Monday, May 1, 2017  |    

पर्यटन व्याबसायको विकास कि राजनीति ?

प्रकाशित मिति: 2016/09/18
अञ्जन थापा “कुमार”,  युवा पर्यटन व्याबसायी
अञ्जन थापा “कुमार”, युवा पर्यटन व्याबसायी

नेपालको तीन खम्बे अर्थनीति अन्र्तगत कृषि, हाईड्रो र पर्यटन मानियको छ । पर्यटन क्षेत्रमा धेरै भन्दा धेरै युवा युवतीहरु आकर्षित भएका छन् । संसारका धेरै देशका विदेशी तथा स्वदेशी पाहुनाहरुलाई भेट्ने मौका मिल्ने र  विभिन्न कुराहरु जान्न पाईने तथा देश र विदेश घुम्न तथा आर्थिक रुपमा पनि आकर्षण रहेकाले यो पेशालाई अंगाल्ने व्याबसायी तथा मजदुरहरु लाखौको संख्यामा छन् । धेरै युवा युवतीहरु पलायन भएर विदेशीन बाध्य भैरहदा पर्यटन मात्र एक यस्तो पेशा र व्याबसाय बनेको छ जसले युवा युवतीहरुलाई आकर्षण गरीरहेको छ ।

नेपालको अस्थिर राजनिति र किचलोमा पर्यटन क्षेत्र पनि नराम्ररी फसेको छ । विभिन्न राजनितिक पार्टीका भातृ संगठन जस्तै गरी मुलधारका ठूला पार्टीका रुपमा चिनिएका दलका करीब आधा दर्जन संघ, संगठन छन् । नचाहिदा रुपमा खोलिएका दर्जनौ संघ, संस्था, तिनका पदाधिकारीहरु र दलहरुको लम्बे, चौडे भाषण, विना अर्थका कार्यक्रममा ति व्यक्तिहरुको जमघट त्यस्ता कार्यक्रममा उल्लेख्य देख्न सकिन्छ । चाहेर, नचाहेर पनि पर्यटन व्याबसायीहरु स्वतन्त्र रहन नसक्ने अबस्था बनेको छ ।

पेशा प्रतिको मर्यादा र हक अधिकारका निमित्त खोलिएका संघ ,संस्थाहरु जायज लाग्छन् । पेशा प्रति बफादार रहि, हक अधिकार र निति निर्माण तर्जुमा गर्ने सरकारलाई सहयोगी भुमिका खेल्नु पर्ने संघ सस्थाहरुमा अहिले पेशा प्रतिको बफादारिता भन्दा बढी निहित स्वार्थमा व्यक्ति केन्द्रित भएर नेतृत्व हत्याउने परम्परा हावी छ । काम गर्नेको मुल्यांकन र क्षमता भन्दा किचलो, चाकडी र चाप्लुसिले यो क्षेत्र व्याप्त छ । सवल नेतृत्व र देशको जीडिपी तथा रोजगारको शृजना गर्नको साटो एक अर्काको खुट्टा तान्ने प्रबृति पनि मौलाएको छ । कृषि क्षेत्रमा सामूहिक लगानी तथा हाईड्रो पावर व्याबसायीहरु सामूहिक लगानी गरी प्रतिफल पाउने हिसाबले लगानी गरेको देखिन्छ । एक मेघावट बराबर करिब १५ करोड रुपैयाका लाग्ने भएकोले पनि हुनसक्छ । त्यसकारण पनि सामूहिक लगानी गरिएको हुन सक्छ ।
 
पंक्तिकारले विभिन्न फोरम तथा लेखन मार्फत पर्यटनमा संभाबना र विकास तथा प्राकृतिक र भौतिक पर्यटनको बारेमा कलम चलाउने गरेका छन् । पर्यटन संग सम्बन्धीत संघ, संस्था संग आबद्ध व्यावसायीहरु मिलेर सामूहिक लगानी गर्न सकिने कार्यहरु धेरै छन । संसार भर प्रचलनमा आएको डिज्निल्याण्ड तथा युनिर्भल स्टुडीयो, फन पार्क फाष्ट ट्रयाक, लगायत केवलकार , रिर्सोट लगायत धेरै क्षेत्रमा लगानीका अबसर र पर्यटनको पर्बद्धन, विकास , नया गन्तव्य तथा रोजगारीको सृजना साथै आर्थिक रुपमा मुनाफा आर्जन गर्न सकिने धेरै क्षेत्रहरु छन् ।
 
मनकामना केवलकार, चन्द्रागीरी, भक्तपुरमा रहेको फनपार्क र हालसालै चोभारमा बनेको फनपार्कलाई हामिले उदाहरणको रुपमा लिन सक्छौ । हामिले सामूहिक रुपमा पर्यटन क्षेत्रमा लगानी गरी पर्बद्धन । विकास  गर्न सकेमा विदेशी पर्यटकहरुको बसाई लम्विने निश्चित छ । साथै उकुस मुकुस भएर बसेको नेपाली आन्तरीक पर्यटक पनि त्यतिकै तान्न सकिन्छ ।
    
पर्यटनमा सामूहिक लगानी गरी निजि क्षेत्रको उदाहरणीय कार्य गर्न सकिन्छ । विभिन्न राजनितिक दलका पर्यटनमा रहेका संगठन तथा पर्यटन संम्बन्धी संघ संस्था  तथा व्यावसायीले मिलेर पर्यटन व्यावसायमा नयाँ नयाँ बजार पहिल्याउन सकिन्छ । जसबाट मुनाफा र रोजगारी शृजना हुनुको साथै जिडीपीमा पनि योगदान गर्न सकिन्छ । त्यसैले पर्यटन क्षेत्रमा राजनिति खिचातानी भन्दा आर्थिक समृद्धि तथा सामाजिक उत्तरदायित्व तिर लाग्न पर्यटन व्याबसायीको नाताले सबै मिलेर गर्ब गर्न लायक प्रोजेक्टहरु निर्माण गर्नेतिर  लागौ भन्न चाहन्छु ।                                  
    

 

 

तपाईंको बिचार