Tuesday, February 19, 2019

पर्यटन क्षेत्रमा नजर नपुगेका छिद्रहरु

प्रकाशित मिति: 2018/04/01
कपिल बञ्जारा
कपिल बञ्जारा

    हाम्रो देशका ठूला व्यावसायी, नीति र्निमाता, सरकारी उच्चतहका व्यक्ति तथा अन्य पर्यटन क्षेत्रका अग्रजहरुलाई सानातीना र झिनामसिना कुरामा अल्झने फुर्शद पनि कहाँ छ र ! उहाँहरुको गगनचुम्बी इच्छा र प्रगतिको वागडोरलाई लगाम लगाउनेकाम यहाँ पंतिकारले गर्नआँटेको पनि होइन । केवल पंतिकारको चाहना गगनचुम्बी दरवार निर्माण गरौं तर त्येसको जग जमिनमा नै खडा गरौ भन्ने हो, न कि जग आकाशमा (हावामा) होइन । भनिन्छ, साना प्वालको कारण ठुलो जहाज दुर्घटनामा पर्दछ, त्यस्तैे किराले हिरा विगार्दछ । त्यसैगरि हाम्रो देशको पर्यटन व्यवसायलाई अदृश्य प्वालहरुले छिद्र बनाइरहेको छ । त्यस्ता छिद्रहरुको निराकरणमा सबैको ध्यान जानु र त्यसलाइ टाल्नु आजको आवश्यकता हो ।

हुनत वर्तमानमा विस्तारै सुनको अन्डादिने कुखुरिको अन्डा संकलन गरेर कुरिरहने र्फुसद कसलाइ छ र ! हाम्रा कतिपय पर्यटन क्षेत्रमा आवद्ध व्यक्तीहरु एकैचोटी कुखुरी काटेर भयभरको सुन जम्मा गरेर आजै अकुत सम्पति कमाउने हतारमा हुनुहुन्छ । कतिपय व्यवसायीहरुमा अत्यन्तै अस्वस्थकर प्रतिस्प्रधा भएको पाइन्छ । व्यापारीहरुको आपसी स्वार्थ र अस्वस्थकर प्रतिस्प्रधाको कारण हाम्रो पर्यटन व्यवसाय पञ्चतन्त्रमा भनिएको भारन्डी चराको कथाजस्तै वन्ने हो कि ? भन्ने खतरा छ । कथामा भारन्डी नामको चराको एउटै शरीर तथा पेट तर दुईवटा टाउको हुन्छ । दुइवाटा टाउकाले आ–आफ्नै तरिकाले सोच्ने र फरक विचार विमर्श गर्ने गर्दछन् । फरक विचारकोकारण तिनिहरु आपसमा झगडा गरिरहने हुन्छन् । एउटाले मसँग बाझीरहने अर्को टाउकोलाई सीधयाउछु भन्छ र दोस्रो टाउकोलाई मार्ने योजना बनाउँछ । उसले सोच्दछ कि हामीहरुको पेट एउटै छ यदि मैले विष पानगर्नेहो भने त्यसको पेटमा असर पर्दछ र ऊ मर्दछ । अनि उसले आफुसँग झगडा गरिरहने अर्को टाउकोलाइ सिध्याउन विष खान्छ । विषको प्रभावले चरो मर्दछ अब उसको टाउको मात्र बाच्ने कुरै हुदैन । तसर्थ, हाम्रा व्यावसमयी र प्रतिस्प्रधी मित्रहरुले पनि आफ्ना प्रतिस्प्रधीहरुको व्यापारमा रिस गर्दा आफ्नो र राष्ट्रकै पर्यटन व्यवसाय चौपट हुनेकुरामा ध्यान दिनुपर्दछ ।

पर्यटन क्षेत्रमा हेर्दा सामान्य लाग्ने तर क्यान्सरकोरुपमा देखिएका विभिन्न छिद्रहरु र त्यसलाई टाल्ने उपायको बारेमा यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । हाम्रो देश नेपालको राजधानिमा नै केन्द्रीत भएर हेर्दा वर्तमानमा काठमाण्डौंको केशरमहल, दरवारमार्ग, सुन्धारा, पुरानो बसपार्क, गौशाला, पशुपति क्षेत्र, एयरपोर्ट क्षेत्र, कोटेश्वर, भक्तपुरको टौडोल क्षेत्र, जावालाखेल, कलंकी, स्वयम्भु, थापाथलि पुल, विभिन्न मन्दिर र अन्य पर्यटकीय स्थलमा पैशा माग्दै हिंडेका भारतीय मूलका बालबालिका र तिनका अभिभावकहरुले पर्यटन व्यवसायमा अदृश्य रुपमा ठूलो असर पु¥याएका छन् । कठिन र परिश्रमकासाथ काम गरेर खान भन्दा सजिलो र भरपर्दो पेशाकोरुपमा सडकका गल्ली गल्ली र चोक चोकमा मगन्ते व्यवसाय अपनाउनेहरुले स्वदेशी तथा विदेशी यात्रुलाइ सताएका छन् । साथै शहरको शोभा कुरुप बनाएका छन् । यस किसिमको निकृष्ट समुहको दीर्घकालीन नियन्त्रणमा संवन्धीत निकायले बिषेश ध्यान दिनु पर्दछ । उता व्यापारीक क्षेत्रमा हेर्दा बस्तु तथा सामानको मूल्य मनपरि किमिले बढाएर भन्ने, ग्रहकले मूल्य घटाउने प्रयास गर्दै गएमा सुरुमा बिस हजार भनेको बस्तुलाई पछि दुई हजार सम्ममा पनि दिने परिपाटी देखिन्छ । यस किसिमको कार्यले विश्वासनियताको वातावरण कस्तो होला ? हाम्रो बजारको बारेमा कस्तो शन्देश प्रबाह होला ? हामी सबै सरोकारवालाले एकपटक सोच्ने कि ? तसर्थ, बस्तु तथा सामानको मूल्य निर्धारणमा निश्चीत मापदण्ड, स्वास्थकर परिपाटी र विश्वासनिय वातावारणको विकाश गराउनु नितान्त आवश्यक छ । त्यस्तै पशुपति क्षेत्र लगायतका अन्य धार्मिक स्थलमा साधु÷सन्तको रुपमा रहेका नक्कली बाबाहरुलाई कि त समबन्धीत निकायले नियन्त्रणमा लिनु पर्दछ, कि त नैतिक प्रशिक्षण दिनुपर्दछ । साधुका भेशमा रहेर जादुगर्ने, भिच्छुको रुपमा जवरजस्ती लुटेराको ब्यवहार गर्ने भारतीय मूलका नागाहरुको वास्तवीकता पहिचान गर्नु नितान्त आवश्यक छ ।

विभिन्न क्षेत्रमा पर्यटकहरुवाट उठाउँदै आएको प्रवेश शुल्कको विषयमा पुनर विचार गर्नु पनि नितान्त आवश्यक छ । लाखौं खर्च गरेर आएका बिदेशीलाई एक÷दुई हजार थपरकम असुल्दा के हुन्छ, भन्ने र जहाँपायो त्याहीं जसरी पायो त्यसरी रकम अशुल्ने प्रक्रीयाले दीर्धकलीन असर पार्न सक्छ । जस्तै भक्तपुर क्षेत्रमा रु १५०० रकम तिरेर प्रवेश गरेको पर्यटकलाई फेरि संग्राहलयमा छुट्टै शुल्क लगाउनु युक्तिसंगत हुँदैन । नगरकोट प्रवेशकाव्रmममा असुल्ने गरिएको  रु ३३९ रकम मनपरी रुपमा र्निधारण भएको देखिन्छ । यसरी जुनसुकै ठाउँमा निराधार किसीमले रकम मात्र उठाएर पर्यटकलाई तर्साउने भन्दा पनि पुर्वाधार र्निमाण र आकर्षक वातावरण तयार गरेर पर्यटक आर्कषित गर्न सकेमा २÷४ सय रुपियाँमा ¥याल चुवाइरहनु पर्दैन । हुनत पर्यन व्यवसाय दिन दुइगुणा र रात चौगुणा भएर जाने तथा विना कच्चा पदार्थ संचालित उद्योग भनिन्छ । यो व्यवसाय सधैं कंचन मात्र नभएर वेलाबखत धमिलो र छालयुक्त पनि हुने गर्दछ । छाल नियन्त्रण हाम्रो वशमा छैन, तर पनि धमीलो हुनबाट जोगाउनु हाम्रोे कर्तब्य हो र आवाश्यकता पनि ।

बर्तमानमा हरिया पहाड नाङ्गीएका छन् । विभिन्न प्रकारका बन्यजनतु र चराहरु प्रतिकुल वातावरणको कारण लोप हुन थालेकाछन् । सफा, स्वच्छ मार्ग र पवित्र ठाउँहरु फोहोर फाल्ने डङ्गुरको रुपमा परिणत भएका छन् । जसको कारण प्रकृति पे्रमी, वातावरण प्रेमी र स्वच्छ रहनचाहने जो कसैलाई हाँकको विषय हुन्छ । तसर्थ हरेक क्षेत्रका हरेक मानिसमा अङ्ग्रेजीमा भनिने सिस्टम र इथिकको विकास गराउनु नितान्त आवास्यक छ । साथै अनियमीतता अन्तेकालागि सार्बजनिक सूचनाको माध्याम बाट सबैलाई सुचित गराउनु पर्दछ । त्यसको बेवास्था गर्नेलाई कानुनी दायरामा ल्याइ सुव्यावस्थित वातावरण कायम गर्नु पर्दछ । जसकोकारण पर्यटन व्यवसायलाई दिगोरुप दिन सकिन्छ ।

तपाईंको बिचार