Saturday, March 25, 2017  |    

ऐतिहासिक तथा धार्मिक पर्यटकीय दृष्टिमा चाँगुनारायण

प्रकाशित मिति: 2017/01/02
कल्पना महर्जन
कल्पना महर्जन

काठमाडौँ उपत्यकाको चार नारायाण चाँगु, इचंगु, शेष र विशंखुमध्ये एक चाँगुनारायाण हो । गोपालराज वंशावलीमा उल्लेख भएअनुसार इस्वीको १४ औँ शताब्दीमा चार नारयण स्थापना भएका हुन । काठमाडौँबाट करिब १६ किमी पूर्व भक्तपुर जिल्लामा अवस्थित छ । समुद्री सतहबाट करिब ५००० फिटको उचाइमाथि डाँडामा अवस्थित चाँगुनारायण मन्दिर पर्यटकीय धार्मिक तीर्थस्थलको रुपमा परिचित रहेको छ । इसं. १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मानदेवकालीन संवत् ३८६(ई.सं.४६४) नै नेपालको सर्वप्रचलित शिलापत्र मानिन्छ ।

नेपाल भाषामा ‘चा’ भन्नाले माटो र ‘गु’ को अर्थ जंगल हो । माटोको पहाडमाथिको जंगल नै चाँगु कहलिएको हो । लिच्छवीकालीन मानिने यस ठाउँका मान्छेहरु त्यतिबेला वैष्णव धर्मका महान् अनुयायी देखिन्थे । र मानदेव पालाको दुईढुंगे स्तम्भ यहाँ रहेका छन् । तर यहाँ रहेको मूल शंख तथा चक्र र गरुड रहेको ढुंगा भने पनि पुरानोको ठाउँमा नयाँ प्रतिस्थापन गरेको बुझिन्छ । मन्दिरको भित्री गर्भ गृहमा गरुडासनमा विराजमा चतुर्बाहु, शङ्ख, चक्र, गदा र पद्मसमेतका आयुधहरु धारण गरेका भगवान नारायण मानी पूजा गर्छन् भने बौद्धहरु हरिहर वाहन लोकेश्वरका रुपमा पूजा गर्दै आइरहेका र छन् । राजा शिवसंह मल्लकी पटरानी गंगा महारानीको जीवनकालमा मन्दिर जीर्णोद्धार भएको देखिन्छ । जसले ईशाको १५०० को अन्तिम समयतिर राज्य गरेका थिए । 

इसं. १७०२ मा मन्दिरमा आगोद्धारा क्षति पुग्यो र त्यसपछि मन्दिर पूर्णरुपेण पुन निर्मित भएको थियो । हालको मन्दिर उपत्काको प्रचलनमा रहेको अन्यमन्दिर जस्तो पुरानो स्वरुपमा नभएतापनि यहाँ रहेको सिंगारका केही गहनाहरु भने ज्यादै प्राचीन छन् । मन्दिरको प्रवेशद्धारमा दायाँबायाँ ढुंगे हात्ती छन् । तीन द्धारमध्ये बीचकोमा ढलौटको तोरण रहेको छ ।  छानाको कुन एवं अन्य सीमान्त भागमा घण्टह एवं दियोहरुले गर्दा मन्दिर शोभायमान देखिन्छ । मन्दिरका टुंडालहरु बहु हस्त भएका देव देवी एवं झल्लरहरु विशेष किसिमले सजिएको छ । मन्दिर बाहिर ढुंगे चोकहरुमा घण्टाहरु रहेको छ । त्यस्तै १० फिट अग्लो स्तम्भमा ठूलो शंखलगायत विष्णुका अन्य प्रतीक चिन्हहरु राखिएका छन् । 

धातुकै सानो बारभित्र १७ औँ शताब्दीको भूपतिन्दै मल्ल तथा उनकी रानीको शालिक रहेका छन् । चोकमा मन्दिरभन्दा पर श्रृंखलाबद्ध रुपमा साना मन्दिर तथा प्राचीन मूर्तिहरु रहेका छन् । मन्दिरको उत्तरबाट बायाँबाट दायाँ लाग्दा देखिने कृष्ण, यस देवस्थल केहिसमय पहिला मात्र बनेको देखिन्छ । रभित्र रहेको कृष्णको आकृति, आठौ शताब्दीका नारायण तथा गरुड नारायणको प्रस्तर मूर्ति रहेको छ  । त्यस्तै नृत्येवर, यस सानो देवस्थलको तोरणमा नन्दी र भृङ्गी बीच नृत्येश्वर कुदिएको छ र १७ औँ शताब्दीमा बनेको जरु धारा सहित रहेको छ । नारायण यस ढुंगे चौतारो –ई.सं. १६९३) मा विष्णु – श्री महादेव नारायण)को टुट्फुट् भएको मूर्ति रहेको छ । महाविष्णु १६औँ शताब्दीको यस ढुंगे आशनमा चारहाते गरुडमाथि महाविष्णु विराजमान भएको हामी देख्छौ । शिव, १९ औँ शताब्दीको सानो बन्द यस देवस्थल चैत्य स्वरुपमकोर यहाँ सो लिंगेश्वरको मूर्ति रहेको छ ।

पारिजातको रुख रहेको चौतारो, ढुंगा तथा ईटाबाट बनेको चौतारीमा विभिन्न मूर्तिहरु रहेका छन् । अवलोकितेश्वर १३औँ शताब्दी, गरुड नायरायण १५औँ शताब्दी, दुर्गा १७ औँ शताब्दी, विष्णुका दुई मूर्तिहरु १४ औँ शताब्दी, सर्य १७ औँ शताब्दी, पशुपति लिङ्ग १७ औँ शताब्दी, शिव लिङ्ग १७ औँ शताब्दी, गणेश १९ शताब्दीमा कुँदिएको गणेश मूर्ति सहितको यसदेवस्थलको तोणमा छेपु कुँदिएको छ । छिन्नमस्त लगायत थुप्रै प्राचिन प्राचिन एैतिहासिक सम्पदाले भरिपूर्ण यस चाँगुनारायणको प्रांगणमा । रहेको चाँगु दरबरको इतिहास भने यस्तो रहेको छ ।

राजा योग नरेन्द्र र चाँगु दरबार
आफ्ना पिता राजा श्रीनिवास मल्लसँग झगडा गरी ने.सं. ८०५ पौष कृष्ण पञ्चमीका दिन १८ वर्षकै उमेरमा राजा बेनेका योगनरेन्द्र मल्ले आफ्नो राज्यकालमा पिताका विश्वास पात्र भागीरथ मैयाको हत्या गरेका थिए । उनले दरबार अगाडि भीमसेन मन्दिर स्थापना गराएका थिए । उनले जीवित अवस्थामा नै आफू र आफ्ना छोराको शिलास्तम्भ ने.सं. ८१३ मा खडा गराउनुका साथै दरबार छेउ निसन्तानेश्वर महादेवको मन्दिर स्थापना गराएका थिए । आफ्ना अत्यधिक प्रिय छोरा सिद्धिनरसिंह मल्ल द्धितीयको मृत्यु हुँदा ३१ वटी रानीका साथ चाँगु मन्दिर परिसरमा दरबार निमार्ण गरी राजकाजबाट सन्यास लिए । ने.संं. ८२६ मा सन्यास लिंदा राजा योगनरेन्द्र मल्ले भनेका थिए । जबसम्म मैले निर्माण गराएको आफ्नो शिलामूर्तिमाथिको चरा उडेर चाँदैन तबसम्म म मरेको छैन भनी सम्झनु । राजा योगनरेन्द्र मल्ल ने.सं. ८२६ मा सन्या कात्र्तिक एकादशीका दिन विष खाएर मरे पनि चाँगुको त्यो दरबार आज पनि राजा जीवित छन् भन्ने विश्वास गरिन्छ । 
इतिहासका पानामा चाँगुनारायण मन्दिरको जिर्णोद्धार विभिन्न समयमा विभिन्न ब्यक्तिहरुले गरेको उल्लेख छ । ई.सं. ६०८ मा अंशुवर्मा, ई.सं. १५०० मा राजा शिवसिंह मल्लकी पटरानी गंगा महारानी र ई.सं. १७५० मा कान्तिपूरका राजा जयभूपालेन्द्र मल्ले यस मन्दिरको जीर्णोद्धार गरेका हुन् ।

चाँगु संग्रहालय 

वैष्णवराज श्रेष्ठले ब्यक्तिगत प्रयासबाट चाँगु क्षेत्रको प्राचीन सम्पदा संरक्षण गर्ने लक्ष्य लिएर आफ्नै घरमा चाँगु संग्रहालय खोलेका छन् । वि.सं. २०५७ जेठ १९ चाँगु संगालय खोलेपछि उनले गोपाल कालीनदेखि करिब पाँच सय प्रकारका प्राचीन पुरातात्विक सामाग्री संकलन गरेका छन् । १४० वर्ष पुरानो हाकुवा र मार्सी धानसमेत राखेका छन् । नेपाल भाषाका प्राचीन ग्रन्थ, लिपि, मानापाथी, कपडा, थांका चित्र, बाजा नेवारी कलात्मक धारा, भाँडाकुडा, ढुगा, धागोे कात्ने चर्खा, डालो, नाङ्गलो, सुकुल, गन्द्री, ओखल, ढिकी जाँतोसमेत श्रेष्ठको संग्रहालयमा देख्न सकिन्छ ।

चाँगुनारायणको मन्दिर डाँडाको टुप्पाले काठमाडौँ उपत्यकाको केन्द्रीय भागलाई पूर्व भागसंग छेडेको छ र उपत्यकाको प्राचीन बस्तीहरु मध्ये एक मानिनो बाटो उत्तरतिरबाट चढेकोे छ र दक्षिणतिरबाट दुई मार्गमाथि उक्लिएको छ । एक मार्ग नगरकोटतिर र अर्को खेतको बाटो हँुदै भक्तपुरबाट आएको मार्ग । पहिलो मार्ग दक्षिणी भाग हँुदै सिधा उत्तरतर्फ मन्दिर पुग्दछ भने अर्को झौखेलबाट पश्चिमी दिशा हुँदै गई अन्त्यमा घरहरुको सकेन्द्री रुपमा भएको मन्दिरको पूर्वी छेउमा पुगेको  छ ।

(विशेष धन्यवादः इतिहासविद् हरेराम जोशी)

तपाईंको बिचार