Tuesday, February 19, 2019

सुखद भविष्यको गन्तव्य पहिल्याउदै निगम

प्रकाशित मिति: 2018/07/04

सिवी अधिकारी

चुस्त व्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेपलगायतका कारण धराशायी अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम पछिल्लो समय प्रगतिको बाटोमा लम्किएको छ ।

स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी विमान भित्र्याएर व्यवसायिक योजनाका साथ विभिन्न गन्तब्यमा उडान भर्ने तयारी गरेको छ । एकपछि अर्को ठूला विमान थप्दै अन्तराष्ट्रिय गन्तब्यमा आक्रामक बजार विस्तार, आन्तरिकतर्फ पनि विमान थपेर सेवालाई चुस्त र प्रभावकारी बनाउदै निगमले सुखत भविष्यको गन्तब्य पहिल्याउदै गएको हो ।

कुनै बेला दक्षिण एसियाकै प्रतिष्ठत वायु सेवा कम्पनीको रुपमा रहेको निगम तत्कालीन राजनीतिक हस्तक्षेत्र, चुस्त व्यवस्थापनको कमि, भएका विमानपनि क्रमशः विभिन्न काण्ड तथा एकपछि अर्को बढ्दौ दुर्घना परी निगमका विमान घट्दै गए । व्यसायिक योजनाको अभाव, नयाँ गन्तब्य विस्तार गर्न नसक्नु आदिले निगमको साख कमजोर बन्दै गयो । 

सँगै खुलेको विदेशी एयरलाईन्स थाईएयरले आज विश्वबजारमा आफ्नो पक्कड जमाउदा निगम भने घिटिघिटी अवस्थामा पुग्नु पक्कै पनि दुःखको कुरा हो ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६० वर्षे दौरानमा हालै वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएको छ । 

‘अन्नपूर्ण’ नामको वाइडबडी यही असार १४ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमले अमेरिकी कम्पनी एएआरसँग खरीद गरेका दुईवटा वाइडबडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान एक महिनापछि ल्याइनेछ ।

नयाँ विमानले पहिलो चरणमा दुबई/दोहा उडान गर्नेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान गर्ने योजना बनाएको छ ।

निगमले हाल अन्तर्रा्ष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । हाल एक बोइङ नाइन एसिबी–७५७ र ए–३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेको छ । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीनवटा ट्विनअटर विमान छन् ।
 
निगमले बोइङ ७५७ एयरबस ए–३२०, टवीनअट्टर वाई १२ ई, र  एमए ६० गरी कूल पाँच प्रकारका विमानबाट आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ । 

सन् १९६० मा जहाजको संख्या दोब्बर भयो । १९७२ मा निगमले दुईवटा बोइङ र १९८७ मा थप दुई वटा बोइङ जहाज खरीद गरी आफ्नो शाखलाई थप मजबुत गराउँदै गयो । विसं २०४९/५० सम्म आइपुग्दा निगमले निकै फड्को मारेको थियो । त्यतिबेला निगमसँग दुईवटा बोइङ, तीनवटा पिलाटस पोर्टर, तीनवटा एभ्रो, र १० वटा ट्विनअटर गरी २० वटा जहाज थिए । 

निगमको इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम सयम मानिने गरिन्छ । त्यतिखेर गन्तव्य विस्तारको हिसाबले निगमको फैलावट जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपली मुख्य शहरहरू लण्डन, पेरिस, फ्र्याङफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमान चालक (पाइलट) हरू प्रशस्त थिए ।

पछिल्लो समय निगमको यात्रु संख्या र विश्वबजारमा उपस्थिति हेर्दा सुन्दर भविष्यको गोरेटो तय गरेको निश्चित देखिन्छ । रणनीतिक व्यवसायिक साझेदार भित्र्याउने, सुरक्षाको चासो लाई ध्यानमा दिएर अपरेशनल र इन्जिनियरिक क्षेत्रलाई प्रभावकारी व्यवस्थापनको योजना बनाएको निगमले सन् २०१९ को अन्त्यतिर थप दुई वटा न्यारो बडी विमान थप गर्ने योजना  अघि सारेको छ । आन्तरिक तर्फ थप छ वटा विमान थपेर सेवा विस्तारको तयारी गरेको छ । त्यस्तै, अन्तराष्ट्रिय गन्तब्य विस्तार र ब्यापार प्रवद्र्धनका लागि विमानहरु क्रमशः थप्दै जाने निगमले  जनाएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको यात्रु आवतजावतको तथ्यांकलाई हेर्दा सन् २०१५ मा ३२ लाख ९७ हजार ९६२ रहेकामा सो बढेर सन् २०१६ मा ३५ लाख १० हजार ७४२ पुगेको छ । निगमको बजार हिस्सा पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । सन् २०१५ बजार हिस्सा करीब ९५ प्रतिशत रहेकामा सन् २०१६ मा ११५ पुगेको छ । 

सन् २०१५ मा सबैभन्दा बढी पर्यटक ओसार्ने वायु सेवाको सूचीमा निगम पाँचौँ स्थानमा रहेकोमा सन् २०१६ मा निगम सो सूचीको पहिलो स्थानमा आइपुगेको छ । निगमले अन्तर्रा्ष्ट्रिय उडानतर्फ आव २०७२÷७३ मा तीन लाख ४४ हजार यात्रुलाई सेवा प्रदान गरेका थियो भने आव २०७३/७४ मा चार लाख २१ हजार यात्रु बोकेको छ ।
 
स्थापनाको ६० वर्षे इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धा आदि कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धन आदिले निकै उकासिएको अधिकारीहरू बताउँछन् ।

नियामक निकाय नेपाल नागरिक उड्डयनम प्राधिकरणको विवरण अनुसार निगमले ग्राउण्ड ह्याण्डलिङमार्फत दैनिक नौ हजार याुत्र र १४ सय  ब्यागेज (झोला) को व्यवस्थापन गर्दै आएको छ । यो सेवाबाटै निगमले एक वर्षअघि आइसागो सर्टिफिकेटसमेत प्राप्त गरेको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमणको रुपमा मनाएर २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ । त्यस्तै, सन् २०३० मा वार्षिक ५० लाख पर्यटक पुर्‍याउने योजना पनि सरकारको छ । यो लक्ष्यलाई भेट्टाउन पर्यटकीय पूर्वाधार विकासको तीब्रता र राष्ट्रिय ध्वजाबाहकलाई सवलीकरण गरी सेवालाई चुस्त र गुणस्तर बनाउनुको विकल्प छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो नेतृत्व सम्हालेदेखिनै विमानस्थलको सुधार, निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल चाडो सम्पन्न गरी दोस्रो निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम सिघ्ररुपमा अघि बढाउने लक्ष्यका साथ सरोकार भएका निकायलाई सक्रिय गराउनुभएको छ ।

विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।  सन् १९९८ देखिको १० लाख पर्यटक पुर्याउने लक्ष्य सन् २०१७ मा सार्थक भयो । सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर–२०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ भरि घुमफिर वर्षको मनाइएको थियो । 

उल्लिखित वर्षहरूमा विभिन्न लक्ष्य लिइए पनि २० वर्षअघिको लक्ष्य सन् २०१७ मा पूरा भयो । यो बीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए ।

पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आवको बजेटमै पूर्वाधार विकास र प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने जनाएको छ । 

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, पहिले देश अनिमात्र विदेश भन्ने नीति लिइएको छ । सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
 
सरकारले चालू आवमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि रु पाँच अर्ब २० करोड ३४ लाख र हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । 

सरकारले आव २०७५र०७६ को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधा उपलब्ध गराई गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने लक्ष्य लिएको छ । 

बजेट तथा नीति कार्यक्रममै पर्यटकीय पूर्वाधारको मुख्य आधार निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य लिइएको छ । त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तरोन्नति गर्ने लक्ष्य छ ।

तपाईंको बिचार