Monday, August 26, 2019

को हुन टान कोषाध्यक्षका प्रत्यासी दधानिधी ढकाल(दिपेन्द्र) ?

प्रकाशित मिति: 2019/07/16

असार ३१, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) को निर्वाचन नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरु एकपछि अर्को गर्दै मैदानमा उत्रिएका छन । नेतृत्व देखी पदाधिकारी तहसम्म व्यावसायीहरुले उमेद्धवारी घोषणा गरिरहँदा टान कोषाध्यक्षका रुपमा दयानिधि ढकाल(दिपेन्द्र)को नाम समेत पर्यटन बजारमा चर्चित छ ।
२०३६ सालमा धादिङ जिल्लाको गंगाजमुना गाँउपालिकामा जन्मिएका ढकाल सन १९९७ यता नेपाली पर्यटन बजारमा सक्रिय छन ।
सुरुमा ट्रेकिङ भरिया, ट्रेकिङ गाईड हुँदै सन २००० यता ट्रेकिङ व्यावसायीका रुपमा उनी स्थापित छन । ठमेलमा उनको ‘वियोण्ड द लिमिट ट्रेक्स एण्ड एक्सपिडीसन’ नामक ट्रेकिङ कम्पनीबाट नेपालको पर्वतिय पर्यटनमा योगदान पुर्याईरहेका व्यक्ति हुन, दयानिधी ।
टान सुधारका लागि भन्दै कोषाध्यक्षमा उमेद्धवारी घोषणा गरेका ढकाल हरेक क्षेत्रमा पारदर्शी निति अपनाउनुपर्ने बताउँछन ।
सन २०१५ ताका हुँदहुँद आँधीमा परी धेरै व्यक्तिको मृत्यु भयो, केही अंगभंग पनि भए, उनीहरुले पाउनुपर्ने सहायता रकम सबैले प्राप्त गर्न सके की सकेनन यसबारे ध्यान जान नसकेको भन्दै टिम्स रकमको सदुपयोग व्यावसायीलाई परेका समस्या समाधानमा नै केन्द्रित हुनुपर्ने बताउँछन । अघिल्लो चन्द्र रिजाल र अहिले नवराज दाहालको नेतृत्वसम्म आईपुग्दा पनि आर्थिक पारदर्शिताको पाटो जहिल्यै बिबादमा तानिरहेको भन्दै उनले व्यावसायीले साथ दिए आफुले त्यसलाई सुल्झाएरै छाड्ने बताए ।
टिम्स रकममा नयाँ पूराना सबैखाले नेतृत्वको रोईलो देखीएको भन्दै ढकालले टिम्स खारेज गर्नुपर्ने र नयाँ आर्थिक स्रोतमा केन्द्रित हुनुपर्ने बताउँछन । टानको मुद्धा भनेको व्यावसायिक हित नै हो, यस्तोमा पैसा पाईयो वा पाईएन भनेर मात्रै रोईलो गर्दा पर्वतिय पर्यटनका अन्य काम ओझेलमा पर्ने खतरा हुने भएकाले आम्दानीका नयाँ बिकल्प सोच्नुपर्ने उनको बुझाई छ । 
पर्यटनमा दुईदशक बितिसक्दा पनि उनको जिबन सामान्य छ । भन्छन, –‘अहिले सम्म आर्थिक सामाजिक जिबनमा छलकपट गर्नु परेको छैन, यसैमा सन्तुष्ट छु ।’
हालसम्म दर्जनौ मुलुकको भ्रमण गरीसकेका ढकाल जिबन पर्यन्त पर्यटनमै जिबन साँच्ने बताउँछन । भन्छन,–‘ व्यावसायिक हितका लागि सधै आवाज उठाईरहने छु ।’

 

तपाईंको बिचार