि‌ भजन गनेर्‌ पाटी र‌हे‌क‌ो छ ।
    सयौ‌वर्षको‌ इतिहास बो‌के‌को‌ यस ठाउँबाट विभिन्न समयमा गर‌ी भै‌र‌व नन्दे‌, कुन्दे‌, महाँकाल र‌ तो‌र‌णमा र‌हे‌को‌ करुणामय जस्ता पुर‌ात्तात्विक सम्पदाहरु हर‌ाइसके‌को‌ छ ।

 

तपाईंको बिचार