Sunday, July 21, 2019

“पर्यटन वर्ष २०२०” बिना रणनिती सम्भव छ ?

हरि श्रेष्ठ
प्रकाशित मिति: 2018/11/25

सन. २०२० वर्षलाई पर्यटन वर्षको रुपमा भव्य तयारीका साथ आज सारा पर्यटन व्यवसायी जुटीसकेका छन् । यस अर्थमा अब हामी सँग धेरै अल्मलिने छुट पनि छैन, तर तयारीको पूर्व संन्ध्यामा पर्यटन  व्यवसायमा कहि कतै सरोकार नराख्ने नामलाई भ्रमण वर्षको संयोजकको रुपमा अगाडी सारियो, यसो गर्दा सम्बन्धित मन्त्रालयका सम्बन्धित विज्ञहरुबाट भएको कमजोरी त छदै छ, त्यो भन्दा बाहेक नेकपा पाटी मातहतबाट मन्त्री बन्नुभएका माननिय पर्यटन मन्त्रि ज्यूलाई पनि कतै प्रभावमा पार्ने काम भएन भन्ने पनि भावना जनतामा वा पर्यटन व्यवसायीमा पर्न गएको छ । यसबाट अझ के बुझन सजिलो भयो भने, ठुला पद खानको लागि, ठुलै व्यवसायी भए पुग्ने रहेछ, त्यस्को ज्ञान हुनु आवस्यक रहेनछ, भन्ने सहजै अनुमान गर्न पर्यटन व्यवसायीलाई बाध्य पारीयो ।

अब पर्यटन वर्ष २०२०, सफल बनाउन कुनै एकजना उधोगपतिले मात्र संम्भव छैन त्यसको लागि हवाई जहाज ल्याण्डिङ्ग गरेर झोला वा लंगेज लोड गरी समान क्षति रहित हस्तान्तरण गर्न, सहज वातावरण बनाउने देखि सु–व्यवस्थित सहज पर्यटन यातायातको व्यवस्था गर्नु पनि राज्यको कत्व्य हो । तर संयोजक भएको यत्रो दिन बित्दापनी कुनै एउटा कार्यक्रमको आयोजना सम्म गर्नु नसक्नु वा कार्यक्रमको सुचिको बिषयमा बहसमा ल्याउन नसक्नु त्यो चाँही अझै बुज्न नसकिएको पाटो हो । एउटा भनाई छ , फेस र केश सधै एउटै हुन सक्दैन, समय धेरै अगाडी बडी सक्यो हामी जस्ता नब यूबा पर्यटन व्यबसायीहरुले नगरेको कामको साक्षी बन्न सक्दैनौ । हामीलाई देखेको कुरा बोल्न र लेख्ने हक संबिधानले प्रष्ट रुपमा ब्याख्या गरि अधिकार दिएको छ ।मैले यहाँ एउटा गहन प्रश्न खडा भएको महशुश गरेको छु । के भम्रण बर्ष २०२० सफल पार्न फाइबस्टार होटल र ठुला ठुला उधोगपतिहरुले मात्र सफल पार्न सक्छ ?। म संम्बन्धित मन्त्रालयका अधिकारी लगाएत बिज्ञहरुलाई के अनुरोध गर्न चाहन्छु भने, भ्रमण बर्ष २०२० सफल पार्न, टयाक्सी चालक देखि, ट्रेकिङ्गमा जाने भरियाको पनि उक्तिकै महत्व हुन्छ । त्यो भन्दा अलग लोकल चिया पसल, भट्टी रेष्टुरेन्ट, होम–स्टे, साना–साना गेष्ष्ठ हाउसलाई समेत उतिकै भहत्वका साथ समय समयमा क्लास लिई, भक्ता सहितको ट्रेनिङ्ग संञ्चालन गर्दा उपयूक्त हुन्छ ।
 
हाम्रो जस्तो बिकासन्मुख देशमा नारा गरिबको दिईन्छ । नेता देखी, सरकारी अधिकारीका आसे पासे भरौटेमा उधोगपति हुन्छन, कि त चाकरीबाज हुन्छन् । अब राज्य त्यसमा अल्झिनु हुन्न्, नेपालमा अझै पनि २५  प्रतिशत जनताहरु गरिवी रेखामुनी छन् । अबको बिकाश गरिब हटाउने खालको हुनु पर्छ, राज्यले हवाई जहाजका यात्रुले काटेको टिकटबाट थ्त्त टयाक्स उठाउछ । थ्त्त टयाक्सको केहि प्रतिशत त्यो स्थितीका जनताको घर उज्यालो बनाउन खर्चिनु जरुरी छ । बजारीकरणको नाममा भएको पर्यटन बोर्ड मार्फत उदेक लाग्दो खर्चको मापदण्ड बनाउन जरुरी छ, म यसै लेख मार्फत सम्बन्धीत निकायलाई ध्यानाकर्षण गर्न चाहन्छु ।
 
म सम्माननिय प्रधानममन्त्री ज्यूलाई सादर अनुरोध गर्न चाहन्छु तपाईले राख्नु भएको दुर दृष्टी भिजन, “समृद्धि नेपाल, खुशी नेपाली” । म दावाका साथ भन्छु यो सम्भव छ, तर यस भिजनलाई सफल त्यसले पार्छ जसलाई नेपाल आमाको माया छ,यहाँ त देशकोे सेवा गर्ने भन्दा विदेश भ्रमण कसरी शुन्य लगतमा गर्न सकिन्छ भन्ने विद्धवानहरुलाई उच्च ओहदामा मनोनित गरिन्छ, जस्ले काम गर्न सक्छु भन्ने आत्म विश्वास छ, त्यता ब्यक्तित्वहरु सधैं भिडमा हराई रहेका हुन्छन् । म अनुरोध गर्न चाहन्छु समग्र पार्टी पंती परिचालन गरेर भएपनि गरिबलाई पर्यटन व्यवसायमा आकर्षित गरि एक पटक अगाडी बढ्ने मौका प्रदान गरांै, समृद्धि नेपाल, सुखी नेपालको परिकल्पनामा आम जनतालाई सहभागिता जनाउने अवसर दिऊ, पर्यटन व्यवसायले देश र राष्ट्रहितको विकासमा योगदान गर्न सक्छ भन्ने मेरो विश्वास छ ।
 
म यस लेख मार्फत प्रष्ट भन्न चाहन्छु, समग्र देशवासीले यो सरकारबाट विकाशको अपेक्षा रोखेका छन् आज सम्मको स्थिति हेर्दा देशले केही पाएको अर्थमा जनताले देखेको छैनन, “यति चाँडो कसरी हुन्छ म जादुगर होइन” भन्ने जोक्स अव जनता सुन्न चाहदैनन्, यसमा सबै आम जनता सहित, सानो स्तरका सरकारी कर्मचारी लगायत सचिव ज्यू सम्मले राज्य सन्यन्त्रलाई चलायमान बनाई गति दिनु पर्छ । यदि त्यसो नगरी खाली रवाफ देखाउने, पावर देखाउने, कामको रिजल्ट देखाउन नसक्नेलाई फेरी जनताले दण्डित गर्नेछन् । हामी समग्र पर्यटन व्यवसायीहरु पर्ख र हेरको स्तिथीमा छौं, म सुरज वैध ज्यूलाई चाँडो भन्दा चाँडो प्रक्रियाहरु पुरा गरि अगाडी बढ्न आहवान गर्दछु  पर्यटन वर्ष २०२० को असफल भए कमसेकम ८० प्रतिशत दोष तपाई माथि आउने छ त्यसैगरी २० प्रतिशत दोष चाँही माननीय पर्यटन मन्त्री ज्यूको पनि भागमा पर्नेछ, त्यसैले सयमा नै कार्यविधि बनाई भ्रमण वर्ष सफल बनाउन अघि बढौं । हामी पर्यटन ब्यबसायी देशको समग्र बिकाशमा साथ दिन तयार छौ । जय पर्यटन । जय देश ।
 
लेखकः (पूर्व नेकपा एमाले अन्तर्गत ः पर्यटन व्यवसयी संगठन नेपालको ( पूर्व सचिव ) तथा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राफल्स एजेन्ट।(नाट्टाका) पूर्व कार्य समिति सदस्य हुनुहुन्छ ।

तपाईंको बिचार