Thursday, November 21, 2019

“राज्य सन्यन्त्रको उदासिनताले पर्यटन क्षेत्रको जोखिम बढदो”

प्रकाशित मिति: 2018/12/30
हरि श्रेष्ठ
हरि श्रेष्ठ
पर्यटन व्यवसायमा निम्न वर्गका यूवा पुस्तालाई पनि आउने अवसर दिनुपर्छ । यो पेशा व्यवसाय थोरै लगानीमा उक्तम अवसरको सम्भावना बोकेको क्षेत्र हो । यस व्यवसायमा कुनै प्रकारको चिनजान वा सोर्स फोर्सको आवाश्यकता पनि पर्दैन, मेहेनत, लगनशीलता र इमान्दारीता भएमा यस व्यवसायबाट प्रगती र उन्नती गर्न सकिन्छ । यसको अर्थ अन्य व्यवसायमा अवसर छैन भन्न खोजेको चाहि पक्कै होइन । संसारमा राम राज्य कतै छैन र याहा पनि हुन नसक्ला तर पर्यटन क्षेत्रमा राज्यले सहि आँखाले नहेर्दा सन १९५६ मा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले राज्यबाट पञ्च वर्षीय योजना सफल पार्नको लागि राष्ट्रिय पर्यटन काउन्सिल स्थापना गरि पर्यटन भित्राउने अवधारण तयार गरिएको प्रमाण पाईन्छ । त्यही वर्षमा प्राइभेट कम्पनी मार्फत पर्यटकलाई नेपाल आवत जावतमा सजिलोको लागि हिमालय एयरलाईन्सको सुरुवात भएको हामी सबैलाई विधितै भएको विषय हो । 
 
सन १९५८ मा हिमालय एयरलाईन्सलाई नेपाल बायू सेवा निगम मा परिवर्तन गरि नेपाल राज्यले आफ्नै हवाई सेवा कम्पनिको स्थापना गरेको थियो । आजको मितिसम्म आईपुग्दा विभिन्न कालखण्ड हेर्दा पर्यटन क्षेत्रमा प्राइभेट सेक्टरले आफ्नै ल्याकतमा अहिलेको स्थिति सम्म डो¥याएर ल्याएको हो भन्ने बुजिञ्छ, यहाँ राज्यले जनताले गरेको व्यापारमा गिद्धे दृष्टी लगाउने शिवाय केही गर्न जानेन र त्यसैमा राज्य अधिकारीहरुकले चलखेल गरि दाम झार्न त  लागीरहेनन भन्ने आम पर्येटन बेबसायी को धारणा बुजिञ्छ। यसको ज्वलन्त उदाहरण नेपाल वायू सेवा निगमले जहाज किनेको हो भन्ने प्रमाण सम्म सर्वजनिक गर्न सकेन र निगमका कार्यकारी प्रमुख प्रमाण पत्रका प्रमाणहरु असनको बजारमा देखाँउदै हिड्ने हो ? भनि उच्च स्तरिय आयोग सम्मलाई ओठे जवाफ दिने सम्मको ताकत कसरी आयो ? यसको अनुसन्धान गर्न जरुरी छ । एउटा बोर्डमा मनोनित भएर आएका कार्यकारी प्रमुखले त्यस्तो जवाफ आउनु पक्कै पनि न त निगमको हितमा छ ? न त राज्य संचालन गर्ने पार्टीको हितमा छ । यदि कुनै प्रकारको दाँया वाँया नभएको भए स्पष्ट रुपमा प्रमाण पेश गर्न कुन सक्तीले रोकेको छ त ? 
 
पर्यटन वर्षः सनः २०२० सम्म नेपाल वायू सेवा निगम रहला वा नरहला त्यो त नेपालका राज्य सन्यन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने नटवरलालहरुलाई मात्र थाहा होला र त्यहि बोर्डमा, बोर्ड सदस्यमा प्राइभेट सेक्टरबाट राज्यले मनोनित गरेर जानुभएका प्रयर्टन व्यवसायीलाई अफ्टयारो स्थितिमा पु¥याइएको हो की ? या त प्रभावमा पारि निर्णयमा सहिछाप ठोकियो यी आदि विषय पछि प्रस्टनी नै छ ।
 
पर्यटन क्षेत्र जताततै तहस नहस हुन सुरु भइसकेको छ । ठूला ठूला एक्सपिडिसन चलाउने ट्रेकिङ्ग कम्पनीहरु हाइकिङ्ग र साईटसिनमा झरी सके ।  ठूला ठूला गुप चलाउने ट्राभल्स कम्पनी कक्तिका ताल्चा लगाईसके भने कक्तिका लगाउने तरखरमा छन् । नाटा, टान, सोट्टो र हान जस्ता पर्यटन क्षेत्रका अग्रणी संस्थाहरु आजसम्म यस विषसमा आवाज उठाउन सम्म चाहँदैन । संस्थाहरुको काम पर्यटन व्यवसायीको आवाज बन्न पर्छ, पत्रपत्रीकामा पढ्नपाईन्छ, नेपालमा प्रथम पटक बुद्ध  इन्टरनेश्नल ट्राभल्स मार्ट हुँदैछ, त्यस्को नेतृत्व नाट्टाले लिँदैछ । नाट्टाले व्यवसाय प्रवद्धनमा पर्यटन बोर्डलाई नै सहयोगी भुमिका खेल्नुपर्छ, व्रान्डीङ्ग गर्ने काम त नेपाल पर्यटन बोर्डको क्षेत्रधिकार हो की । अब अगाडी बढीसकेको कामको निरन्तरता नै प्राथमितकतामा राख्र्नुु पर्छ । यसमा हामी व्यवसायीका रचनात्मक सहयोग नै रहनेछ । नाट्टा, टान, सोट्टो र हान मिलेर छलफल गर्नुस र सदस्य ब्यवसायीहरुको हक हितमा आफ्नो कार्यकाल व्यवस्थित गर्नुहोस भन्ने सुझाव पनि दिन चाहान्छु ।
 
नेपाल आउने पर्र्यटकहरुको भिजा अनलाईन मार्फत गरिए, एईरपोर्टमा झर्ने वित्तिकै घण्टौं लाईनमा बसि झनझटिलो अध्यागमनको प्रक्रिया गर्न नपरे पर्यटकलाई अलिकति राहत हुने थियो । यस विषयमा पटक–पटक उठान गरिएपनि अझै व्यवस्थित हुन नसकेको पर्यटकबाट गुनासो सुनिन्छ ।
सन २०१८ को सुरुवाती महिनाबाट हेलि–हेलि भन्ने पर्यटन क्षेत्रमा कोलाहाल मचियो र पर्यटन क्षेत्रमा क्रियाशिल पत्रपत्रिकामा धेरै पढने अबसर पाइयो साथै मन्त्रालयका पदाधिकारीहरु पनि छोडिन्न, भन्दै जाँगिएको पनि देखियो, तर प्रक्रियागत गोपनियता कायम नराख्दा व्यवसायीको शिर त झुक्यो–झुक्यो त्यसको कारणले कयौ ट्रेंकिङ्ग र एक्सपिडसनका गु्रपहरु रद्द भए । राज्यबाट अनुमति लिई कर तिर्न कम्पनीहरुलाई हेर्ने दृष्टिकोणको कारणले, हिजो आज उद्धारकोे अभावमा वा प्रक्रियागत क्रुटिका कारणले पर्यटक दिनानुदिन हिमालमा विरामी भई मर्न परेको छ । यसको असर पर्यटन व्यवसायीले तुरुन्तै महशुस नगरेपनि सन २०१९ को पर्यटक सिजनमा यसको असर प्रष्ट पर्ने अनुमान गर्न सकिन्छ । 
 
हामी समग्र पर्यटन व्यवसायी आफ्नो व्यवसायी धरातल भन्दा माथी उठी, नेपाल अधिराज्य भरीका पर्यटक व्यवसायीको हक र अधिकारको बिषयमा आवाज उठाउन जरुरी छ ।आज जुन कम्पनि सानो भएर व्यवसाय सुरु गरेका छन्, तिनीहरु प्नि कुनै दिन विग हाउस बन्ने छन्, म ठुलो व्यवसायी हो भन्ने हिन भावना नत्यागेसम्म पर्यटन व्यवसायमा साना लगानीकर्ता जहिले पनि पछि नै परिरहन्छन्, पर्यटन व्यवसायलाई देश व्यापी बनाई समृद्धि नेपाल, सुखी नेपाली बनाउन पहल गरौं । राज्यमा एक दुई दर्जन व्यवसायी धनि हुँदैैमा ति व्यवसायी सुरक्षीत हुँदैनन् । धेरै भन्दा धेरै जनता लाई व्यवसाय सिकाएर कर्म योगी र धनि बनाउन सकेमा, ठूला व्यवसायी पनि सुरक्षित रहने छन् ।
 
राज्यलाई खबरदारी गर्ने एउटा सचेत नागरिकको अधिकार हो । आउने भावी पुस्तालाई पर्यटन व्यवसायमा आर्कर्षित गर्न, हामी सबै पर्यटन व्यवसायी एक आपसमा हितकारी भुमिकामा नभए सम्म “पर्यटक क्षेत्रको भविष्य जोखिम पूर्ण” हुने देखिन्छ ।
 
लेखकः नाट्टाका पुर्व कार्यकारी सदस्य तथा पूर्व नेकपा एमाले सम्रद्र (पर्यटन व्यवसायी संगठन नेपालका) पुर्व सचिव हुनुहुन्छ । 

तपाईंको बिचार