Saturday, November 18, 2017

सन्दर्भ : ठमेल परिषद् विवाद, फुटेर होइन जुटेर ठमेलको विकासमा लागौं : यसैमा सबैको भलो छ

प्रकाशित मिति: 2016/09/17
शिव अधिकारी, अध्यक्ष –राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)
शिव अधिकारी, अध्यक्ष –राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)

देशको पर्यटकीय नगरी ठमेल । नेपालआउने ८० प्रतिशतपर्यटकहरुले ठमेलमापाईला टेकेकै हुन्छन् । देशको राजधानी काठमाडौं र काठमाडौंको मुटु ठमेलले राष्ट्रिय मात्रै होइनअन्र्तराष्ट्रिय स्तरमापनि ठूलो महत्वबोकेको छ ।शहरीकरणको नाममाबढ्दो विकाससँगै ठमेल पनिविभिन्नखाले मानवनिर्मित समस्याबाट गुज्रिरहेको छ । बढ्दो जनसंख्यासँगै सिँगो काठमाडौं र देशकाशहरी क्षेत्र अस्तव्यस्त भै रहँदा ठमेल यसबाट अछुतो रहने कुरै आउँदैन । त्यसमापनि साँघुरा सडक, अग्ला घर तथाभौतिकरुपमाकमजोर सडक । विदेशबाट नेपालआउने पर्यटकले नेपालाई कस्तो दृष्टिकोणले हेर्दछ भन्ने कुरा ठमेलमाउसले पाउनेस्वागत सत्कार तथाव्यहारमानिर्भर रहन्छ । ठमेलले सिँगो देशको इज्यत र प्रतिष्ठा बोकेको छ । ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेषण’ भने जस्तै विमानस्थलबाट सिधै ठमेल आइपुग्दात्यहाँ जस्तो व्यवहार पर्यटकले पाउँछन्, उनीहरुको दिमागमात्यहि कुरा सेट भएर बसेको हुन्छ । र उनीहरु स्वदेश फर्कँदा नेपालको बारेमात्यहि सन्देश बोकेर जान्छन् ।

तर ठमेलको भौतिकअवस्था र यहाँआउने स्वदेशीतथाविदेशीपर्यटकको संख्या बढ्दै जाँदायहाँविभिन्नखाले समस्या देखिनथालेपछि २०४७ सालमा यस क्षेत्रको समग्र विकास र विस्तारकालागिभन्दै ठमेल पर्यटन विकास परिषद् गठन भएको थियो । परिषद्ले यो २५ वर्षमा ठमेलको विकास र विस्तारमै समय खर्चिरहेको छ । त्यसो त विगतमाभन्दा ठमेल अहिले निक्कै व्यवस्थितनबनेको होइन । तर पनि केही समस्याअझै छ ठमेलमा । परिषदले पटक पटक ठमेलको सुधार तथायहाँभित्रको विकास निर्माणका लागि बृहतकार्यक्रमपनिगरिरहेको छ । तर २१ औं र २२ औं साधारण सभाको मुखमै आएर विधान संशोधनको विषयलाई लिएर सिँगो ठमेलकाव्यवसायीहरुको छाता संगठनका सदस्यहरुबीच नै एक आपसमाध्रुविकरण भएकाचर्चा परिचर्चा हुनथालेका छन् । यो अत्यन्तै दुःखदविषयहो । विगतमालामो समय राजनीतिक संक्रमण तथाविभिन्नखाले समस्याबाट गुज्रिएको नेपालको पर्यटन पछिल्लो समयमाभूकम्प र नाकाबन्दीबाट थलापरेपछि सबै पर्यटन व्यवासयीले यसको मार खेप्नुपरिरहेको छ । तर व्यवसायीतथा सरकारको प्रयासमा यो वर्षको सिजनदेखि ठमेलमा सकारात्मक संकेत देखिनथालेको छ । ठमेलकै विकास र विस्तारको लागि गठन भएको परिषद्भित्र साधारण सभा र विधान संशोधनको विषयमा देखिएको विवादले कसैलाई भलो गर्दैन । एकले अर्कोलाई उत्तेजितबनाउने, भड्काउने तथाव्यक्तिविशेषको निहित स्वार्थको निशानामा परिषद्लाईपार्नु हुँदैन । अहिले ठमेलमा यो वा ऊ, म र तँ होइन सबै मिलेर ठमेल क्षेत्रको विकासकालागि के गर्न सकिन्छ भनेर सोच्ने बेलाआएको छ । ठमलेमाव्यवसायचलाउने व्यवसायी, त्यहाँका स्थानीयवासिन्दातथा घरधनी सबैले देशको पर्यटकीय केन्द्र ठमेललाई कसरी सभ्य र भव्यबनाउन सकिन्छ भने सोच्नुपर्दछ । ठमेलका सडक, यहाँकाभौतिक संरचनातथा बाटो, ढललगायतको समस्याको दीर्घकालीनसमाधान कसरी निकाल्न सकिन्छ भनेर घनिभूत रुपमा छलफल गर्नुपर्ने बेलामाव्यवसायीहरुकुनै सानो विषयमा रुमलिइरहनु किमार्थ राम्रो कामहोइन । साधारणसभा अघि नै यस्ता विवादजन्मनु अत्यन्तै अशोभनीयगतिविधिहो । ‘रामो ठमेल, हाम्रो ठमेल’भन्ने मान्यतालाई आत्मसाथगर्दै काम अघि बढाउन सकिए, यसको मुख्यफाइदायहाँकै व्यवसायीले पाउने हुन् । अन्र्तराष्ट्रिय महत्वबोकेको शहरलाई अन्र्तराष्ट्रिय स्तरमा सकारात्मकसन्देश जाने गरी सुन्दर, शान्तशहरको रुपमाविकास गर्न सकेमात्रै साँचो अर्थमा ठमेल ठमेल बन्न सक्दछ । त्यसैले एक आपसमाआरोप प्रत्यारोप गरेर विवादलम्ब्याउने होइन एउटा मिलनबिन्दु पहिल्याएर समस्याको समाधानगर्नु सबैकालागिहितकर छ । ठमेल पर्यटन विकास परिषद् ठमेल क्षेत्रमासम्मानित संस्थाको रुपमाविकास हुनुपर्दछ । आपसमा ध्रुविकरण गरे यसलाई कमजोर बनाउने होइन जुटेर यसलाई बलियो बनाउनु नै बुद्धिमानी हुनेछ । क्षणिक स्वार्थकालागिव्यवसायीव्यवसायीबीचको लडाईँलेभोलिकादिनमा ठमेल पर्यटन विकास परिषद् कमजोर भयो भने त्यसको जिम्माकसले लिन्छ ? अघि त्यसको घटा कसलाई हुन्छ ? राजनीतिक पार्टीकोभातृ संगठनकोचुनावका बेला देखिने विवादअहिले परिषद्मा देखिएको छ । त्यसैले वार्ता, छलफलबाटै अविलम्ब रुपमायीसमस्याको समाधान गरी पर्यटन क्षेत्रलाई बलियो बनाउन सबै एकजुट हुनुमै सबैकालागिहितकर छ । यो विषयमा सबैलाई समयमै चेतनाभया ।

 

तपाईंको बिचार